समाचार

उत्तरी अफगानिस्तानमा खाद्य विषाक्तताका कारण ४२ जना बिरामी

अफगानिस्तानको उत्तरी प्रान्त तखारमा सामूहिक खाद्य विषाक्तताका कारण ४२ जना बिरामी परेको स्थानीय प्रहरीले सोमबार जानकारी दिएको छ । घटना आइतबार राति चाह हब जिल्लाको तखान अबाद गाउँमा एक विवाह समारोहको क्रममा भएको प्रान्तीय प्रहरी विभागका अब्दुल मुबिन साफीले सिन्ह्वालाई बताएका छन्। बिरामी हुनेहरूमा दुलहा र दुलही पनि रहेको स्रोतले उल्लेख गरेका छन् । प्रभावित व्यक्तिहरूलाई जिल्ला अस्पतालमा लगिएको थियो जहाँ धेरै बिरामीहरू सघन हेरचाह इकाईमा उपचारत छन्। सुदूरपश्चिम जिल्लामा खाद्य विषाक्तताको मुद्दामा तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको स्रोतले… पुरा पढौ

पाल्पाको पूर्वखोलामा एमाले विजयी

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सो पालिका अध्यक्षमा नुनबहादुर थापा, उपाध्यक्ष भागीरथी भट्टराईसहित सबै वडामा एमालेले विजयी हासिल गरेको छ । एमाले अध्यक्षका उम्मेदवार थापाले छ हजार ३९ मत ल्याई विजयी भएका छन् भने उनको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मीनप्रसाद गिरीले एक हजार २५७ मत पाएका छन् । नवनिर्वाचित थापाले गिरीलाई चार हजार ७८२ मतान्तरले पराजित गरेका छन्। उपाध्यक्षमा एमालेकै भागीरथी भट्टराईले पाँच हजार ८९४ मतसहित विजयी हासिल… पुरा पढौ

रोल्पा र थवाङमा माओवादी विजयी

रोल्पा । रोल्पाको रोल्पा नगरपालिका र थवाङ गाउपालिकामा नेकपा ९माओवादी केन्द्र०ले विजय हासिल गरेको छ । रोल्पा नगर प्रमुखमा सुरेन्द्र थापा घर्ती र उपप्रमुखमा गीता आचार्य विजयी भएका हुन् । नगर प्रमुखमा माओवादीका सुरेन्द्र थापा घर्तीले सात हजार ६०३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले तीन हजार ६५८ मत प्राप्त गरेका छन् । नगर उपप्रमुखमा माओवादीका उम्मेदवार गीता आचार्यले सात हजार ७४१ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी… पुरा पढौ

दूधपोखरीमा कांग्रेसका गुरुङ विजयी

लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिकामा गठबन्धनका नेपाली कांग्रेसका धनप्रसाद गुरुङ विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनाअनुसार उनले एक हजार ४१ मतको फराकिलो मतअन्तरले नेकपा(एमाले)का तेजबहादुर गुरुङलाई पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन अधिकृत रामप्रसाद आचार्यका अनुसार विजयी गुरुङले तीन हजार ६५ मत प्राप्त गरेका छन् भने, उनको निकटम प्रतिद्वन्द्वी एमालेका गुरुङले दुई हजार २४ मत प्राप्त गरेका छन् । त्यस्तै, उपाध्यक्षमा गठबन्धनकै माओवादीका क्षेत्रबहादुर गुरुङ विजयी भएका छन् । उनले दुई हजार ५६८ मत प्राप्त गरेका थिए… पुरा पढौ

मुग्लिङ–पोखरा सडक : पश्चिम खण्डबाट विस्तारको काम सुरु

दमौली । पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा सडक विस्तारकार्यअन्तर्गत तनहुँको पश्चिम खण्डबाट काम सुरु भएको छ । राजमार्ग विस्तारकार्यका लागि जामुने–पोखरा खण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित कोत्रेबाट विस्तारको काम सुरु भएको हो । राजमार्गलाई चार लेनको बनाउन तनहुँमा दुई खण्ड विभाजन गरी कामलाई अगाडि बढाइएको छ । पश्चिम खण्डमा सडक चौँडा बनाउने कामको पश्चिम खण्डका आयोजना प्रमुख अमितकुमार श्रेष्ठले शुभारम्भ गरेका छन् । पश्चिम (जामुने–पोखरा) खण्ड निर्माणकार्यको जिम्मा यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीले गर्ने भएको हो । शुक्लागण्डकीस्थित दुलेगौँडा कोत्रे खण्डमा सडक… पुरा पढौ

सवारी दुर्घटनामा तीनको मृत्यु

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म१ज २७७ नम्बरको उक्त हायस ग्वानीस्थित वडा कार्यालय नजिकै रोलाखोलामा दुर्घटना भएको हो । दुर्घटनामा चालक २३ बर्षिय प्रकाशसिंह धामी तथा २२ बर्षिय नविनसिंह धामी र १९ बर्षिय हरिसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक ग्वानीका स्थानीय हुन् ।रासस पुरा पढौ

१०५९० गणना गदा धनराजको अग्रता बढ्दो

पोखरा, जेठ २ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गएरातीसम्म झिनो मतान्तरले अघि रहेका उनले सोमबार विहानसम्म आईपुुग्दा मतान्तर बढाएर ३ सय ६६ पुु¥याएका हुन् । हालसम्म १० हजार ५ सय ९० मत गणना सम्पन्न हुँदा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४ हजार २ सय ४० मत ल्याएर अग्रता बनाएका छन् । उनलाई नेकपा एमालेका कृष्ण थापाले ३ हजार ८ सय ७४ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले ५… पुरा पढौ

पोखरा–२ को वडाध्यक्षमा प्रधानाङसहित कांग्रेसको प्यानल नै बिजयी

पोखरा महानगरपालिका वडा नम्बर-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दीवसमान प्रधानाङ्गसहित नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । आज विहान सम्पन्न मतगणनामा प्रधानाङ्ग आफ्ना निकटम प्रतिष्पर्धी नेकपा एमालेका दीपक शाहलाई २ सय ७८ मतले पछि पार्दै बिजयी भएका हुन् । बिजयी प्रधानाङ्गले ९३९ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिष्पर्धी दीपक शाहले ६६१ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा नेपाली कांग्रेसका गौतम बिछुक्छे र भीमकुमारी आले, महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता विश्वकर्मा बिजयी… पुरा पढौ

पोखरा-१ मा एमालेका सहारा बिजयी

पोखरा, जेठ २ पोखरा महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका सहारा प्रधान बिजयी भएका छन् । आज विहान सम्पन्न मतगणनामा निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङलाई ४१ मतले पराजित गर्दै प्रधान बिजयी भएका हुन् । बिजयी प्रधानले १ हजार १ सय ४५ मत प्राप्त गरे भने पराजित गुरुङले १ हजार १ सय ४ मत प्राप्त गरिन् । वडा सदस्यमा ३ सदस्य नेकपा एमाले र एक खुल्ला सदस्यमा कांग्रेस बिजयी भएका छन् । खुल्ला सदस्तर्फ एमाले ऋषिराम पौडेल… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित भएका छन् । आइतबार मध्यराती सम्पन्न मतपरिणाम अनुसार उनले आफ्ना निकटम प्रतिस्पर्धी नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतान्तरले पारिजत गर्दै निर्वाचित भएका हुन् । कांग्रेसका मिनले ५ हजार ९८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विक्रमले ५ हजार ५१५ प्राप्त गरे । यस्तै उपाध्यक्षतर्फ नेपाली कांग्रेसकै सिता अधिकारी निर्वाचित भएकी छन् । उनले आफ्ना निकटम प्रत्यासी एमालेकी सीता तिवारीलाई ४२५ मतान्तरले पराजीत गरिन् । अधिकारीले ५ हजार २७५ मत प्राप्त… पुरा पढौ