समाचार

बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययन हुने

बागलुङ । सरकारले बिहुँ–नरेठाँटी सुरुङमार्ग निर्र्माणका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । त्यहाँको काठेखोला गाउँपालिका–६ देखि गलकोट नगरपालिका–२ जोड्ने उक्त सुरुङमार्गको अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु ५० लाख बजेट छुट्ट्याएको छ । सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत आउँदो आवका लागि सो बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । उक्त सुरुङ मार्गको प्राररम्भिक अध्ययन गरिने चर्चा बेलाबेला चल्ने गरे पनि सरकारले पहिलो पटक बजेटको प्रबन्ध गरेको हो । शिक्षामन्त्री एवं बागलुङ–२ का सङ्घीय सासंद देवेन्द्र पौडेलले रातो किताबमा समावेश… पुरा पढौ

राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गर्न कार्यदल गठन गरेको छ। खेलकुदको समग्र विकासका लागि व्यवस्थित अध्यापन हुनु पर्ने आवश्यकतालाई मध्यनजर गर्न खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदल गठन गरेको हो। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलका सदस्यहरुमा गीता क्षेत्री राणा, युवराज लामा, रमेशराज पन्त, ओमकृष्ण प्रसाईं, डा. शुभेन्दु गुप्ता, रवि राजकर्णिकर, सूर्यबहादुर अधिकारी, नीलेन्द्रराज श्रेष्ठ, सुमन डिसी, सुजिना गुरुङ, डा. अचुतम लामिछाने… पुरा पढौ

एन्फा नवनिर्वाचित कार्यसमिति पदाधिकारीको सपथ आज

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमिति पदाधिकारीले आज (बुधबार) सपथ लिने भएका छन्। एन्फाले नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ ग्रहण आज साँझ ५ बजे एन्फा कम्प्लेक्समा हुने जानकारी गराएको छ। अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षहरु दावा लामा, दिपक खतिवडा, विराटजंग शाही र दीर्घबहादुर केसी लगायत सदस्यहरुले आज शपथ लिनेछन्। नवनिर्वाचित कमिटीको महिला सदस्यहरु सरिला श्रेष्ठ र पेमा डोल्मा लामा तथा सदस्यहरु मनिष जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री,… पुरा पढौ

सवारी आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ। मंगलबार नाडाका अध्यक्ष ध्रुवबहादुर थापाको नेतृत्वमा गएको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी आयातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको हो। देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै उद्योग मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै चालु आर्थिक वर्षका लागि (असार मसान्तसम्म) विभिन्न १० वस्तुको आयातमा रोक लगाएको थियो। जसमा कार, जीप, भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा रोक लगाइएको थियो। नाडाले… पुरा पढौ

टेक्सस गोलीकाण्डसम्बन्धी पहिलो तस्बीर सार्वजनिक

गत महिना अमेरिकाको टेक्ससस्थित एउटा विद्यालयमा भएको गोलीकाण्डसम्बन्धी एउटा करिडोरमा सशस्त्र प्रहरी पर्खिरहेका अवस्थाका पहिलो तस्बीरहरू सार्वजनिक भएका छन। उक्त घटनामा शिक्षक र विद्यार्थी गरी २१ जनाको ज्यान गएको थियो। आक्रमणको खबर पाउनसाथ प्रहरी समयमै यसअघि पहिला बताइए भन्दा बढी हातहतियारले सुसज्जित भएर घटनास्थलमा आइपुगेको अमेरिकी संचारमाध्यमले जनाएका छन्। ती तस्बीरमा प्रहरीले राइफल र दंगामा प्रयोग हुने ढाल समाएर बसेका देखिन्छन्। प्रहरीलाई सो आक्रमणका बेला समयमै हस्तक्षेप गर्न नसकेको आरोप लगाइँदै आएको छ। अष्टिन अममेरिकन–स्टेट्सम्यान र केभीयुई टेलिभिजनले बाहिर ल्याएको… पुरा पढौ

विश्वकै अहिलेसम्मकै सबैभन्दा ठूलो केक तयार

बेलायतमा १६० वटा अन्डा, ८ किलोग्राम डार्क चकलेट र १५ किलोग्राम अरेन्ज जेली मिसाएर विश्वकै अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको ‘जाफा केक’ तयार गरिएको छ। ‘ग्रेट बृटिश बेक अफ’का पूर्वविजेता फ्रान्सेस क्वीन र म्याकभिटिज कम्पनीका कर्मचारीहरूले सो ऐतिहासिक एवं स्वादिलो केक तयार गरेका हुन्। १७५ सेन्टिमिटर व्यासको यो केकको आकार सामान्य आकारका ६ हजार, ५ सय ५७ वटा जाफा केक बराबर छ। क्वीनले बेलायतको गट ट्यालेन्ट प्रोग्रामको १५ औँ वार्षिकोत्सवको अवसरमा ८० किलोग्रामको यो केक तयार गरेकी हुन्। क्वीनले भनेकी छन्,… पुरा पढौ

वायुसेवा संचालकको आन्दोलन फिर्ता

वायु सेवा संचालक संघ नेपालले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। आज (बुधबार)देखि उडान बन्द गर्ने घोषणा गरेको संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेको संघको आन्दोलन फिर्तासँगै नियमित उडान हुने भएको छ। बुद्ध एअरले आफ्नो नियमित उडान कार्यक्रम रहेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ। ११ बजेदेखि नियमित उडान हुने बुद्धले जानकारी दिएको छ। यस्तै, यती एअरलाइन्सले पनि गएराति नै फेसबुकमा लेखेको छ, ‘भोलिदेखी अनिश्चितकालका लागि स्थगित भएका हाम्रा… पुरा पढौ

दोर्दी खोलाको आइपीओ बाँडफाँड गरिदैँ

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ आज (बुधबार) बाँडफाँड हुँदैछ। जेठ २६ गते निष्काशन गरेको आइपीओ बिहान ९ बजे बाँडफाँट गर्न लागिएको जनाइएको छ। कम्पनीको आइपीओमा १ करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको छ। यसमा केही आवेदन रद्द भएका छन्। यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता शेयरको ८.८५ गुणा बढी हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी… पुरा पढौ

गण्डकीमा आजको मौसम : आंशिकदेखि सामान्य बदली

गण्डकी प्रदेशमा आज (बुधबार) का दिन सामान्य बदली रहनेछ। गण्डकी प्रदेशमा हाल मनसुनी वायुको सामान्य प्रभाव रहेकोले आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशसँगै प्रदेश १, मधेश र बागमती प्रदेशमा पनि आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा भने आंशिक बदली हुनेछ। स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभावले देशका केही भूभागको मौसममा बदली भएको छ। पुरा पढौ

अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प

अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ। दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ। भूकम्पको गहिराइ ५१ किलोमिटर छ। भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ। भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन्। पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको… पुरा पढौ