समाचार

बालबालिकालाई आजदेखि बुस्टर डोज दिइँदै

सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस (कोभिड) विरुद्धको बुस्टर डोज दिदैँछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शुक्रबार)देखि सो उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको दिने जनाएको हो। पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ। मोर्डना खोप बुस्टर लगाउँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ भने फाइजर खोप ०.३ एमएल दिनुपर्ने हुन्छ। पुरा पढौ

पृथ्वी राजमार्गमा सडक भासियो, यातायात अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक सडक सडक भासिएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण सडक भासिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ। सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवत–जावतमा संभव नदेखिएको स्थानीयहरु बताउँछन्। तत्काल मर्मत सम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको सवारी साधनलाई त्यतैतर्फ फर्काइएको तनहुँ प्रहरीले बताएको छ। पुरा पढौ

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार राती १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको छ । निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै… पुरा पढौ

शिरोमणि पुरस्कार विम्बकवि रमेश श्रेष्ठलाई

पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले दुई – दुई वर्षमा प्रदान गर्दै आइरहेको शिरोमणि पुरस्कार २०७८ नेपाली काव्यकला क्षेत्रका विम्बकवि तथा कलाकार रमेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । विम्बकवि तथा कलाकार रमेश श्रेष्ठले विगत चार दशकदेखि कविता र चित्रकला क्षेत्रमा महत्वपूर्ण योगदानदिई नेपाली कविता र कलालाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याएकाले पुरस्कार छनौट समितिले श्रेष्ठलाई सिफारिस गरेको हो । वि.सं. २०२३ साल पुस १७ गते पोखराको तेर्सापट्टीमा जन्मिएका श्रेष्ठले पृथ्वीनाराण क्याम्पसबाट संस्कृति र इतिहास विषयमा स्नातकसम्मको औपचारिक शिक्षा लिएका छन्… पुरा पढौ

अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा सिद्धार्थ र भद्रकाली मावि विजयी

पोखरा । पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा सिद्धार्थ मावि र भद्रकाली मावि विजयी भएका छन् । पहिलो खेलमा सिद्धार्थले शुक्रराज वलभद्र माविलाई ६ विकेटले पराजित गरेको थियो । अर्को खेलमा भद्रकालीले महेन्द्र माविमाथि ८ विकेटको जित निकाल्यो । पहिला व्याटिङ गरेको भद्रकालीले ६३ रनमै सम्पूर्ण विकेट गुमाएको थियो । खेलमा १ ओभर बलिङ गर्दै ३ रन खर्चिएर ४ विकेट लिएका सिद्धार्थका शन्देस नेपाली म्यान अफ द म्याच भए । अर्को खेलमा… पुरा पढौ

पोखराका मेयरसमक्ष भूमिअधिकार मञ्चको ३ बुंदे माग

पोखरा । भूमिअधिकारबाट वञ्चितहरुको हक अधिकार सुनिश्चित गर्नका लागि वकालत गर्दै आएको भूमिअधिकार मञ्च काक्कीका प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई भेटी ३ बुदें माग तथा ६ वुदें समस्याको अवस्था पहिचान पेश गरेका छन् । मेयर आचार्यले पत्र बुझ्दै आफुपनि भूमिहिन सुकुम्बासीको समस्या छिटो होस् भन्ने चाहाने भएकोले आगामी २÷३ वर्ष भित्रमा समस्या समाधानकोलागि प्रतिवद्ध रहेको बताएको मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले बताए । अध्यक्ष गुरुङसहित मञ्चका गण्डकी प्रदेश सदस्यहरु रामबहादुर लामिछाने र टेकबहादुर पुन, कास्की जिल्ला… पुरा पढौ

पोखराका सडकबाट छाडा चौपाया हटाउन शुरु

पोखरा । पोखराका सडकलाई छाडा चौपाया मुक्त गर्नका लागि सडकमा रहेका छाडा चौपाया संकलन कार्य सुरु भएको छ । पोखरा महानगरका वरिष्ट कानून अधिकृत नारायण प्रसाद शर्माले मेयर धनराज आचार्यको निर्देशन अनुसार बिहीबार देखि सडकमा देखिएका छाडा चौपाया हटाउने अभियान सुरु भएको जानकारी दिएका हुन् । उनले बिहीबार सेतीवारीका सडकमा रहेका छाडा चौपाया संकलन गरिएको जानकारी दिए । बिहीबार ३७ वटा छाडा चौपाया संकलन गरेर कान्जीहाउसमा राखिएको छ । शुक्रबारपनि यो अभियान जारी रहने वरिष्ट कानुन अधिकृत शर्माले जानकारी दिए… पुरा पढौ

मुख्यमन्त्री पोखरेल र संयुक्त राष्ट्र संघ सहायक महासचिवविच भेट

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वकोे टोलीबीच मुख्मन्त्री कार्यालयमा बिहीबार औपचारिक भेट भएको छ । उक्त अवसरमा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ, नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल प्रतिनिधि आइसाने मेडागान्गोडा लाबे, इसिमोडका महासचिव एवं कोइकाका नेपाल प्रतिनिधि लगायत सहभागी थिए । गण्डकी प्रदेशका तर्फबाट पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव रविलाल पन्थ,… पुरा पढौ

‘प्रज्ञा उत्सव’ कार्यक्रम गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठान

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम असार १० गतेबाट १२ गतेसम्म प्रतिष्ठानकै हलमा आयोजना हुने सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । जस अनुसार पहिलो दिन असार १० गते आर्ट कार्यशाला गरिनेछ । दोस्रो दिन असार ११ गते कविता, गजल, मुक्तक, लघुकथा वाचन कार्यक्रम हुनेछ । सोही दिनमा नाटक धनीरामको गोरु समेत मञ्चन गरिनेछ । यसैगरी असार १२ गते विभिन्न साँस्कृतीक प्रस्तुती, एकेडेमीको वार्षिक कार्यक्रम श्रव्य दृश्य मार्फत जानकारी, विभिन्न जातीको झाँकी… पुरा पढौ

शुभकामना गोल्डकपको खेल असार ४ देखि, उद्धघाटन खेलमा आयोजक हेम्जा र विरगंज भिड्ने

जेठ २६ पोखरा । छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा हेमजा युनाइटेड र विरगंज भिड्ने भएका छन् । हेम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगितामा’ १ विदेशी सहित ८ टिम सहभागि हुने भएका छन् । बिहाबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैँै क्लबका अध्यक्ष इन्द्र कुवरँले क्लबले प्रतियोगितालाई गोल्डकपको रुपमा अघि बढाएको सुनाए । पोखरा महानगरपालिका वडा २५ स्थित गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा ए डिभिजन, विदेशी आयोजक सहित मोफसलका टिम… पुरा पढौ