समाचार

सबै ठूला सहरमा वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशभरका ठूला सहरहरुमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने भएको छ । सहरी विकास मन्त्रालयले यसो गर्दा ८० प्रतिशत फोहर स्रोतमा नै व्यवस्थित हुने भन्दै नगरपालिकाहरुसँगको सहकार्यमा यसलाई अघि बढाउन लागेको हो । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत आफ्नो मन्त्रालयमाथि उठेका जिज्ञासाको जवाफ दिँदै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ठूला सहरहरुमा फोहरमैला व्यवस्थापन समस्याका रुपमा रहेको बताए । व्यक्तिले फोहर गरेपछि त्यसको विसर्जन पनि सम्बन्धितकै पैसाबाट गर्ने भएपछि स्रोतमा वर्गीकरण हुने उनले बताए… पुरा पढौ

गण्डकी सरकारले विपद तथा आपतकालिन उद्दार गर्ने

पोखरा । गण्डकी प्रदेशले विपद तथा आपतकालिन उद्दारका लागि आवश्यक बजेट उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९–८० को लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन । उनले क्यानोनिङ, क्यानोपिङ लगायतका साहासिक पर्यटनको विस्तार गरिने बताए । साथै पोखराको प्याराग्लाइडिङ विकल्पको खोजी गरिने बताए । पुरा पढौ

शारीरिक यातनाबाट महिलाको मृत्यु

चितवन। बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ घर भई हाल राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । काठमाडौँबाट चितवन राप्ती नगरपालिका–१ पिप्ले भाउजूको घर आएकी २७ वर्षिया महिला बाटो अलमलमा परेको बेला घलानले भाउजूको घर पु¥याइदिन्छु भनेर उनलाई बन्धक बनाएको प्रहरीले… पुरा पढौ

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै

पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷ ०८० को लागि आज प्रदशका अर्थमन्त्री रामजी प्रसाद बरालले बजेट प्रस्तुत गर्दै छन् । बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ ले बजेट प्रस्तुत गरिरहेका छन् । गण्डकी सरकारले चुनाव केन्द्रित र सत्ता गठबन्धनको योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको जनाएका छन् । पुरा पढौ

सहमति बिना कुनै पनि सम्झौता हुँदैन ः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा आज सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा उनले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिए भने पनि आफूले नमान्ने स्पष्ट पारेका हुन्। शीर्ष नेताबीचको छलफलबारे राससलाई जानकारी दिँदै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमति नभई प्रधानमन्त्री देउवाले कुनै पनि सम्झौता गर्न नहुने जानकारी दिए । संयुक्त राज्य अमेरिकासँग हुने भनिएको स्टेट… पुरा पढौ

नाइजर आक्रमणमा परी आठ सिपाही मारिए

सशस्त्र लडाकूहरूले बुर्किना फासोसँगको नाइजरको सीमानजिकै आतङ्कवादी आक्रमणमा आठ सिपाहीको हत्या हुनुको साथै ३३ जना घाइते भएका नाइजेरियाली सरकारले मङ्गलबार जनाएको छ ।मोटरसाइकल र अन्य सवारी साधनमा सवार रहेका सशस्त्र आतंककारीहरूले मङ्गलबार बिहान करिब ०५ः३० बजे दक्षिणपश्चिमी नाइजरको वाराउमा नजिकैका गाउँहरूमा सुरक्षा अभियान गरिरहेको बेलामा आक्रमण गरेका रक्षा मन्त्रालयद्वारा एक विज्ञप्तिमा जनाइएको छ । यद्यपी आतङ्ककारी आक्रमणपछिको सुरक्षा कारबाहीमा करिब ५० आतङ्कवादी मारिनु्को साथै अन्य छ जना गम्भीर घाइते भएका मन्त्रालयले जानकारी दिएको छ ।नाइजेरियाली सेनाले आतङ्ककारीविरुद्ध गरेको कारबाहीको क्रममा… पुरा पढौ

आगलागी हुँदा आठको मृत्यु

तेहरानको बाहिरी इलाकामा जन्मदिनको भोज आयोजना गरिएको एक रेस्टुरेन्टमा भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ । धुवाँबाट निसास्सिएर चार बालबालिकासहित आठ जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले बुधबार जानकारी दिएको हो । राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी भएको सरकारी समाचार संस्था इर्नाले जनाएको छ । सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएको तेहरान प्रान्त रेड क्रिaसेन्टका अधिकारी शाहिन फाथीले समाचार इर्नालाई बताएका छन् ।रासस पुरा पढौ

बाँकेमा सिकलसेलका बिरामी बढ्दै

नेपालगञ्ज। पछिल्लो समय बाँके जिल्लाका थारू सुमदायमा देखिएको सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । उपचारार्थ भेरी अस्पताल, नेपालगञ्ज आउने बिरामीको पनि चाप बढ्न थालेको अस्पतालले जनाएको छ । यस्ता बिरामीलाई रु एक लाखसम्म निःशुल्क उपचार गर्ने सरकारको नीति छ तर एउटा बिरामीका लागि सो रकम अपुग भएको अस्पतालका चिकित्सकले जनाएका छन् । अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले प्रतिदिन सरदर २०० सिकलसेलका बिरामी उपचारका लागि आएको जानकारी दिँदै रोग पहिचानका लागि थारू समुदायका बस्तीमा स्वास्थ्य कार्यालयमार्फत शिविरसमेत सञ्चालन… पुरा पढौ

ढुवानी भाडा कार्यान्वयन गर्न माग

नेपालगञ्ज। बाँकेका ट्रक व्यवसायीहरुले आफ्नो व्यवसाय धराशयी भएको जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवसायीले सरकारकै कारण आफूहरु व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको आरोप लगाउँदै सरकारले निर्धारण गरेको ढुवानी भाडा कार्यान्वयन गर्न आग्रह समेत गरेका छन् ।नेपालगञ्ज ट्रक व्यवसायी समितिका अध्यक्ष महेन्द्र मल्लले सरकारले व्यवसायीको सवालमा नीति बनाउन नसक्नाले र बनाएका नीति पनि कार्यान्वयन नभएकाले ट्रक व्यवासायीहरु पलायन हुने अवस्था रहेको बताए । सरकारका करण व्यवसायीले आफ्ना ढुवानीका साधन थन्क्याउनुपर्ने अवस्थामा पुगेको उल्लेख गर्दै उनले जायजेथा राखेर गरिएको व्यवसाय आज… पुरा पढौ

‘बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्थाले अपराध बढाउने काम भइराछ’ : मन्त्री कोइराला

काठमाण्डौं । नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालले बताएका छन् । बुधबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री कोइरालले यसलाई पुनरावलोकनाका लागि गृहकार्य थालिसकेको बताए । २० वर्ष पुगेपछिमात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको भन्दै उनले यस्लाई पुनरावलोकनको गृहकार्य थालेको बताएका हुन् । उनले भने, ‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ । बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन,’… पुरा पढौ