समाचार

कामको भारमा बालबालिका

बझाङ। यहाँका १६ वर्षीय लोकेश सिंह १० कक्षामा पढ्छन् । उनका भाइ अविशेक अहिले १३ वर्षका भए उनी ६ कक्षामा अध्ययनरत छन् । जेठको पहिलो हप्ताबाट उनीहरूकोे विद्यालय चलिरहे पनि उनीहरूलाई भने विद्यालय र पढाइभन्दा खेतीपाती लगाउने कामको चिन्ता र चटारो छ । लोकेशका बाबु लखन छ महिनाअघि कामको खोजीमा भारत हिँडेपछि उनीहरूमाथि खेतीपातीलगायत घरको कामको सम्पूर्ण जिम्मा थोपरिएको हो । अहिले उनको घरमा आमा र दुई भाइमात्र छन् । महिलाले हलो जोत्नेलगायतका खेतीपातीका काम गर्ने चलन नभएका कारण उनीहरुलाई… पुरा पढौ

‘काठमाडौँमा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसक्यो’

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद डा भीमबहादुर रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताउनुभएको छ ।उहाँले फोहर व्यवस्थापनको विषयलाई महानगरको टाउकामा थोपरेर सरकारले दायित्वबाट पन्छिन नहुने बताए । उनले जनताको स्वास्थ्यमा खेलवाड नगर्न पनि अनुरोध गरे । सांसद रावलले काठमाडौँको फोहर सफा गरेर देखाउन सरकारको ध्यानाकर्षण गराए । उनले अर्थ मन्त्रालयसँगको शीर्षकमाथि प्रश्न राख्दै संसारमा असफल भइसकेको नवउदारवाद र पूँजीकरणको बाटोमा राज्य हिँडिरहेको भन्दै आलोचना गरे ।पूर्वमन्त्री रावलले… पुरा पढौ

नाइजेरियाको चर्चमा भएको हमलामा परी ज्यान जानेको संख्या ४० पुग्यो

नाइजेरियाको एक चर्चमा यसै हप्ता भएको हिंसात्मक हमलामा परेर ज्यान जाने नागरिकको सङ्ख्या कम्तीमा पनि ४० पुगेको छ । यहाँका सुरक्षा अधिकारीहरुले बुधबार सो कुराको जानकारी दिएका हुन् । नाइजेरियाको आन्डो राज्यको एक चर्चमा बम विस्फोट गराउनुका साथै गोली प्रहार गरेर ती व्यक्तिको हत्या गरिएको थियो ।ओन्डो राज्यका गभर्नर आरकुनरिन रोटिमीले बुधबार दिएको जानकारीअनुसार सो हमलामा परेर अरु ६१ जना घाइते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले अझै अस्पतालमा नै भर्ना गरिएको छ ।ओयो सहरस्थित सो चर्चमा पहिले… पुरा पढौ

दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित घट्दै

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या पछिल्ला केही दिनयता घटेको बताएका छन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा १२ हजार १६१ जनामा यो सङ्क्रमण देखिएको छ । यसअघि अघिल्लो दिन यहाँ १३ हजार ९०० भन्दा केही बढी देखिएका सङ्क्रमितहरु सोमबार गएको २४ घन्टायता घटेका हुन् ।तर यहाँ अघिल्लो हप्तामा भने ९ हजारको हाराहारीमा सङ्क्रमित रहेकामा यो हप्ता केही बढेको देखिएको हो । यहाँ बुधबारसम्ममा १ करोड ८२ लाख जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको… पुरा पढौ

भाँचिएको पुल मर्मत नहुँदा सुन्दरपुरवासीलाई समस्या

उदयपुर। भाँचिएको पुल मर्मत नहुँदा वर्षा लागेसँगै त्रियुगा नदीको बहाव बढ्न थालेपछि सुन्दरपुर र बेलही क्षेत्रका बासिन्दालाई त्रियुगा नदी आवत्जावत् गर्न सास्ती भोग्नु परेको छ ।सुन्दरपुर र बेलही जोड्ने चौदण्डीगढी नगरपालिका– ५ सिवाइस्थित त्रियुगा नदीको पुल गतवर्ष असार महिनामा भाँचिएपछि अहिलेसम्म मर्मत हुन सकेको छैन । एक वर्ष अगाडि त्रियुगाको बाढीका कारण भाँचिएको पुलको पिलर अहिलेसम्म पनि पुनःनिर्माण नभएपछि वर्षा लागेसँगै त्रियुगा नदीमा पानीको बहाव बढेका कारण स्थानीयवासीलार्ई आवतजावत गर्न कठिन भएकोे बेलहीका बासिन्दा अनुप चौधरी बताए । पौडीखेल्न नसक्ने… पुरा पढौ

बस्ती जोगाउन तटबन्ध

गलेश्वर। म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका–२ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना अन्तर्गत म्याग्दी नदी किनारामा ग्याबिन जाली लगाउने काम बर्खा सुरु भएपछि बल्ल सुरु भएको छ । हिउँदमा सुरु भएर अहिलेसम्म सम्पन्न भइसक्नुपर्ने नदी कटानबाट जोगाउन बस्ती संरक्षणका लागि तटबन्धको काम बर्खालागेपछि बल्ल सुरु भएको हो । बर्खा सुरु हुनै लाग्दा थालिएको योजनाले पूर्णता नपाउने, बाढीले क्षति गर्ने, लगानी खेर जाने र जोखिम बढ्ने चुनौती देखिएको छ । खानेपानी, सरसफाइ तथा सिञ्चाइ डिभिजन कार्यालय म्याग्दीले यसवर्ष… पुरा पढौ

नवलपुरमा विपद् व्यवस्थापन अभ्यास

कावासोती। नवलपरासीपूर्व नवलपुरमा विपद् व्यवस्थापन अभ्यास गरिएको छ । वर्षायाम सुरु हुनै लाग्दा वर्षाका कारण हुनसक्ने विपद्का घटनामा कसरी उद्धार तथा व्यवस्थापन गर्ने भनेर आज कृत्रिम अभ्यास गरिएको हो ।जिल्ला प्रशासन कार्यालयको आयोजना र श्री नं २ वन तथा पर्यावरण सुरक्षा गणको संयोजनमा भएको कार्यक्रममा तीनवटा घटनामा अभ्यास गरिएको थियो । वर्षाको समयमा बाढीमा मानिस बगाए, डुबान क्षेत्रमा मानिस घेरिए कसरी उद्धार गर्ने तथा पहिराका घटना हुँदा त्यसमा फसेका मानिसको उद्धार तथा व्यवस्थापन कसरी गर्ने भन्ने अभ्यास गरिएको प्रमुख जिल्ला… पुरा पढौ

अनुमतिपत्रबिना इन्टरनेट सेवा सचालन नगर्न आग्रह

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो । पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ । अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने जनाउँदै प्राधिकरणले… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सुचारु भएको हो । इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । बुधबार राति ११ः१५ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२ः०५ बजेबाट सञ्चालनमा आएको हो । यस्तै नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान ११ः५० बजे पन्छाइएको हो । रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।रासस पुरा पढौ

खेतीयोग्य जमिनका रुख कटान गरिने

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका भित्रका खेतीयोग्य जमिनमा रहेका रुख कटान गर्ने भएको छ । अन्न उब्जनी हुने जग्गामा रहेका रुखका कारण उत्पादनमा कमी आएकाले कटान गर्न लागिएको हो । “किसानले खेती गर्न छोडेकाले खेतीयोग्य जमिन बाँझोमा परिणत हुनबाट जोगाउन रुख कटान गर्न लागिएको हो”, उपप्रमुख ज्योति लामिछानेले भने । बाँझो जमिन सदुपयोग गर्न तथा खेती गरिरहेको जमिनमा रहेका रुखबिरुवा हटाउने नगरपालिकाले कार्यविधि बनाउने निर्णय गरेको थियो । धान, मकै, कोदोलगायत रैथानीवाली लोप हुने अवस्थामा पुगेकाले कार्यविधिमार्फत समस्या समाधान… पुरा पढौ