समाचार

बाढी र पहिरोमा २५ जनाको मृत्यु

पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरुको निधन भएको बताएका छन् । बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका महानिर्देशकले सो कुराको जानकारी दिएका हुन । उनका अनुसार केही दिन देखिको बर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता पनि भएका छन् ।साथै बाढीले यहाँको स्थानीय बस्तीका विजुली, पानीको धारा एवं यातायातका कतिपय संरचनाहरुमा… पुरा पढौ

ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने समस्या

बर्दिया । बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखापरेको छ । गुलरिया नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा उक्त अवस्था जानकारीमा आएको हो । गुलरिया स्वास्थ्य शाखाका सिनियर अनमी विष्णु सापकोटाका अनुसार शिविरमा झडै ६०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । दश महिलाको पाठेघरमा रिङ राखिको उनले बताए । जाँच गर्दा ४० वर्ष उमेर नाघेका महिलामा आङ खस्ने समस्या पाइएको छ । पाठेघर खस्ने रोगबाट पीडित महिलामध्ये एक चौथाइको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको सापकोटाले… पुरा पढौ

बेँसीसहर–चामे सडक एक साता बन्द हुने

लमजुङ । लमजुङको बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो । सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिए । सङ्घीय सरकारको रु ६० लाखमा श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ । विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक… पुरा पढौ

चट्याङले विद्युत्गृहमा क्षति हुदा ३७६ घरधुरी अन्धकारमा,बगरफाँटमा बाढीको त्रास

म्याग्दी । पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा चट्याङले ठूलो क्षति पु¥याएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत्गृहमा क्षति पु¥याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए । चट्याङले रु चार लाख ५५ हजार बराबरको क्षति भएको छ । जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । त्यसैगरि… पुरा पढौ

चितवनमा आजदेखि रोजगार मेला

चितवन । चितवन जिल्लामा आजबाट रोजगार मेला हुदै छ । भरतपुर नगरपालिका र रत्ननगर नगरपालिकाको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०७९ गर्न लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार यस्तो मेला स्थानीय सरकारले पहिलोपटक गर्न लागेको हो । जिल्लामा हुने विकास निर्माणका काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेकाले यसको अन्त्य गर्न रोजगार मेला गर्न लागिएको सुवेदीले… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

कास्की जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि माछापुच्छ्रे गाउँपालिकाले जितेको छ। पोखरा रंगशालामा मंगलबार सम्पन्न प्रतियोगितामा समग्रमा १५ स्वर्ण, १४ रजत र १ कास्य पदक सहित माछापुच्छ्रेले उपाधि उचालेको हो। प्रतियोगितामा पोखरा महानगरपालिका १४ स्वर्ण र ११ रजत सहित उपविजेता बन्दा अन्नपूर्ण गाउँपलिका १ स्वर्ण र २ कास्य सहित तृतीय स्थान हासिल गर्न सफल बन्यो। प्रतियोगितामा छात्र भलिबलतर्फ अन्नपूर्णले स्वर्ण जित्दा पोखरा महानगरले रजत र माछापुच्छ्रेले कास्य पदक जितेको छ भने छात्रातर्फको भलिबलमा पोखरा महानगरले स्वर्ण, माछापुच्छे«ले रजत र अन्नपूर्णले… पुरा पढौ

अपहरणमा परेका ३ वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार

जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई १५ दिनपछि सकुशल उद्धार गरिएको छ। भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो। अपहरणमा संलग्न आरोपमा एक महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–४ बस्ने ५५ वर्षीया मैथुन खातुन हुन्। खातुनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। बालकलाई आफ्नै घरमा लिएर खातुन लुकेकी थिइन्। बालकको उद्धार र ती महिलालाई… पुरा पढौ

सम्झौता रद्द र दोषीलाई कारवाही गर्न माओवादी पोखराको माग

नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटीले निवर्तमान मेयर मानबहादुर जिसीले गरेको सरकारी जग्ग निजी क्षेत्रलाई दिने सम्झौता रद्द गर्न माग गरेको छ। मंगलबार विज्ञप्ति निकालेर महानगर अध्यक्ष हरिनारायण गिरी (विज्ञान)ले अपारदर्शी ढंगले सार्वजनिक जग्गा भाडामा दिनुलाई अपराधको संज्ञा दिए। त्यसको निष्पक्ष छानबिन गरी कानुनी कारवाहीका लागि समेत उनले माग गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत स्वार्थका लागि सार्वजनिक पद र सम्पत्तिको दुरुपयोग गर्ने कुरालाई कुनैपनि आधारमा न्यायोचित मान्न सकिँदैन।’ सबै राजनीतिक दल चुनाव केन्द्रीत गतिविधिमा रहेका बेला प्रक्रिया मिचेर व्यक्तिगत… पुरा पढौ

गण्डकीमा बजेट माथिको छलफल जारी

गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ। प्रदेशसभाको मंगलबारको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन्। बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै आउने जस्ता प्रवृत्ति देखिएको बताए। जनताका आवश्यकतातर्फ बजेट केन्द्रीत नभएको उनले बताए। यस बजेटबाट जनताका ईच्छा र चाहना पूरा नहुने उनले बताए।बाढीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले बेवास्ता गरेको आरोप लगाए। सरकारमा जबाफदेहिता नदेखिएको उनले बताए। मनकुमारी गुरुङले आफ्नो साधन स्रोतलाई ख्याल गर्नुपर्ने अवस्थामा हैसियत अनुसार बजेट आएको बताउँदै धेरै विषयलाई… पुरा पढौ

पहिरोले बागलुङ काठेखोला–७ रेसका ५ परिवार विस्थापित

वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका ५ परिवार विस्थापित भएका छन्। पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्णरुपमा क्षति पुगेको छ। स्थानीय लिलाबहादुर कार्कीका अनुसार उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। सो स्थानका अन्य १४ घर पनि पहिराको उच्च जोखिममा रहेका छन्। अहिले स्थानीयको सहयोगमा पहिरो हटाउने कार्य जारी छ। काठेखोला गाउँपालिकाको न्यायिक समितिले पीडितलाई राहत वितरणको तयारी गरेको छ। उनीहरूलाई छिमेकीको घरमा आश्रय लिने गरी व्यवस्थापन मिलाइएको छ। पुरा पढौ