समाचार

चीन र अमेरिकी रक्षामन्त्री बीच सिङ्गापुरमा भेट हुने

संयुक्त राज्य अमेरिका र चीनका रक्षामन्त्रीहरू बीच शुक्रबार सिङ्गापुरमा साङ्ग्रि–ला संवाद सुरक्षा शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।चिनियाँ रक्षामन्त्री वेइ फेङ्गे र अमेरिकी रक्षामन्त्री लोयड अस्टिन बीच हुने उक्त वार्ता अस्टिनले पदभार ग्रहण गरेपछि पहिलो पटक हुँदैछ। विश्वका शीर्ष सैन्य अधिकारीहरू, कूटनीतिज्ञहरू र हतियार फर्महरूको लागि एक मञ्च, साङ्ग्रि–ला संवाद जुन १० देखि १२ सम्म दक्षिणपूर्वी एसियाली शहरमा आयोजना हुँदैछ।कोभिड–१९ महामारीका कारण दुई पटक स्थगित भएपछि सन् २०१९ यता पहिलो पटक सो कार्यक्रम आयोजना गरिदैछ।… पुरा पढौ

भारतमा कोरोना संक्रमितको संख्या बढ्ढो, थप सात हजार ५८४ सङ्क्रमित

भारतमा बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप सात हजार ५८४ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार २६७ रहेका छन् । यो कुल सङ्क्रमितको०.०८ प्रतिशत भएको जनाइएको छ । हिजो कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका थिए । बिहीबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा तीन हजार ७९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४४ हजार ९२… पुरा पढौ

प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजी तेलीलाई पक्रन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । उनले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएको थियो ।रासस पुरा पढौ

महिलाहरूद्वारा अधिकार उल्लङ्घन विरुद्ध प्रदर्शन

अफगानिस्तानका महिलाहरूको एउटा समूहले बिहीबार काबुलमा तालिबानले उनीहरूको अधिकारको उल्लङ्घन गर्दै सरकारी संस्थाहरूबाट महिलाहरूलाई हटाएकोमा विरोध प्रदर्शन गरेको छ। समूहले ूअफगानिस्तानको महिला निजामती सेवा रोजगारू को ब्यानरसहित विरोध प्रदर्शन गर्दै तालिबानलाई महिलाहरूलाई काममा फर्कन अनुमति दिन आग्रह गरेको टोलो न्युजले उल्लेख गरेको छ । कामचलाउ सरकारका पदाधिकारीले सरकारी संस्थामा महिलालाई काम गर्न दिने वा नदिने भन्ने निर्णय आफूले गर्ने बारम्बार बताउँदै आए पनि उनीहरूको भविष्य अझै स्पष्ट हुन सकेको छैन ।ूमहिला कर्मचारीहरू जसको काम घटाइएको छ वा बदलिएको छ (… पुरा पढौ

अझै बलेन बिजुली

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ खटेनमा वायरिङ गरेको दुई वर्षसम्म पनि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छैन । बिजुली बल्ने आशामा वायरिङ गरेका खटेनवासी निरास भएका छन् । विद्युतीकरणका लागि गाउँमा लगिएका सामग्री अलपत्र परेका छन् । मालिका गाउँपालिका–३ का अध्यक्ष मोतिप्रसाद बुढाले विद्युतीकरणमा भएको ढिलाइ र सामग्री अलपत्र परेको विषयमा नेपाल विद्युत् प्राधिकरणको बेनीस्थित कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको बताए ।खटेनका १५० घरधुरीमा विद्युतीकरणका लागि तयारी छन् । वडाध्यक्ष बुढाका अनुसार मिटरबक्स जडान र लाइन जडान गरेमा ती घरधुरीमा बिजुली बल्छ… पुरा पढौ

पोखरा महानगरको ३ दिने ढल तथा नाला सफाइ अभियान

पोखरा । पोखरामा शुक्रबारबाट ढल र नाला सफाइ अभियान सुरु भएको भएको छ । महानगरका मेयर आचार्यको सक्रियतामा सडक विभाग र पोखरा महानगरपालिकाले संयुक्त रूपमा ढल सफा गर्ने अभियान सुरु गरिएको हो । ३ दिनसम्म चल्ने यो अभियानमा साथ दिन संघ, संस्था र नगरवासीलाई मेयर आचार्यले आह्वान गरेका छन् । पोलिथिनजन्य पदार्थबाट भएको फोहोरका कारणले अत्यधिक वर्षाका बेला ढल बन्द हुनुका साथै बाटोमा पानी बग्दा दुर्घटनासमेत हुने गरेको छ । अभियान शुक्रबार बिहान ७ बजे पोखराको पृथ्वीचोक स्थित ट्राफिक प्रहरी… पुरा पढौ

हत्या, हिंसा र बलात्कारका घटनामा सरकारको ध्यानाकर्षण

सांसदहरुले हत्याहिंसा बलात्कारका घटना बढिरहेकाले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसदहरुले दैनिक हत्या, हिंसा र बलात्कारका घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद दुर्गा पौडेलले विनियोजन विधेयक–२०७९ अन्तर्गतको परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै अहिले पनि हत्या लुट बढ्दै गइरहेको भन्दै त्यसलाई रोक्न सरकार असफल भएको बताए । उनले हत्या, हिंसा र बलात्कारका घटनामा सरकारले गम्भीर ढङ्गले… पुरा पढौ

टेलिकमका चार हजार कर्मचारी प्रतिनिधि सञ्चालक सदस्य चुन्दै

नेपाल टेलिकमको कर्मचारी प्रतिनिधि सञ्चालक समिति सदस्यको निर्वाचनका लागि आज मतदान भइरहेको छ । कर्मचारी प्रतिनिधि सञ्चालक छनोटका लागि भएको निर्वाचनमा विभिन्न कर्मचारी सङ्गठन र कर्मचारीकातर्फबाट प्रतिनिधित्व गर्दै आठ जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा वीरेन्द्रलाल जोशी, बृजेश शर्मा, भावेशकुमार कर्ण, यादवप्रसाद पनेरु, रञ्जित लोहिया, शङ्कर लामिछाने, सुनिलकुमार मिश्र र सुभास साहले उम्मेदवारी दिनुभएको छ । लामिछानेलाई नेपाल टेलिकम वर्कस युनियनको समर्थन रहेको छ भने पनेरुलाई नेपाल दुरसञ्चार कर्मचारी सङ्घको समर्थन रहेको छ । तीन हजार ८०० भन्दा बढी कर्मचारी… पुरा पढौ

जिप दुर्घटना हुँदा दुईको मृत्यु

जाजरकोट। जिल्लाको जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य नौ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था समान्य रहेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिनुभयो ।सुर्खेतबाट जुनीचाँदे केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च०३४१ नंको जिप वडा नं ५ को गर्खाकोट ९वेलपुइना० भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिपमा ११ जना सवार रहेका थिए ।घाइतेहरूको अवस्था गम्भीर रहेकाले… पुरा पढौ

आज मध्यरातदेखि ३६४ मेगावाट विद्युत् भारत जाने

काठमाडौँ, २७ जेठ ९रासस० स् भारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ । अघिल्ला वर्षमा वर्षाको समयमा जडित क्षमताअनुसार नै बिजुली उत्पादन हुँदा खेर जाने गरेको थियो । गत मनसुनमा मात्रै ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो । त्यसको बजार मूल्यमा हिसाब गर्दा रु पाँच अर्ब बराबर थियो ।यस वर्ष भने प्राधिकरणले त्यो समस्या भोग्नुपरेको छैन । सरकारको सार्थक प्रयासका कारण यस वर्ष प्राधिकरणले बिजुली जगेडामा राख्नुपरेको छैन । आफ्ना विद्युत् उत्पादनगृह बन्द गरेर निजी क्षेत्रको… पुरा पढौ