आर्मीका हिमाल टमाटाले राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि जितेका छन्। पोखरामा आयोजित पुरुषतर्फ एपीएफका लक्ष्मण मल्ल दोस्रो र कास्कीका हिक्मत वि.क. तेस्रो बने। यस्तै, महिलातर्फ आर्मीकी उषा खनाल पहिलो, लक्ष्मी मगर दोस्रो र इन्द्रकुमारी तामाङ तेस्रो बनिन्। पुरुषतर्फ ७६ र महिलातर्फ ५ जना सहभागी थिए। महिला र पुरुषको छुट्टाछुट्टै स्पर्धा भएको थियो। पोखरा–१६ स्थित कालीखोलाको पुलबाट सुरु भएको साइकल दौड भलाम, मौजा, आँटीघर, अर्मलाकोट, ढिँकीडाँडाबाट फर्किएर कालिखोलामै आइपुगेको थियो। दुवै प्रतिस्पर्धामा पहिलोले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार…
पुरा पढौ