समाचार

मतदान केन्द्रभित्र फोटो खिच्न पाइँदैन

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ। मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री लिएर जान पाउने छैन। पुरा पढौ

नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स वा राहदानीका आधारमा पनि मत दिन सकिने

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ। आयोगले बुधबार गरेको निर्णयानुसार मतदानका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य छ भने मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाण हुनु आवश्यक हुने गरी मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ। पुरा पढौ

मतदानमा सहभागी हुनुहोस : पराजुली

गण्डकी प्रदेश निर्वाचन अधिकृत हुमनाथ पराजुलीले निर्वाचनमा सहभागी भइदिन प्रदेशका आम मतदातासमक्ष आग्रह गरेका छन्। स्थानीय तह निर्वाचन २०७९, वैशाख ३० गते हुन गइरहेको निर्वाचन मिति एक दिन मात्र बाँकी रहँदा एभरेस्ट एफएम ९३ मेघाहर्जको ‘पेटबोली’ सम्बाद कार्यक्रममा बोल्दै पराजुलीले आम मतदातासमक्ष आग्रह गरेका हुन्। निर्वाचनका लागि हुनुपर्ने संपूर्ण तयारी भइसकेको उनले जनाए। ‘प्रत्येक मतदानस्थलहरुमा मतदान अधिकृतसहितको टोली पठाइसकेका छौं। सुरक्षा कमाण्डरसहितको टोली सुरक्षा व्यवस्थामा खटिइसकेका छन्। मतदान केन्द्रमा खटिने स्वयंसेवक र स्वयंसेविकाहरु नियुक्त भइसकेका छन्,’ पराजुलीले भने। मौसम पूर्वानूमान… पुरा पढौ

मदिरा सेवन गरेकालाई मतदान गर्न निषेध

मादक पदार्थ खाएका व्यक्ति मतदाता नै भए पनि मतदान केन्द्रमा प्रवेश नदिइने भएको छ। निर्वाचन आयोगले मतदाताले मादक पदार्थ सेवन गरेर भोट हाल्न गएकालाई मतदान केन्द्रमा प्रवेश नदिन मतदान अधिकृतलाई भनेको हो। यस्तै, मतदाता वा कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर तथा एसिडजस्ता प्रज्ज्वलनशील पदार्थ लग्न पाइने छैन। कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जानिने वस्तुपनि लग्न पाइने छैन। आयोगले मतदान केन्द्रमा निषेधित… पुरा पढौ

मतदानका दिन नियोकको ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना

स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रिय स्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्दैछ। मतदानका दिन स्थलगत रूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना संकलन र संप्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन सेन्टर स्थापना गर्न लागिएको नियोकले जनाएको छ। नयाँ बानेश्वरको अल्फा हाउसमा संचालन गरिने कल सेन्टरमा सञ्चारकर्मीका लागि मिडिया सेन्टर पनि स्थापना गरिने भएको छ। पुरा पढौ

कास्कीमा एक तिहाई मतदान स्थल अति संवेदनशील

पोखरा । कास्कीका एक तिहाई मतदान स्थल अति संवेदनशील मतदान स्थलका रुपमा पहिचान गरिएको छ । निर्वाचन सुरक्षा समिति कास्कीले जिल्लाका १५० मतदान स्थल मध्ये ५० वटा मतदान स्थल अति संवेशनशील मतदान स्थलका रुपमा पहिचान गरेको हो । अति संवेदनशील मतदान स्थलका रुपमा पहिचान भएका मतदान स्थल प्राय सबै ग्रामिण क्षेत्रका मतदान स्थल रहेको निर्वाचन सुरक्षा समिति श्रोतले जनाएको छ । त्यस्तै, बाँकी १ सय मतदान स्थलमध्ये आधा मतदान स्थल संवेदनशील र आधा सामान्य मतदान स्थलका रुपमा पहिचान गरिएको छ… पुरा पढौ

रिभर फल्स पावरको आइपिओ बिक्री खुला

काठमाण्डौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका अनुसार कूल २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात एक लाख ३६ हजार ५०० कित्ता… पुरा पढौ

मतदान केन्द्रमा काम सुरु

पोखरा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचनका काम सुरु भएको छ । सबै मतदान केन्द्रमा निर्वाचनका सामग्रीसहित कर्मचारी पुगिसकेको र निर्वाचन प्रक्रियाका तयारीका काम सुरु भइसकेको प्रदेश निर्वाचन कार्यालय पोखरा सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । मतदान केन्द्रमा मतदानका लागि आवश्यक तयारीसँगै अधिकांश केन्द्रमा आज निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सर्वदलीय बैठक सम्पन्न भएको उनले बताए ।कास्की जिल्लामा पोखरा महानगरपालिकासहित चारवटा गाउँपालिका मादी, अन्नपूर्ण, माछापुच्छ«े र रुपा रहेका छन् । जिल्लामा… पुरा पढौ

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

धितोपत्र बजारमा शेयर कारोबार मापक नप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक ५६.०६ अङ्कले उकालो लागेर दुई हजार ३६९.०६ मा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ९.५२ अङ्कले उकालो लागेर ४५६.६६ अङ्कमा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकम मङ्गलबारको तुलनामा सामान्य वृद्धि भएको छ । कूल २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर रु दुई अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३… पुरा पढौ

२४ घण्टामा दुई हजार ८९७ कोरोनाका नयाँ सङ्क्रमित

भारत २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मधयरातिसम्म दुई हजार ८९७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख दश हजार ५६ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार बिहान जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको थियो । यद्यपी मङ्गलबार भने केही कमी देखिएको हो । २४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमितमध्ये एक हजार ११८ जना राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा… पुरा पढौ