गत महिना अमेरिकाको टेक्ससस्थित एउटा विद्यालयमा भएको गोलीकाण्डसम्बन्धी एउटा करिडोरमा सशस्त्र प्रहरी पर्खिरहेका अवस्थाका पहिलो तस्बीरहरू सार्वजनिक भएका छन।
उक्त घटनामा शिक्षक र विद्यार्थी गरी २१ जनाको ज्यान गएको थियो। आक्रमणको खबर पाउनसाथ प्रहरी समयमै यसअघि पहिला बताइए भन्दा बढी हातहतियारले सुसज्जित भएर घटनास्थलमा आइपुगेको अमेरिकी संचारमाध्यमले जनाएका छन्।
ती तस्बीरमा प्रहरीले राइफल र दंगामा प्रयोग हुने ढाल समाएर बसेका देखिन्छन्। प्रहरीलाई सो आक्रमणका बेला समयमै हस्तक्षेप गर्न नसकेको आरोप लगाइँदै आएको छ।
अष्टिन अममेरिकन–स्टेट्सम्यान र केभीयुई टेलिभिजनले बाहिर ल्याएको पछिल्लो प्रतिवेदनमाथि टेक्सस प्रहरीले कुनै प्रतिक्रिया जनाएको छैन।
२४ मेमा रोव प्राथमिक विद्यालयको कक्षा कोठामा भएको गोलीकाण्डबारे थप विस्तृत विवरण मंगलवार टेक्सस सिनेटको सार्वजनिक सुनवाईमा प्रस्तुत गरिने अपेक्षा गरिएको छ। साल्भाडोर रामोस नामक स्थानीय १८ वर्षीय किशोरले गरेको सो आक्रमणपछि अमेरिकामा बन्दुकको नियम कानुनबारे पुनः एक पटक बहस चर्किएको थियो।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







