समाचार

पोखरा आएका पर्यटकलाई भैरवस्थान र भकुण्डे ल्याइने

पर्यटकीय राजधानीका रुपमा रहेको पोखरा आएका पर्यटकको बसाईं लम्ब्याउन पोखराका पर्यटन व्यवसायी नयाँ गन्तव्यको खोजी र प्रवद्र्धनमा जुटेका छन् । पोखराबाट दुई/तीन घण्टामै पुग्न सकिने आकर्षक धार्मिक तथा प्राकृतिक क्षेत्रको भ्रमण गराउनसके पर्यटकको बसाईं लम्याउने योजनासहित पोखराका पर्यटन व्यवसायीहरूले पोखराका पर्यटकलाई बागलुङको बलेवा र भकुण्डे ल्याउनका लागि नयाँ गन्तव्यका रुपमा विकास गर्नका लागि प्रवद्र्धनात्मक कार्यक्रम गर्न थालेका छन् । नेपाल एशोसिएसन अफ ‘टुर एण्ड ट्राभल एजेण्ट्स’ (नाट्टा) गण्डकी प्रदेश तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको समन्वयमा पोखराका पर्यटन व्यवसायी बागलुङको बलेवा… पुरा पढौ

नाट्टा गण्डकीको रक्तदान

पोखरा । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ यूनिट रगत संकलन भएको छ । आइतबार पोखरामा सम्पन्न भएको कार्यक्रममा ३८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक नाट्टा गण्डकीका सदस्य सुशिला सिग्देलले जानकारी दिइन् । कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता नाट्टा गण्डकीका हरिराम अधिकारीलाई व्लड व्याग हस्तान्त्रण गर्दै उद्घाटन गरे । विश्वव्यापी कोभिड–१९ को प्रभावका कारण रक्त सञ्चार केन्द्रहरुमा भएको रगतको अभावलाई कम गर्नका लागि सामाजिक… पुरा पढौ

नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालियो

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३७.२७ अङ्कले ओरालो लागेर एक हजार ९३४.११ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२९ अङ्कले ओरालो लागेर ३७३.८५ मा ओर्लेको छ । कूल २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर रु एक अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ मूल्यमा खरिद बिक्री भए ।… पुरा पढौ

हुम्लाका ५७ विद्यार्थीमा देखियो ठेउला

हुम्ला। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रबासमा बस्दै आएका ठूलो सङख्याका विद्यार्थीलाई ठेउला चिकेनफक्स रोग देखिएको आशङ्का गरिएको छ । वडा नं ४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएकाले उक्त रोगको आशङ्का गरिएको हो । स्वास्थ्यसेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहले एक विद्यार्थीमा देखिएकोे ठेउला अन्य ५७ विद्यार्थीमा सरेको बताए । विद्यार्थीमा लागेको रोगको लक्षण पूरै ठेउलासँग मिल्दोजुल्दो रहेको देखिएको हो, उनले भने । ती विद्यार्थीका अनुुहार, शरीर र पाखुुराभरि ठेउला जस्तै फोका आएका छन्… पुरा पढौ

चेपाङका लागि बागमती प्रदेश सरकारका कार्यक्रम

वाग्मती । अति सिमान्तकृत पिछडिएको समुदायको रुपमा रहेको चेपाङजातिका लागि लामो समयदेखि उठाउँदै आइएको माग बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० बजेटले पूरा गर्ने भएको छ ।प्रदेश सरकारले धादिगङ, मकवानपुर र चितवनलाई चेपाङ सरक्षित विशेष क्षेत्र घोषणा गरेर आवश्यक बजेटसमेत विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको बजेटमा तीन जिल्लामा चेपाङ जाति बाहुल्य रहेको चेपाङ संरक्षित क्षेत्र घोषणा गरी विशेष कार्यक्रम ल्याउने जानकरी दिए ।अति विपन्न र पिछडिएको जातिको रुपमा रहेको वनकारिया, चेपाग,… पुरा पढौ

युक्रेन-रुस युद्धःअहिलेसम्म ४ हजार ५ सय नागरिकको मृत्यु

रुस–युक्रेन युद्धमा अहिलेसम्म ४ हजार ५ सय नागरिक मारिएका र १ करोड ३० लाखले युक्रेन घरबास छाडेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त सहर माइकोलाभ र ओडेसाको भ्रमण गर्नुभएको छ। रुस–युक्रेन युद्धकाबीच तहसनहस भएको युक्रेनका सहरको भ्रमणका क्रममा उहाँले युद्धसँग जुधिरहेका सेनाको हौसला बढाउनुका साथै विभिन्न अस्पतालमा रहेका घाइते, डाक्टर र स्वास्थ्यकर्मीसँग भेटघाट गर्नुभएको बीबीसीले जनाएको छ । यी दुवै सहरमा पछिल्लो समय रुस र युक्रेनका सेनाबीच युद्ध भइरहेको छ । यसअघि उहाँले किएभ पुगेका… पुरा पढौ

भारतमा कोरोनाः सङ्क्रमितको सङ्ख्या १२ हजार ८९९

स् भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८९९ जना सङ्क्रमित भएका छन् । शनिबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । भारतमा गत बुधबारबाट सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसैवर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए । भारतमा शनिबार १२ हजार ८९९ जना कोरोना सङ्क्रमित थपिएपछि भारतमा सन् २०२० को मार्चबाट शुरु भएको कोरोना… पुरा पढौ

रोपाइँ सुरु भइसक्दा पनि किसानले मल पाएनन्

सर्लाही । जिल्लाका किसानले धान रोपाइँ सुरु भइसक्दा पनि रासायनिक मल पाउन सकेका छैनन् । बालीनाली लाउने बेलामा पनि मल नपाउँदा बाली लगाउने की नलगाउने भन्ने दोधारमा परेको हरिवनका किसान रामपुकार महतोले गुनासो गरे ।धान रोपाइँको बेला भइसके पनि रासायनिक मल हामीले कहिले पाउने हो भन्ने आसमा बस्नुपरेकोे अर्का किसान कपिल साहले बर्ताए ।समयमा मल नदिने सरकारलाई भारतबाट किसानले मल किनेर ल्याउँदा सुरक्षाकर्मी लगाएर नखोस्न र बल प्रयोग नगर्न पनि स्थानीय किसानको माग छ । नेता, मन्त्री र जिम्मेवार अधिकारीको वक्तव्य… पुरा पढौ

गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्छ स् वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्ने बताएका छन्। तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको आगामी आर्थिक वर्ष २०७९र८० को बजेट, नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी अन्तक्र्रियामा उनले गाउँमा रोजगारी र गाउँमै आम्दानी हुने योजना बनाएर जनतालाई गाउँमै बसुँबसुँ लाग्ने वातावरण बनाउनेतर्फ स्थानीय तहको ध्यान जानुपर्ने बताए । वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारीको अवसर सिर्जना हुने खालका योजना स्थानीय तहले ल्याउनुपर्ने भन्दै त्यसो भएको खण्डमा मानिस पुनः गाउँमै फर्किने बताए । उनले गाउँमा जडीबुटी,… पुरा पढौ

किसानलाई सूर्यमुखी स्याहार्ने चटारो

रामपुर । कुनै समय घर आँगनका डिलमा सौखका रुपमा लगाइने सूर्यमुखी अहिले भने पाल्पामा व्यावसायीकरण हुँदै गएको छ । घरको सौन्दर्यता बढाउन केही बोट आँगनका डिल र घर वरिपरी लगाउने गरिन्थ्यो । हिजोआज भने किसानले सौन्दर्यतासँगसँगै आयआर्जन गर्ने गरी खेती गर्दै आएका छन् । रम्भा गाउँपालिका–१ सगाहाका किसान सूर्यमुखी खेती स्याहार्न व्यस्त छन् । यहाँ व्यावसायीक रुपमा खेती लगाइएको हुँदा फूल टिप्ने, घरमा लगेर फल झार्ने र भण्डारण गर्ने कार्यमा किसानको दैनिकी बितेको छ । खेतमा पाकेको सूर्यमुखी टिप्ने र… पुरा पढौ