पोखरा, जेठ १५ सरकारले चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउने भएको छ । सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज बजेट प्रस्तुत गर्दै लगानी बोर्डमार्फत चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउने बताएका हुन् । यो द्रुतमार्ग नीजि क्षेत्रमार्फत बनाइने उनले स्पष्ट पारे । त्यस्तै, नीजि क्षेत्रबाटै चितवन–रामपुर–बुटवल द्रुतमार्गपनि बनाइने उनले उल्लेख गरे । यसैगरी, सरकारी लगानीमा काठमाडौं–चितवन द्रुत मार्ग बनाइने बताए । काठमाडौं र चितवनलाई १ घण्टामा जोड्ने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ–चितवन द्रुतमार्ग बनाउने घोषणा गरे । तीन वटै द्रुतमार्ग चितवनलाई केन्द्रविन्दु बनाएर बनाइने उल्लेख छ ।
पुरा पढौ