समाचार

अन्नपूर्ण गाउँपालिकामा कांग्रेसका युवराजको अग्रता

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको जारी मतगणनामा नेकपा एमालेका विष्णु बहादुर केसी र नेपाली कांग्रेसका युवराज कुवँरविच कडा प्रतिस्पर्धा भइरहेको छ । प्राप्त पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका कुँवरले एमालेका केसीलाई २२ मतले अग्रता लिएका छन् ।एमालेका केसीले ६१९ मत प्राप्त गर्दा कांग्रेसका कुँवरले ६४१ मत प्राप्त गरेका छन् । सो गाउँपालिकाको अध्यक्षमा ३ स्वतन्त्र सहित ११ जना चुनावी मैदानमा छन् । यस्तै उपाध्यक्षमा विभिन्न ५ पार्टीका ५ जना चुनावी प्रतिस्पर्धामा छन् । पुरा पढौ

पोखरा महानगरको मतगणना शुरु, वडा नं १२ को मतगणना हुँदै

पोखरा । पोखरा महानगरपालिकाको वडा नं १२ को मतगणना शुरु भएको छ । शनिबार सम्पन्न स्थानिय तह निर्वाचनको पोखरा महानगरपालिकाको मतगणना केहीबेर अगाडीबाट शुरु गरिएको हो । यसअघि बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी पोखराको शहिद जिल्ला समन्वय समितिको हलमा मतगणना शुरु गरिएको छ । वडा नम्वर १२ मा ४ हजार १८१ मतदाता रहेपनि शुक्रबार भएको निर्वाचनमा २ हजार ८०४ मत खसेको थियो । वडा नम्वर १२ को वडाध्यक्षको… पुरा पढौ

हालसम्म एमाले ५, कांग्रेस ३ पालिकामा निर्वाचित,नेकपा एस २ पालिकामा निर्विरोध

पोखरा । शुक्रबार सम्पन्न स्थानिय तह निर्वाचनको ११ पालिकाको नतिजा सार्वजनिक भएको छ । हालसम्म प्राप्त विवरण अनुसार अध्यक्षमा नेकपा एमालेले ५, कांग्रेसले २ , एकिकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले एक ठाउँमा जित हाँसिल गरेको छ । एमालले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको ङिस्याङ गाउँपालिका, मनाङकै चामे गाउँपालिकामा निर्वाचित भएको हो भने डोल्पाको शे फोक्सुन्डो गाउँपालिकामा निर्विरोध निर्वाचित भएको हो । यस्तै नेपाली कांग्रेसले मनाङको नासोमा गाउँपालिका, मनाङकै नार्पाभूमि गाउँपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकामा… पुरा पढौ

अझै शुरु भएन पोखरा महानगरपालिकाको मतगणना

पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा ढिलाई भएको छ । हिजो सम्पन्न सम्पन्न पोखरा महानगरपालिकाको निर्वाचनको मतगणना शनिबार दिउँसो २ बजेबाट गर्ने भनिएपनि हालसम्म पनि शुरु हुन नसकेको हो । मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलका प्रतिनिधिहरुलाई बोलाई रहेको भएपनि दलहरुले प्रतिनिधि चयनमा ढिलाई गर्दा मतगणना शुरु हुनै नसकेको जनाइएको छ । यसअघि आज पूर्वाह्न बसेको सर्वदलीय बैठकले मतगणना दिउँसो २ बजेबाट शुरु गर्ने निर्णय गरेको थियो । सर्वदलीय बैठकले मतगणनाका लागि प्रतिनिधि पठाउने समय दिउँसो १२ः३० बजेसम्मको समयसीमा निर्धारण… पुरा पढौ

७९ मतदान केन्द्रमा स्थानिय तहको निर्वाचन स्थगन : आयोग

काठमाण्डौं । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ । निर्वाचन आयोगले गएराति २२ः०० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा मतदानस्थलसहित केन्द्रको सङ्ख्या थप भएको हो । हालसम्म विभिन्न स्थानमा गरी ७९ मतदान केन्द्रमा स्थगन भएको आयोगले जनाएको हो । आयोगका अनुसार विवाद र भड्पका कारण स्थगन भएकामा कतिपय मतदान केन्द्रमा जति मत खसिसकेको… पुरा पढौ

स्याङ्जाको फेदीखोला ५ मा कांग्रेसका वडाध्यक्षसहित ४ सदस्य निर्वाचित

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका – ५ को वडाध्यक्षमा गठबन्धनबाट उम्मेद्वार बनेका नेपाली कांग्रेसका डिलबहादुर गुरुङ विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा गुरुङले निकटम प्रतिस्पर्धी नेकपा एमालेका चेतन शर्मालाई २६ मतान्तरले पराजित गरेका हुन् । गुरुङले ४०० मत प्राप्त गर्दा शर्माका पक्षमा ३५९ मत खसेको हो । सो वडामा गठबन्धनका ४ वडा सदस्य विजयी हुँदा एमालेबाट दलित महिला सदस्यतर्फका उम्मेद्वार कौशिला परियार (३७९) विजयी भएकी छन् । महिला सदस्यमा कांग्रेसकी पार्वती क्षेत्री (३८५), खुल्ला सदस्यतर्फ नेपाली कांग्रेसका थमनसिंह… पुरा पढौ

अध्यक्ष नेपालद्वारा आयोगलाई धन्यवाद

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आमजनताको उत्साहजनक सहभागिता र शान्तिपूर्ण तरिकाले सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् । उनले हिजो एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीसम्बद्ध सबैलाई पार्टीका तर्फबाट धन्यवाद दिएका हुन् । देशभर ७५३ स्थानीय तहका साथै छ हजार ७४३ वडामा शुक्रबार भएको निर्वाचनमा एक करोड ७७ लाख मतदातामध्ये करिव ६४ प्रतिशतले मतदान गरेका थिए । विभिन्न १६ जिल्लाका २८ पालिकाको ४३ मतदानस्थल र ७७ मतदान केन्द्रमा… पुरा पढौ

दुई मतान्तरले घरपझोङमा गठबन्धन विजयी

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षको उम्मेदवार कांग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले जित हासिल गरेका हुन् । मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लालचनले ७६० मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसका जमुना थकालीले ६९३ मत ल्याएर विजयी हुँदा उहाँकी प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गरेको कार्यालयले जनाएको छ । शुक्रबार… पुरा पढौ

पोखराको सर्वदलिय बैठक सकियो, २ बजेदेखि मतगणना हुने

पोखरा । पोखरा महानगरपालिकाको मतगणना शनिबार दिउँसो २ बजेदेखि हुने भएको छ । केही बेर अघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न सर्वदलिय बैठकले दिउँसो २ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको हो । कार्यालयले दलका प्रतिनिधिहरुको नाम र फोटो उपलब्ध गराउने समय दिएको छ । त्यस्तै साढे १ बजेसम्म मतपेटिका मिलाउे समय तोकेको छ । पुरा पढौ

स्याङ्जाको फेदीखोलामा ६६.९० प्रतिशत मतदान, मतगणनाका लागि सर्वदलिय बैठक बस्दै

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा शुक्रबार सम्पन्न स्थानिय तह निर्वाचनमा ६६ दशमलव ९० प्रतिशत मत खसेको छ । पालिकाका विभिन्न निर्वाचन केन्द्र मार्फत आठ हजार १३९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय फेदीखोला गाउँपालिकाले जनाएको छ । पालिकामा रहेका १२ हजार १६५ मतदाता मध्य उनीहरुले मतदान गरेका हुन् । कार्यालयका अनुसार वडा नम्वर १ मा एक हजार ४ सय ३२, वडा नम्वर २ मा २ हजार ४८६, वडा नम्वर ३ मा एक हजार ३०३, वडा नम्वर ४ दुई हजार… पुरा पढौ