पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस बिबिएमा अध्ययनरत विद्यार्थीहरुले विविए भवन परिसरमा वृक्षरोपण गरेका छन् । पिएनसी बिबिएए सर्कलको आयोजनामा भएको कार्यक्रममा सहप्राध्यापक डा. विरबहादुर कार्की र सर्कलका अध्यक्ष विजय लम्सालले सम्युक्त रुपमा कल्कीको वेर्ना सारेर कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा कल्की, रुद्राक्ष, धुपी, अमला, लगाएत विभिन्न जातका ३० वेर्ना सारिएको विद्यार्थी आकृति रानाभाटले बताइन्। शुक्रबार भएको सो कार्यक्रममा विविए प्रोग्राम निर्देशक ध्रुबकुमार बुढाथोकी, सहायक निर्देशक भुपाल जैसी तथा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
पुरा पढौ