समाचार

गण्डकीका काँग्रेस सभापति शर्माले गरे पहिरोको अवलोकन

नेपाली काँगे्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पोखरा–२५ हेमजामा गएको पहिरोको अवलोकन गरेका छन्। उनले बाढी पहिरोको कारणबाट अति समस्यामा परेका ४ परिवारलाई तत्काल राहत व्यवस्थापन गर्नको लागि स्थानीय सरकार र प्रदेश सरकारलाई आग्रह समेत गरेका छन्। जिल्ला प्रशासन कार्यालयलाई पीडित परिवारको दुःखमा मलम लगाउनको लागि आवश्यक सहयोग गर्न उनको अनुरोध छ। असार १० गते शुक्रबार वेलुका करिब ९ बजेको समयमा भीषण पानी र सुइखेतबाट आएको पहिरोमा परि ४ परिवारको घरवासविहीन भएको र करिब १ सय ५० भन्दा बढी घरधुरी… पुरा पढौ

दक्षिण कोरियामा १३ नेपाली पक्राउ

दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेको समाचार छ। समाचार अनुसार दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्। पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन। ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको समाचारमा उल्लेख छ। समाचार अनुसार अध्यागमन अधिकारीका अनुसार ४ जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम (इ–८)को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेको समाचारमा जनाइएको… पुरा पढौ

सयपत्री हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप गरियो

सयपत्री हाइड्रोपावरको ३ लाख कित्ता आइपीओ भर्ने म्याद थप गरिएको छ। कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि असार २४ गतेसम्मका लागि समय थपेको हो। कम्पनीले असार २ गते आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो। कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानीय बासिन्दालाई उक्त सेयर निष्कासन गर्न लागेको जनाएको छ। यस आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ। रेटिङ एजेन्सी… पुरा पढौ

धादिङ समाजले शनिबार पोखरामा रक्तदानको आयोजना गर्दै

धादिङ–पोखरा सम्पर्क समाजले शनिबार पोखरामा रक्तदान कार्यक्रमको अयोजना गर्दैछ। समाजको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। पोखराको सभागृह चोकमा शनिबार विहान रक्तदान गर्ने समाजले बताएको छ। कार्यक्रमको सबै तयारी पूरा भएको कार्यक्रम संयोजक एवं समाजकी कार्यसमिति सदस्य भगवती खतिवडाले जानकारी दिएकी छन्। समाजको यो १९ औं रक्तदान कार्यक्रम हो। धादिङ समाजलाई उत्कृष्ट रगत संकलन गर्ने संस्थाको रुपमा लिइन्छ। समाजले नेपाल रेडक्रस सोसाइटीबाट उत्कृष्ट संस्थाको रुपमा अवार्डसमेत पाइसकेको छ। समाजका अध्यक्ष गोकर्ण लम्सालले रक्तदान कार्यक्रममा सहभागी हुन सबैमा आग्रह… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्ड : प्रदीप, बुद्ध र बिधान मध्ये को होला ? सर्वोत्कृष्ट

पोखरा । यहीं असार १८ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को सरगर्मी ह्वात्तै बढेको छ । अवार्ड कार्यक्रमका गतिविधिले खेलप्रेमीको ध्यान तानिरहेको छ । यसका अलावा ४ विधामा मनोनयन सूची सार्वजनिक भएपछि खेलाडी र प्रशिक्षकमा रौनकता थपेको छ । उनीहरुसँगै खेलप्रेमीको अवार्ड प्रति उतिकै चासो बढेको छ । अवार्ड अन्र्तगतको महत्वपूर्ण विधा वर्ष उत्कृष्ट पुरुष विधामा कडा प्रतिष्पर्धा रहेको छ । यो विधाको उत्कृष्ट तीनको मनोनयन सूचीमा टेनिसका प्रदिप खड्का, सितेरियो कराँतेका… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्ड : अवार्डको तयारी पुरा, ट्रफी सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को तयारी पुरा भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहिबार पोखरामा पत्रकार सम्मेलन गरेर अवार्डको तयारी पुरा भएको जनाएको हो । पत्रकार सम्मेलन मार्फत अवार्ड कार्यक्रममा वितरण गरिने ट्रफी समेत सार्वजनिक गरिएको छ । मञ्चका अध्यक्ष दीननाथ बराल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी, मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने, निवर्तमान अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा… पुरा पढौ

भारतमा सङ्क्रमितको सङ्ख्या १९ हजार

बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १८ हजार ८१९ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ५२ हजार १६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । मङ्गलबार मध्यरातिसम्म अर्थात गत २४ घण्टासम्म कोरोना सङ्क्रमणमा ३९ को मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ११६ को मृत्यु भएको छ । हाल भारतमा एक लाख चार हजार ५५… पुरा पढौ

नेप्से परिसूचकमा उछाल

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि भने उकालोको यात्राका लागि तम्तयार भएजस्तो देखिएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ७४।९३ अङ्कले उकालो लागेर दुई हजार ३७।६४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२।६३ अङ्कले उकालो लागेर ३९१।७८ मा पुगेको छ । नेप्सेको बृद्धिसँगै कारोबार रकममा समेत सामान्य सुधार देखिएको छ । कूल २२७ कम्पनीको… पुरा पढौ

योगमाया आयुर्वेद विश्वविद्यालयका लागि जग्गा खरिद प्रक्रिया

भोजपुर । भोजपुरमा जन्मिनुभएकी क्रान्ति योद्धा योगमायाको नाममा बन्न लागेको योगमाया आयुर्वेद विश्व विद्यालयका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ को ढुङ्गा बिसौनी र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रमा जग्गा खोजी भइरहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए । जग्गा खरिद गर्न केन्द्र सरकारबाट विनियोजन भएको रु सात करोड आइपुगेको उनले बताए । विश्वविद्यालयले निर्माणका लागि षडानन्द नगरपालिकामा २३३ रोपनी र खादबारी नगरपालिका ३७२ रोपनी जग्गा लिने मन्त्रिपरिषद्को निर्णयबमोजिम खोजी प्रक्रिया थालनी गरिएको नगरप्रमुख उदासले… पुरा पढौ

विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडा । ैँनिर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ ।निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्थासमेतका आधारमा विद्युतीय मतदानयन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदनका आधारमा गृह मन्त्रालयमार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको आयोगले आज जनाएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आज विज्ञप्ति जारी गरी स्वदेशमा निर्मित विद्युतीय मतदानयन्त्र तत्काल व्यवस्थापन हुनसक्ने अवस्था हाल… पुरा पढौ