लोकसेवा आयोगको बागलुङ कार्यालयले ७२औँ वार्षिकोत्सका अवसरमा वृक्षरोपण र सम्मान कार्यक्रम आयोजना गरिएको छ । बुधवार कार्यालय परिसरमा कपुर, पारिजात, हर्रो, कल्कीलगायत बिरुवा रोपिनाका साथै दश वर्षदेखि त्यहाँ सेवारत कार्यालय सहयोगी देवीप्रसाद शर्मालाई सम्मान गरिएको शाखा अधिकृत भुवनहरि अधिकारीले जानकारी दिए । शर्मा विगत २८ वर्षदेखि सरकारी सेवामा छन् । लामो समयदेखि निष्ठा र इमान्दारीपूर्वक कार्यालयको सेवामा खटिएकाले उहाँलाई सम्मान गरिएको कार्यालयले जनाएको छ । कार्यालय परिसरको सौन्दर्य बढाउनाका साथै पर्यावरण स्वच्छ राख्न वार्षिकोत्सवका अवसरमा वृक्षरोपण गर्ने सोच पलाएको आयोगका…
पुरा पढौ