समाचार

ट्याक्सीको ठक्करबाट एक महिला गम्भीर घाइते

पोखरा । पोखराको मालेपाटनमा ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एक महिला गम्भीर घाइते भएकी छ । एक जना सामान्य घाइते भएका छन् । आइतबार दिउँसो साढे १ बजे मालेपाटनस्थित कालिका पेट्रोल पम्प अगाडी पर्वतबाट पोखराका लागि यात्रु लिएर आउँदै गरेको ध १ ज ८१४ नम्वरको ट्याक्सीले ग १० प १२८५ नम्वरको स्कुटरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते दुबैजनालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ । मालेपाटनस्थित बाराही मावि तर्फ बाटो क्रस गर्ने क्रममा रहेको… पुरा पढौ

चौपाया व्यवस्थापनका लागि बायो ग्यास प्लान्ट

कैलाली । कैलालीमा छाडा पशु चौपायाका कारण किसान निकै आजित छन् । छाडा चौपायाले लगाएको अन्नबाली नष्ट गर्न थालेपछि किसान निकै आजित भए भएपछि समस्या समाधानका लागि स्थानीय पालिकाले धेरै प्रयत्न पनि गरे पनि तिनले सार्थकता पाउन सकेकेको थिएन । छाडा पशु चौपाया व्यवस्थापनका लागि स्थानीय निकायबाट थुप्रै विकल्पको खोजी गरिरहँदा टीकापुर नगरपालिकाले भने छाडा चौपाया व्यवस्थापन गरेको क्षेत्रमा बायो ग्यास प्लान्ट जडान गरेको छ । नगरपालिकाभित्रका छाडा चौपायालाई वडा नं २ स्थित खोटेना भिराखानी छाडा वनमा व्यवस्थापन गरिँदै आइएको… पुरा पढौ

भुटानी अगुवा डा राईको निधन

भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी डाक्टर भम्पा राईको निधन भएको छ । दमक–५ मा बस्दै आउनुभएका ७२ वर्षीय राईकोे विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको हो ।डा राई भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका संयोजक थिए । राई पेटसम्बन्धी समस्याबाट लामो समयदेखि पीडित थिए । शनिबार दिउँसो मुटुको चालमा समस्या भएपछि उपचारका लागि उनलाई विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको आफन्त ईन्द्र कुँवरले बताए ।डा राईको शव आजै कमल–५ सीतापुरी उत्तरमा रहेको समाधिस्थलमा अन्त्येष्टि गरिने उनले बताए… पुरा पढौ

बाघले भरियो खोर

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन । निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ… पुरा पढौ

सांसद बस्नेतद्वरा रानीखोला पुल उद्घाटन

सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पुरानो बसपार्कसँगै निर्माण सम्पन्न रानी खोला पुल आज उद्घाटन गरिएको छ । प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आज सो पुल उद्घाटन गरे ।उनले सूर्यविनायकको पाण्डु बजारदेखि गुण्डुसम्मको करिब छ किलोमिटर कालोपत्र सडक अन्तिम चरणमा रहेको भन्दै उक्त सडकमा हालसम्म रु ३३ करोड बजेटमा काम भइरहेको बताए । सांसद बस्नेतले स्थानीय तहको निर्वाचन सकिएकाले स्थानीय तहको निर्वाचनमा कुनै तीक्तता रहेको भए त्यसलाई बिर्सेर सबै पार्टी र नेता मिलेर भक्तपुरको विकासमा लाग्नुपर्ने बताए । कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष… पुरा पढौ

पहिरो खस्दा पृथ्वीराजमार्गको डुम्रे–याम्पा खण्ड अवरुद्ध

तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् । पहिरा हटाएर राजमार्ग सुचारु गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मुग्लिन पोखरा सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेला–बेलामा पहिरा खसिरहेको छ ।रासस पुरा पढौ

बसाइँसराइ र युवा पलायन हुँदा बाँझियो खेतीयोग्य जमिन

म्याग्दी। म्याग्दीमा खेतीका लागि उर्वर खेतबारी पछिल्लो एक दशकयता झाडीमा परिणत हुँदै गएका छन् । खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको भाउ बढ्दा ग्रामीण विपन्न वर्ग समस्यामा पर्दै गएका छन् । उनीहरूलाई साँझ, बिहान हातमुख जोड्न पनि मुस्किल हुँदै गएको छ ।सुविधा भोगी प्रवृत्ति, बसाइँसराइ र स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवा रोजगारीको खोजीमा खाडी मुलुक जाने क्रम नरोकिँदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझिएको हो । स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारले विकास र रोजगारीलाई… पुरा पढौ

बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार पसल बन्द हुने

बङ्गलादेश सरकारले बेलुका ८ बजेपछि बजार, पसल तथा होटल रेष्टुरेन्टहरु बन्द गर्न आदेश दिएको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले नै देशव्यापी रुपमा बङ्गलादेशका सबै नागरिकलाई आफ्ना व्यवसायहरु बन्द गर्न आदेश दिएका हुन् ।शुक्रबार राति प्रधानमन्त्री कार्यालयका महानिर्देशक प्रशासन मोहम्मद अहसान किबरिया सिद्दिकीले हस्ताक्षर गरेको परिपत्रमा उक्त निर्देशन दिइएको हो । यस निर्देशनको उद्देश्य विश्वव्यापी रूपमा विद्युत् र ऊर्जाको मूल्यमा भइरहेको निरन्तर मूल्यवृद्धिको पृष्ठभूमिमा शक्ति र ऊर्जा बचत गर्ने हो । सार्वजनिक सुरक्षा महाशाखा, वाणिज्य मन्त्रालय, ऊर्जा तथा खनिज श्रोत… पुरा पढौ

सूचनाको हक प्रवद्र्धनका लागि अभियान

काठमाडौँ। सूचनाको हकसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गरी सार्वजनिक महत्वका सूचना माग गर्न नागरिक सङ्गठित भई सामूहिक रुपमा अभियान चलाउन थालेका छन् ।सूचनाको हकको सही अभ्यास र प्रयोग गर्न सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ विधिवत् स्थापना भई अभियानमा लागेको हो । महासङ्घले आज राष्ट्रिय सूचना आयोगसँगको सहकार्यमा सूचनाको हक प्रवद्र्धन र यसको व्यावहारिक प्रयोग विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाही गरिएको जानकारी दिए । कारबाही गरिएका कार्यालय प्रमुखको… पुरा पढौ

चितुवाको डरले बाहिर निस्किँदैनन् बन्दीपुरबासी

तनहुँ। जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अपनाउन घर बाहिर निस्किन छाडेका हुन् । साँझ ७ः३० बजेपछि सबै घरका मानिसले ढोका थुनेर बस्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । रातको समयमा शौच गर्न पनि बाहिर जान डर हुने गरेको स्थानीयवासीको भनाइ छ ।चितुवाले आफ्नो करिब रु ३० हजार मूल्य बराबरको खसी खाइदिएर क्षति बनाएको उनले दुखेसो पोखे । एक सातामा उक्त… पुरा पढौ