समाचार

राज्यारोहणका ७ दशक भव्यरुपमा मनाइँदै

महारानी एलिजावेथ द्वितीयले मुलुकको सिंहासन सम्हालेको ७० वर्षको उपलक्ष्यमा ४ दिनसम्म त्यहाँ विविध कार्यक्रम आयोजना गरिने भएको छ। महारानीको ७ दशक लामो शासनकाल भव्यरुपमा मनाउन सैनिक परेड, प्रार्थना, विविध साङ्गीतिक कार्यक्रमलगायत समारोह हुनेछन्। यसै साता वकिङघम राजाप्रासदको बार्दलीमा आएर महारानी एलिजावेथले देशवासीलाई अभिवादन गर्नेछिन्। वयोवृद्ध महारानीको बार्दलीमा हुने उपस्थितिले ७ दशकको परिवर्तन पछि पनि राजपरिवार बेलायतमा अझै सान्दर्भिक रहेको पुष्टि गर्नेछ। महारानीलाई हेर्न मध्यलण्डनमा धेरैभन्दा धेरै नागरिक उपस्थित हुने अपेक्षा गरिएको छ। बेलायती नागरिकको त्यो उपस्थितिले राजतन्त्र मतपेटिकाबाट निर्वाचित नभएको… पुरा पढौ

गुजरातले जित्यो आईपीएल क्रिकेटको उपाधि

नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग –आइपीएल) क्रिकेटको उपाधि जितेको छ। गएराति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो। राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टाएको थियो। गुजरातका लागि सुबमन गिलले सर्वाधिक ४५ रन बनाए। त्यस्तै, कप्तान हार्दिक पाण्डेले ३४, डेभिड मिलरले ३२ रन बनाए। राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १/१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट… पुरा पढौ

हराएको तारा एअरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

आइतबारदेखि हराएको तारा एअरको नाइन एनएइटी विमान दुर्घटना अवस्थामा फेला परेको छ। थासाङको मानापाथी हिमालको फेदिस्थित सानोसरे भन्ने स्थानमा दुर्घटना अवस्थामा फेला परेको स्थानीयले सुचना दिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्। दुर्घटनाग्रस्त जहाजको अवस्था बुझ्न फिस्टेलको हेली त्यसतर्फ गएको शर्माले जनाए। स्थानीयले सूचना दिएपछि त्यसतर्फ सेना, सशस्त्र र प्रहरीको टोली त्यसतर्फ गइसकेको शर्माले बताए। शर्माका अनुसार जहाज पूर्ण रुपमा क्षतिग्रस्त भएको र जहाजका सामान छरपस्ट रुपमा पहाडमा छरिएको छ। थासाङको मानापाथी हिमालको फेदी नजिकै याकखर्कमा यार्सा… पुरा पढौ

अब प्यान नम्बर पनि अनिवार्य

सरकारले व्यक्तिगत स्थायी लेखा नम्बरलाई अनिवार्य बनाएको छ। करको दायरा विस्तार गर्न भन्दै सरकारले अब नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गर्दाकै बखत व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) प्रदान गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइने व्यवस्था आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख छ। नाबालिकहरुको हकमा जन्मदर्ताका आधारमा पनि पान लिन पाउनेछन्। त्यस्तै, विदेशी कामदार र सवारी साधन किन्नेहरुका लागि पनि पान अनिवार्य गरिएको छ। पुरा पढौ

कक्षा १२ को परीक्षा आजदेखि सुरु

कक्षा १२ परीक्षा आज (सोमबार) देखि सुरु हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि एक साथ सुरु हुने परीक्षा बोर्डले जनाएको छ। यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डले यसअघि नै सूचना जारी गरी परिक्षा समय परिवर्तन गरेको जनाएको थियो। विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको हो। बोर्डका अनुसार यस वर्ष करिब ४ लाख १५ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन्। परीक्षा जेठ २५ गतेसम्म सञ्चालन हुनेछ… पुरा पढौ

तारा एयरको जहाज भेटिएको स्थानमा उद्धारका लागि ६ जनाको शेर्पा टोली पठाइयाे

पोखरा । पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज भेटिएको भनिएको स्थानमा पुग्न शेर्पा टोली (हिमाली क्षेत्रका आरोही) लाई पठाइएको छ । पोखरा विमानस्थलबाट कैलास एयर र डाइनेस्टिकको हेलिकोप्टरले आइतबार साँझ दुर्घटना लोकेट (पहिचान) स्थान भएको स्थान नजिक थासाङ गाउँपालिका वडा नम्बर २, नाउरीकोट माथि उनीहरुलाई छोडेर फर्केको छ । टोलीमा ६ जना शेर्पा छन् । दुर्घटना लोकेट भएको स्थानभन्दा उनीहरुलाई पैदल यात्रामा ३/४ घण्टा टाढा छोडिएको हो । आरोहीहरु आइतबार राति नै सकेसम्म दुर्घटना भएको भनिएको स्थानमा जाने छन् ।… पुरा पढौ

अव ६८ वर्षदेखि वृद्धभत्ता पाइने

काठमाण्डौं । सरकारले आर्थिक वर्ष २०७९८० को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०मा सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको आगामी आवको बजेटमा यसअघि ७० वर्षदेखि वृद्धभत्ता पाउने व्यवस्थालाई संशोधन गर्दै ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको उल्लेख छ । सामाजिक सुरक्षाअन्तर्गत वृद्धवृद्धाहरूले मासिक रु चार हजार पाउँदै आएका छन् । अर्थमन्त्री शर्माले सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्ने व्यक्तिलाई सरकारले सम्मान गर्ने बताए । रासस पुरा पढौ

स्वच्छ खानेपानीका लागि रु ३७ अर्ब ३५ करोड बजेट

काठमाण्डौं । सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा देशभर स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षमा मेलम्चीको पानी पथान्तरणका लागि स्थायी एवं भरपर्दो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ ।गत आवमै मेलम्चीको पानी राजधानीमा आइपुगे पनि अझै भरपर्दो पथान्तरणको व्यवस्था नहुँदा स्थायीरूपमा काठमाडौँमा पानी आपूर्ति हुनसकेको छैन । हेडवक्र्सको काम नसकिँदा वर्षायामसँगै… पुरा पढौ

जोन्टा क्लव अफ पोखराको अध्यक्षमा मोनिका, उपाध्यक्षमा रोजिना

पोखरा, जेठ १५ जोन्टा क्लव अफ पोखराको अध्यक्षमा मोनिका थापा चयन भएकी छन् । क्लवको दोश्रो साधारण सभा तथा पहिलो अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो । क्लवको निवर्तमान अध्यक्षमा लिना श्रेष्ठ गोशली, उपाध्यक्षमा रोजिना रञ्जित बिजुक्छे, सचिवमा निलिशा केसी र सल्लाहकारमा अञ्जना तझ्या चयन भएका छन् । क्लवको एडभोकेसी डाइरेक्टरमा श्रीविद्या कायस्थ, सर्भिस डाईरेक्टरमा अश्विन कार्की, शिक्षा निर्देशकमा स्वेता पिया मल्ल, लिडरसीप एण्ड स्किल डाइरेक्टरमा सृजना कार्की भट्टराई, जोन्टा एण्ड गोल्डेन जोन्टा डाइरेक्टरमा प्रेरणा सेढाईं भट्टराई, अवार्ड एण्ड स्कलरसीप… पुरा पढौ

लमजुङको मध्यनेपालमा टिपर दुर्घटना, ४ को मृत्यु

लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिकामा आज आइतवार दिउँसो टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मध्यनेपाल ७ सीतीखोलाको कल्याणबेसीबाट बतासे चोक जाँदै गरेको ढुङ्गा बोकेको बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना हुँदा चालक सहित चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा टिपर चालक धादिङको गजुरी गाउँपालिका ६ का विनोद घिमिरे, गोरखा नगरपालिका १२ का रविन्द्र सेढाइँ, तनहुँको व्यास नगरपालिका ७ का ४५ वर्षीय उत्तम न्यौपाने र सल्यानको कुमाख गाउँपालिकाका पारश शाह रहेका छन् । ज्यान गुमाउनेमा… पुरा पढौ