समाचार

निसीखोला गाउँपालिकाको ६ वटा वडामा गठबन्धनका उम्मेद्धार विजयी, ७ नं. वडाको मतगणना जारी

कविता घर्तीमगर , कास्की । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनबाट खसेको मतपत्रको गणना कार्य देशैभर जारी रहेको छ । सोही अन्तर्गत बागलुङको निसीखोला गाउँपालिकामा पनि मतगणना जारी रहेको छ । अहिले सम्मको नतिजा अनुसार ७ वटा वडा रहेको उक्त गाउँपालिकामा ६ वटा वडामा गठबन्धनका उम्मेद्धारले जित हासिल गरेका छन् । वडा नं. १ मा गठबन्धनबाट कांग्रेसका चन्द्र सिंह राम्जालीले जित हासिल गरिसकेका छन् भने वडा नं. २ मा गठबन्धनबाट नेकपा माओवादीका कुविर विक, वडा ३ नं गठबन्धनबाट राजमोका… पुरा पढौ

१२०९७ मत गणना हुँदा धनराज ५०६ मतले अगाडी

पोखरा । पोखरा महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेद्वार धनराज आचार्यले नेकपा एमालेका कृष्णबहादुर थापालाई ५०६ मतले लिड गरेका छन् । सोमबार दिउँसो १२ हजार ९७ मतगणना सकिँदा उनले ४ हजार ८५८मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी थापाले ४ हजार ३५२ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका शंकर खरालले ६४१ र स्वतन्त्ररुप उम्मेद्वार गनेश पौडेलले ३११ मत प्राप्त गरेका छन् । उपमेयर तर्फपनि गठबन्धनकै नेपाली कांग्रेसकी कोपिला रानाबभाटले अग्रता लिएकी छन् । उनलाई नेकपा एमालेकी प्रत्यासी मञ्जुदेवी… पुरा पढौ

सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा छ : मन्त्री बडू

कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चादँनी सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको निर्माणलाई अघि बढाउन पहल गरिरहेको बताएका हुन् । “लामो समयदेखि प्रस्ताव र शिलान्यास गरिए पनि बजेटको व्यवस्थापन अहिलेसम्म रहेनछ”, उनले भने,“आगामी आर्थिक वर्षको बजेटमार्फत यी दुई आयोजनालाई समेटिनेछ ।” दोधारा चादँनीको सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको मन्त्री… पुरा पढौ

फेदीखोला २ एमालेका गुरुङ प्यानलसहित निर्वाचित

स्याङ्जा । स्याङ्जाको फेदीखोला २ मा नेकपा एमालेका अविलास गुरुङ प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएका छन् । सोमबार विहान सम्पन्न मतगणनामा गुरुङले गठबन्धनका नेपाली कांग्रेसका प्रत्यासी धनराज केसीलाई ४७६ को फराकिलो मतान्तरले पाराजित गरेका हुन् । गुरुङले १ हजार ३७३ मत प्राप्त गर्दा केसीले ८९७ मत प्राप्त गरे । यस्तै महिलासदस्यतर्फ कलावती बस्नेत (१३२१), दलित महिला सदस्यमा आशु विक (१३२१), खुल्ला सदस्यतर्फ निरमाया कार्की (१२४०) र विरबहादुर कार्की (१२९२ ) निर्वाचित भए । यस्तै महिल सदस्यतर्फ नेपाली कांग्रेसका मिठु सार्की (८७७),… पुरा पढौ

६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालले टेके सगरमाथामा पाइला

काठमाडौ । वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आज विहान ०७.३० बजे सगरमाथाको चुचुरोमा पाईला टेकेका हुन् । भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता हुन् । विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अनुरोध गर्दै उनले सगरमाथाको सफल आरोहण गरेका हुन् । नेपाल बार एसोसिएसनको लोगो अङ्कित झण्डासहित भुसाल वैशाख २ गते सगरमाथा आरोहणमा गएका थिए । अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोतसम्बन्धी कानूनमा… पुरा पढौ

१११९७ मतगणना हुदा १ सय ४४ मतान्तरणले आचार्य अगाडी

कास्की । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो विवरण अनुसार हालसम्म ११ हजार १ सय ९७ मत गणना सम्पन्न हुँदा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४ हजार ४ सय ७८ ल्याएर अग्रता कायम बनाएका छन् । उनलाई नेकपा एमालेका कृष्ण थापाले ४ हजार १ सय २४ मत ल्याएर पछ्याईरहेका छन् । उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । एमालेकी गुरुङले ४ हजार ७ सय १४ मत प्राप्त गरेर अग्रता… पुरा पढौ

गुल्मीको दुई गाउँपालिकामा एमाले विजयी

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट रामप्रसाद पाण्डेले छ हजार ५८६ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अनन्तराम पौडेलले पाँच हजार ९४५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै सावित्रा ज्ञवालीले छ हजार ४७२ मतसहित निर्वाचित भएका छन् भने उनको निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका गुमान सिंह पुन मगरले पाँच हजार १२४ मत प्राप्त गरेका छन् । छत्रकोटमा एमालेविरुद्ध पाँच दलीय गठबन्धन थियो । पालिकाकाको… पुरा पढौ

४९ स्थानीय तहको प्रमुखका साथ कांग्रेस अग्रस्थानमा

काठमाडौ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । । आज अपराह्न १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । नेकपा ९एमाले० दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । कांग्रेसले हालसम्म सात प्रमुख र ४२ अध्यक्षसहित ४९ पालिकाको नेतृत्व आफ्नो हातमा पारेको छ । कांग्रेस चार उपप्रमुख र ५० उपाध्यक्षमा विजयी भएको छ । यस्तै तीन प्रमुख र ३८ अध्यक्षसहित ४१ पालिकामा… पुरा पढौ

कास्की रुपा गाँउपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी

पोखरा । कास्कीको रुपा गाँउपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझाले दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसकी गीमाया गुरुङलाई १६१२ मतले पराजित गर्दै रुपा गाँउपालिकामा दोस्रो कार्यकालको जिम्मेवारी काँधमा लिएका हुन् । ओझाले ५हजार ७ सय ४९ मत ल्याउँदै विजयी हुदाँ उनका प्रत्यासी नेपाली काँग्रेसीकी गीमाया गुरुङले ४ हजार १ सय ३७ मत प्राप्त गरेकी छन् । उपाध्यक्षमा नेकपा एमालेकै लालसुब्बा गुरुङले काँग्रेसका नारायण श्रेष्ठलाई ११ सय ९९ सय मतान्तरले… पुरा पढौ

बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, सयौं घाइते

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको टोल रोडमा सोमबार भएको बस दुर्घटनामा १३ जनाको मृत्यु हुनाको साथै अन्य दर्जनौं घाइते भएको डा वाहिदिन सुदिरोहुसोडो अस्पतालको आपतकालीन इकाईमा कार्यरत चिकित्सक मुहम्मद बायु एस.डी. सिन्ह्वालाई फोन मार्फत बताएका छन् । घटनाको विस्तृत विवरण आउँन बाँकी छ।रासस पुरा पढौ