समाचार

मलखाद र बीउबिजन उपलब्ध गराउन माग

विभिन्न किसान सङ्गठनले मलखाद र बीउबिजनको समस्या झेलिरहेका किसानलाई तत्काल मलखाद र बीउबिजन उपलब्ध गराउन माग गरेका छन् । अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्र, अखिल नेपाल किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल प्रगतिशील किसान सङ्घ र अखिल नेपाल किसान युनियनले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी कार्यक्रम तर्जुमा गर्न सरकारसमक्ष माग गरेका हुन् । बदलिएको विश्व परिस्थितिलाई मध्यनजर गर्न आग्रह गर्दै मुलुकबाट अत्यावश्यक… पुरा पढौ

रगत सङ्कलन अभियान

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा पछिल्लो पटक मागको अनुपातमा रगत अभाव देखिन थालेपछि यसको माग सहज गर्न सङ्कलन अभियान थालिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रमा हरेक समूहको रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घ संस्थाको सहकार्यमा रक्तदानमार्फत सङ्कलन अभियान थालिएको हो । केन्द्रमा मौज्दात रगत सकिँदा जटिल र गम्भीर रोगका बिरामीको उपचारमा समस्या देखिन थालेपछि यस्तो रगत सङ्कलन अभियान थालिएको छ । वीरगञ्जमा मात्रै दैनिक ४० देखि ५० पिन्टसम्म रगतको माग भएको देखिन्छ । अहिले… पुरा पढौ

ग्रामीण सडक व्यवस्थित नहुँदा नागरिकलाई सास्ती

उदयपुर । उदयपुरको पहाडी क्षेत्रका पालिका तथा गाउँ जोड्ने ग्रामीण सडक अहिलेसम्म पनि ब्यवस्थित नहुँदा बर्षायाममा स्थानीयले निकै सास्ती खेप्नुपरेको छ । बर्षौँदेखि उही अवस्थामा रहेका ती सडक ग्राभेलिङ, कालोपत्र हुन नसक्दा वर्षायाम सुरु भएसँगै पुनःग्रामीण भेगका नागरिकले दुःखकष्ट भोग्न परेको हो ।जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, बराह, ताम्लीछा, बासबोटे, माझखर्क तथा जाँते जोड्ने ग्रामीण सडक अहिलेसम्म पनि व्यवस्थित हुन सेकका छैनन् । यस क्षेत्रमा वर्षायाममा पानी पर्नासाथ सडक भत्कने अव्यविस्थत हुँदा यातायात सञ्चालनमा समस्या हुन थालेको यस क्षेत्रका… पुरा पढौ

भीषण वर्षाबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो

ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । व्यापक वर्षाका कारण आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको र अझै बेपत्ता हुनेको सङ्ख्या ५६ रहेको आइतबार स्थानीय अधिकारीले जानकारी दिएका छन् । बाढी र पहिरोबाट प्रभावित व्यक्तिको उद्धारमा करिब चार हजार उद्धारकर्मी खटाइएको छ । उत्तरपूर्वी पर्नाम्बुको राज्यको राजधानी रेसिफ शहर सबैभन्दा बढी प्रभावित भएको छ । उक्त सहरमा मात्र ३० भन्दा बढी मानिसको मृत्यु भएको प्रहरीले… पुरा पढौ

भवन भत्कँदा २९ जनाको मृत्यु, ३८ हराए

इरानको राजधानी तेहरानमा एक भवन भत्कँँदा त्यसमा परेर कम्तीमा पनि २९ जनाको ज्यान गएको बताइएको छ ।साथै सो भत्किएको भवनमा अरु कम्तीमा पनि ३८ जना पुरिएको आशंका गरिएको छ । ती ३८ जना हराइरहेका प्रारम्भिक सूचनामा जनाइएको छ । आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् । त्यहाँको तासनिम समाचार समितिले दिएको समाचार अनुसार सो भवनमा परेकाहरुको उद्धारको कार्य भने जारी रहेको छ । इरानको खुजृस्तान प्रान्तका गभर्नर सादिक खालियानले दिएको जानकारीअनुसार सो… पुरा पढौ

नवलपुरमा बजेटः सुरुङमार्गदेखि ट्रमा सेन्टरसम्म

नवलपुर । सरकारले आगामी वर्षको बजेटमार्फत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर स्थापनासम्मका लागि बजेट व्यवस्था गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९÷८० का लागि अनुमानित आयव्यय विवरण प्रस्तुत गर्दै नवलपुरमा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर स्थापनासम्मका विभिन्न योजना प्रस्तुत गरेका हुन् ।पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को दुम्कीबासबाट नवलपरासी ९बर्दघाट–सुस्तापश्चिम०को बर्दघाटसम्म सुरुङ मार्गका लागि अध्ययन गरिने कुरा बजेटमा उल्लेख छ । दुम्कीबास–बर्दघाटसहित अन्य राजमार्गको सुरुङ मार्ग विस्तारका लागि रु एक अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ… पुरा पढौ

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार विनोद पहाडीलाई दिइने

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गर्ने निर्णय गरिएको छ । विसं २०६४–६९ सम्म संविधानसभा सदस्यसमेत रहनुभएका अधिकारकर्मी एवं सञ्चारकर्मी पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायका क्षेत्रमा गर्नुभएको उल्लेखनीय योगदानका लागि शान्ति समाजले पुरस्कृत गर्ने निर्णय गरेको सभापति गोविन्द खनालले राससलाई जानकारी दिए। विसं २०७९ मङ्सिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजना गरिने कार्यक्रममा रु एक लाख १० हजार नगद पुरस्कार राशि र सम्मानपत्रसहित पहाडीलाई पुरस्कृत गरिने समाजले जनाएको छ । तीन दशक… पुरा पढौ

दुर्घटनाग्रस्त तारा एयरमा अपडेट: १४ जनाको शव फेला, पहिचान हुन बाँकी

पोखरा । दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ । अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो । तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ । पुरा पढौ

बलेवा विमानस्थल स्तरोन्नतिसँगै सञ्चालनमा ल्याइने

बागलुङ । बागलुङको बलेवा विमानस्थललाई सरकारले प्राथमिकताका साथ स्तरोन्नति गर्ने भएको छ । बन्द अवस्थामा रहेको विमानस्थल स्तरोन्नतिका लागि सरकारले बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ । अर्थमन्त्री जनार्दश शर्माले आइतबार संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा बागलुङको बलेवा विमानस्थललाई थप स्तरोन्नति गरी सञ्चालनमा ल्याइने बताएका छन् । ग्रामीण क्षेत्रबाट गुणस्तरीय हवाई सेवा दिने उद्देश्यले बन्द अवस्थामा रहेको विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने सरकारले घोषणा गरे अनुसार बलेवा विमानस्थल स्तरोननतिसँगै सञ्चालनमा ल्याइने जनाइएको छ ।… पुरा पढौ

मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौ । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरिसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभाव अझै केही दिन कायम… पुरा पढौ