समाचार

पोखरा अनुसन्धान केन्द्रमा पूर्व बजेट छलफल

पोखरा । पोखरामा सोमबार पूर्व बजेटका विषयमा छलफल भएको छ । पोखरा अनुसन्धान केन्द्रको पहलमा विगत ५ वर्षको बजेट विनियोजनमा केन्द्रित रहेर छलफल भएको हो । सरकारले शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार विकास,लगायतका क्षेत्रका लागि विनियोजन गरेको बजेटका विषयमा छलफल भएको केन्द्रले जनाएको छ । कार्यक्रममा सहभागीहरुले गण्डकी प्रदेशको शिक्षा क्षेत्रका विभिन्न योजना, उद्यमशीलता र स्थानीय आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गर्न सुझाव दिए । यस्तै प्रादेशिक बजेटले केन्द्र र स्थानीय बजेट विनियोजन बीचको विकासको खाडले पूर्ति गर्नुपर्ने ,… पुरा पढौ

इम्बोस्ड नम्बर प्लेट जडानमा जबर्जस्ती नगर्न सांसद थापाको आग्रह

काठमाडौ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद थापाले सहजीकरण गर्नुपर्नेमा अनावश्यकरुपमा नागरिकलाई दुःख दिन लागिएकामा आपत्ति प्रकट गरेका हुन् । त्यस आधारमा दैनिक पाँच हजार ५०० जनाले सवारी साधनमा उक्त नम्बर प्लेट राख्नुपर्ने देखिएको सांसद थापाको भनाइ छ । भौतिक संरचना र जनशक्तिसमेत नभएका अवस्थामा त्यसलाई सहजीकरण गर्नुपर्नेमा उल्टै उपभोक्तालाई डर देखाइएको भन्दै… पुरा पढौ

नगरपालिका भित्रको दुई वडा जोड्ने झोलुङ्गे पुल बन्ने

तनहुँ । व्यास नगरपालिका–१० को परेवा डाँडा र व्यास नगरपालिका–५ को चिन्तुटार जोड्ने मादी नदीमा २८२ मिटर लामो झोलुङ्गे पुल निर्माण कार्य अघि बढाइएको छ । व्यास नगरपालिका वडा नं १० स्थित परेवा डाँडा नजिक मिदिम हाइड्रोको ३३ केभी प्रसारण लाइनका तारका कारण पुलको टावर ठड्याउन बाधा भएकाले विद्युत् खम्बालाई वैकल्पिक रुटमा सारेर पुल निर्माण कार्य अघि बढाउन लागिएको हो । प्रमुख जिल्ला अधिकारी, पूर्वाधार कार्यालय, विद्युत् प्राधिकरण, मिदिम हाइड्रो आयोजना, स्थानीय जनप्रतिनिधिले पटकपटक बसेर छलफल गर्दै आए पनि सहमति… पुरा पढौ

सुनको मूल्य बढ्यो

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ४०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक… पुरा पढौ

स्थानीयवासीलाई श्वेतगङ्गा हाइड्रोपावरको आइपिओ खुला

काठमाडौ । श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गर्ने कूल शेयरमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि… पुरा पढौ

पोखरामा तेस्रो संस्करणको ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने

पोखरा । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा पोखरामा तेस्रो संस्करणको ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ । गत वर्ष कोभिड–१९ का कारण स्थगन भएकामा अन्तर्राष्ट्रिय तेक्वान्दो सङ्घले पुनः स्वीकृति प्रदान गरेपश्चात् आगामी असोज ५ देखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने सङ्घले जनाएको हो । सो प्रतियोगितामा विश्वका ५० भन्दा बढी देशका एक हजार ५०० खेलाडी, रेफ्री, अफिसियल गरी दुई हजारभन्दा बढी विदेशी खेलाडी र खेल पदाधिकारी सहभागी हुने मूल आयोजक समितिका अध्यक्ष एवं नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय अध्यक्ष… पुरा पढौ

आजको मौसम

काठमाडौ । हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा वर्षा भइरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि बदली छ, कतिपय क्षेत्रमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली… पुरा पढौ

पोखराको लामापाटनमा सबै भन्दा धेरै वर्षा

पोखराको लामापाटन क्षेत्रमा सबै भन्दा धेरै वर्षा भएको छ। गएको २४ घण्टामा यहाँ ६० मिलि लिटर वर्षा भएको हो। देशमा मनसुन भित्रिएसँगै पोखराका केही स्थानमा हालपनि छिटफुट वर्षा भइरहेको छ। गण्डकी प्रदेशमै लमजुङमा सबै भन्दा बढी वर्षा भएको छ। गएको २४ घण्टामा लमजुङको खुँदी बजारमा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको हो। मनसुन भित्रिएपछि गण्डकी प्रदेशका यि स्थानमा सबैभन्दा धेरै वर्षा भएको हो। पोखरा र लमजुङसँगै सिन्धुलीमा पनि सबैभन्दा धेरै वर्षा भएको छ। सिन्धुलीको कुसुन्टारमा ८८ मिलिमिटरभन्दा धेरै पानी… पुरा पढौ

गण्डकी प्रदेशमा यस्तो छ आजको मौसम, मनसुन भित्रिदै

गण्डकी प्रदेशमा आज (सोमबार) मौसममा सामान्य बदली हुनेछ। प्रदेशको केही स्थानमा छिटफुट वर्षा हुनेछ। हाल, मौसममा सामान्य बदली भएर केही स्थानमा भारी वर्षा हुनुका साथै केही स्थानमा छिटफुट वर्षा भइरहेको छ। गण्डकी प्रदेश लगायत प्रदेश १, बागमती प्रदेशका केही स्थानमा सामान्य बदली आएकोले छिटफुट वर्षा भइरहेछ। बाँकी भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यीसहित थोरै स्थानमा दिउँसोदेखि रातिसम्म मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती प्रदेशदेखि पूर्वी भूभागमा मौसम पूर्ण बदली रहेनेछ। हाल… पुरा पढौ

जनताले अनुभूति गर्ने खालका काम गर्नुहोस : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा निर्वाचित जनताले अनुभूति गर्ने खालका काम गर्न जनप्रनिधिलाई आग्रह गरेका छन्। ‘जनप्रतिनिधिहरुले जनताले अनुभूति गर्ने खालका काम गर्न जरुरी हुन्छ,’ नेता पौडेलको भनाई थियो। तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्राथमिकीकरण अभ्यास कार्यशालाको उद्घाटन गर्दै नेता पौडेलले विगतका भन्दा राम्रो कार्य गरेर जनताको मन जित्न आग्रह गरे। ‘जनताको माग र आवश्यकतालाई सर्वोपरी ठानी जनप्रतिनिधिहरुले अहोरात्र खटेर काम गर्नुपर्छ’ वरिष्ठ नेता पौडेलले भने।जनताको इच्छाअनुसारको काम गर्न सके मात्रै जनप्रतिनिधिहरुको हाईहाई हुने उनको… पुरा पढौ