समाचार

वर्गीकरण नगरी कित्ताकाट गरिएको जग्गा धितो राखेर अब ऋण नपाइने

काठमाण्डौंं । सरकारले कृषि क्षेत्र नतोकिकन घर जग्गाका लागि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । घर जग्गाको नाममा कृषि क्षेत्र क्रमशः घट्दै गइरहेको बेला सरकारले खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषद्ले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ ले तोकेको मापदण्ड अनुसार कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यही जेठ २७ गते मन्त्रिस्तरीय निर्णय गरेर कृषि क्षेत्र निर्धारण नभएका कुनै… पुरा पढौ

कात्तिक अन्तिम वा मङ्सिरको पहिला सातासम्म प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुनसक्ने

काठमाण्डौं । आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी भएको छ । नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक आउँदो असार १ गतेदेखि खुला गरिएको छ । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पाँच वर्षे अवधि मङ्सिर पहिलो साता सकिँदैछ ।… पुरा पढौ

संसदीय छानबिन समिति माग गर्दै एमालेको संसद् अवरोध

काठमाण्डौं । प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद् अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो । आगामी आवको विनियोजन शीर्षकमाथिको छलफल चलिरहँदा एमाले सांसदले उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको घोषणा गरे। त्यसअघि अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक महत्वका विषयमा जवाफ दिएका थिए।… पुरा पढौ

गण्डकी प्रदेशको अर्थ मन्त्रालयद्वारा आर्थिक सर्वेक्षण सार्वजनिक

पोखरा । गण्डकी प्रदेशमा करिब ०.५ प्रतिशत मात्र घरमा बिद्युत पहुच पुराउन बाँकी रहेको छ । प्रदेशमा करिब ०.५ प्रतिशत अर्थात २ हजार ८ सय ८४ घर धुरीमा मात्र घरमा बिद्युत पहुच पुराउन बाँकी रहेको प्रदेश सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । प्रदेशका ५ लाख ७७ हजार ६ सय ८२ घरधुरी मध्य ९९.५ प्रतिशत अर्थात ५ लाख ७४ हजार ७ सय ९८ घर धुरीमा बिद्युत जडान भएको गण्डकी प्रदेशको अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा… पुरा पढौ

ड्याम साईड क्लवद्वारा सल्लाहकार चयन तथा छलफल

पोखरा । खेल तथा सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाउन सफल पोखरा १७ मा रहेको ड्याम साईड क्लबले सल्लाहकार चयन तथा छलफल गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा अधिवक्ता केशवराज वराल, इञ्जिनियर किसान सिं गुरुङ र समाजसेवी कल्पना श्रेष्ठलाई २ वर्षको लागि क्लबको सल्लाहकारमा मनोनित गरेको हो । सल्लाहकारमा मनोनित सबै जनालाई निर्वतमान अध्यक्ष पदमबहादुर ढकाल र अध्यक्ष प्रताप गुरुङले प्रमाण पत्र प्रदान गरेका थिए । सो अवसरमा क्लबले ड्याम साईड क्षेत्रलाई पर्यटकीय क्षेत्र वनाउन विगतका दिनहरुमा गरेका कामहरुलाई… पुरा पढौ

भुम्या पर्व र पर्यटनविच नङ र मासुको सम्वन्ध छ: पर्यटन व्यवसायी पुनमगर

कविता घर्तीमगर,पोखरा । परापुर्वकाल देखिनै प्रकृतिलाई पुजा गर्दै आएका मगर समुदायको विशेष महत्व बोकेको भुम्यापर्व यसपटक सुरु भएको छ । हरेक वर्षको असारको पहलो हप्तादेखि यो पर्व मनाउने प्रचलन रहेको छ । यो पर्व देशभरिकै मगर बाहुन्यता रहेको स्थानहरुमा मनाउनुपर्ने भएपनि विशेषगरि रुकुम र रोल्पाका मगरहरुले विशेष महत्वका साथ भुमिको पुजा आरधाना गरि मनाउदै आईरहेका छन् । यो पर्व बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमी माताको असार मसान्तमा पूजा गरी करिब हप्ता… पुरा पढौ

नेप्से परिसूचकको पहिरो रोकिएन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक डेढ वर्ष पहिलेको अवस्थामा आइपुगेको छ । मङ्गलबार भएको कारोबारपछि नेप्से परिसूचक न्यून बिन्दुमा ओर्लेको हो ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६।०८ अङ्कले ओरालो लागेर एक हजार ९९६।२५ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६।४८ अङ्कले ओरालो लागेर ३८३।५१ मा ओर्लिएको छ । कूल २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर रु एक अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ मूल्यमा खरिद बिक्री… पुरा पढौ

सातवटै प्रदेशमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गरिने

काठमाडौँ । नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र कागज अभावका कारण यस शैक्षिकसत्रका लागि निःशुल्क पाठ्यपुस्तक छपाइ तथा वितरण पर्याप्त हुन नसकेको सन्दर्भमा पाठ्यपुस्तक पुग्न नसकी पढाइमा सहजताका लागि सामग्री उपलब्ध गराउने गरी सरकारले वैकल्पिक व्यवस्था पनि गर्दै आएको छ । शैक्षिक सत्र २०७९ मा विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको सरकारी स्वामित्वको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट… पुरा पढौ

फस्टाउँदै ‘ड्रागन फ्रुट’

तुलसीपुर। लामो समय राजनीति गर्नुभएका पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिले कृषि खेतीमा रमाएका छन् । उनले लगाउनुभएको ‘ड्रागन फ्रुट’ अहिले राम्रोसँग फस्टाउँदै गएको छ । ‘सूर्यमुखी’ झै सूर्यतिर फर्किएका ड्रागन फूल हेरेर अहिले उनी खुशी छन् । ड्रागन फ्रुटलाई रातको रानी भनेर पनि चिनिन्छ । किनकी राति नै ड्रागन फ्रुट फुल्ने गर्छ । त्यो फूल लामो समय रहदैन । सोमबार बिहान फुलेको त्यो फूल मङ्गलबार बिहानसम्म ओइलिसक्छ ।यो वर्ष विगतका वर्ष भन्दा बढी नै फूलेको छ । जहाँ फल लागेको हुन्छ्,… पुरा पढौ

अव विमानस्थलमा यात्रुले नाकमुख छोप्न पर्दैन् :मन्त्री आले

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबका दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने भन्दै विमानस्थललाई सफाइको नमूना बनाउने बताएका छन् । काठमाडौँ विमानस्थलमा कार्यरत निजी क्षेत्रका १५२ जना सरसफाइसम्बन्धी कामदार तथा कर्मचारीलाई दिइएको दुइ हप्ते अन्तर्राष्ट्रिय स्तरको सफाइ प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै मन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकहरु आउँदा फोहरका कारण अब नाक छोप्नुपर्ने अवस्था नहुने बताएका हुन् । विमानस्थलमा सरसफाइसम्बन्धी टेन्डर गर्दा प्रत्येक वर्ष ठेकेदार फेरिने तर सरसफाइ कर्मचारी उही रहने… पुरा पढौ