समाचार

पोखरामा दिउसै अध्यारो,हावा हुरीसहित वर्षा जारी

कास्की । पोखरामा आज दिउसै अध्यारो छाएको छ । एकैछिन अघिदेखि हावाहुरी सहितको भिषण वर्षा भएपछि अचानक वाताबरणमा नै अध्यारो छाएको हो । हाल नेपालमा विहार र पश्चिम बंगालमा आसपास रहेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको मौषम पुर्वानुमान महाशाखाले जनाएको छ। पोखरामा वर्षासँगै पोखरामा दिउँसै अध्यारो हुँदा सवारी साधनहरु हेडलाइट बालेर हिँडेका छन् । भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु विच बाटोमा नै रोकिएका छन् । अपरान्ह अति गर्मी महसुस् गरिरहेको बेला अचानक… पुरा पढौ

उपकार लघुवित्तको आइपिओ बाँडफाँड

काठकाडौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको हो । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धकका अनुसार साधारण शेयरमा कूल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा दुई हजार ४०६… पुरा पढौ

१८ वर्षीया सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । सुत्केरी राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो । ब्यथा लागेपछि उनलाई बुधबार राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु भर्ना गरिएको थियो । उच्च रक्तचापबाट समेत पीडित राईको त्यहाँ उपचार हुन नसकेपछि बिहीबार हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको सिलिचोङ गाउँपालिकाका स्वास्थ्य संयोजक दिपेन्द्र कुलुङले जानकारी… पुरा पढौ

वडा सचिवले कार्यवाहक अध्यक्षको जिम्मेवार सम्हाल्ने

काठमाडौ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी मान्यताअनुसार वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन् । काठमाडौँ महानगरपालिकाको ७५औँ कार्यपालिका बैठकले स्थानीय तह निर्वाचन, २०७९ मा बहालवाला जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने अहिलेको अवस्थामा वडाध्यक्षसहित सबै सदस्यले राजीनामा दिएमा वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्ने निर्णय गरेको हो । यही व्यवस्थाबमोजिम बिहीबारको कार्यपालिका बैठकले वडाध्यक्षले राजीनामा दिए वडा सदस्यमध्येबाट एक जनालाई कार्यवाहक… पुरा पढौ

तिनाउ पाल्पाकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषित

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका पाल्पाकै पहिलो कोरोना–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । तिनाउ जिल्लाकै पहिलो कोरोना –१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा राजेन्द्रप्रसाद गिरीले बताए । उनले कोरोना–१९ को सुरुको अवस्थादेखि हालसम्म रोकथाम, न्यूनीकरण, सावधानी खोप अभियानमा राम्रो काम गरेर जिल्लामै पहिलो भएको जानकारी दिए । गाउँपालिकाले १२ वर्षभन्दा माथि उमेरका व्यक्तिको खोज र खोप अभियान सञ्चालन तथा घरपरिवार, विद्यालय सर्वेक्षणलगायत मापदण्ड पूरा गरेर जिल्ला खोप समन्वय समिति, खोप… पुरा पढौ

बेलायतका प्रधानमन्त्री जोनसन भारतमा, प्रधानमन्त्री मोदीद्वारा स्वागत

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन्। दुई दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको थियो । बेलायत र भारतको रणनीतिक प्रतिरक्षा, कूटनीतिक र आर्थिक साझेदारीमा घनिष्ट साझेदारीलाई सुदृढ पार्ने र इन्डो-प्यासिफिकमा सुरक्षा सहयोगलाई अगाडि बढाउने विषयमा गहिरो वार्ता गर्न भारत भ्रमणको शुरुवातमा जोनसन बिहीबार गुजरात पुगेका थिए । यसअघि बेलायती प्रधानमन्त्रीले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । बेलायती प्रधानमन्त्रीले भारतका विदेशमन्त्री एस जयशंकरसँग… पुरा पढौ

बाढीबाट मृत्यु हुनेको संख्या ४३५

दक्षिण अफ्रिकाको क्वाजुलु-नाताल बाढीबाट मर्नेको संख्या ४४८ पुगेको सार्वजनिक भएपनि ४३५ रहेको जनाइएको छ। प्रहरी मन्त्री भेकी सेलेले बिहीबार बाढीको बारेमा मिडियालाई जानकारी दिँदै उक्त कुरा बताएका हुन् । त्यहाँ ४४८ मृत्युको संख्या थियो जुन अहिले ४३५ मा परिमार्जन गरिएको छ। परिमार्जन गरिएको छ। शवको पोस्टमार्टमको नतिजा सार्वजनिक गर्दै उनले गोलीका चोटहरू फेला परेका कारण मृत्युहरू हत्यासँग सम्बन्धित भएको पुष्टि भएको पनि बताएका छन्। विपद्सँग सम्बन्धित नभएको प्राकृतिक कारणले धेरै मानिसको मृत्यु भएको निश्चित थियो। आज बिहानसम्म मृत्यु हुनेको अन्तिम… पुरा पढौ

गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि दृढ छ:प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्धको संयुक्त सङ्घर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि दृढ रहेको बताएका छन् । भ्लादिमिर इलिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिदै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले न्याय, समानता र स्वतन्त्रताको सङ्घर्षमा बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरे । रुसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको अवसर पारेर स्थापना गरिएको नेकपाले ७३ वर्षको अन्तरालमा देशभित्र आमूल परिवर्तनको नेतृत्व गरेको… पुरा पढौ

गणेशमान सिंह स्मृति बक्सिङ : सौगात र पुरन सेमिफाइनलमा

कास्की । गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफ क्लबका पुरन राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै जनाले पुरुष ५७ किलो तौल समूहमा प्रतिद्वन्द्वीलाई उछिन्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा कुमालले मधेश प्रदेशका अमन अली तथा राईले लुम्बिनी प्रदेशका निशम घर्ती मगरलाई पराजित गरेका हुन् । पुरुष ५२ किलोमा मधेसका मदनकृष्ण डङ्गोलले सुदूरपश्चिम प्रदेशका सन्दिप नाथ तथा एपीएफ क्लबका प्रदीप महर्जनले बाग्मती प्रदेशका रोहित महर्जनलाई… पुरा पढौ

बेनी–जोमसोम सडक मर्मत धमाधम

बेनी । हिमाल पारीको जिल्ला मुस्ताङ जाने एकमात्र सडक मार्ग बेनी–जोमसोम सडक धमाधम मर्मत भइहेको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्ड चौडा तथा स्तरोन्नतिका लागि दैनिक चार घण्टा सडक बन्द गरेर मर्मतलाई तीव्रता दिइएको मुस्ताङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार बुधबारदेखि वैशाख २० गतेसम्म १४ दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडकमा यातायातका साधन चल्न नदिएर मर्मत गर्न लागिएको हो । यो सडकखण्ड वैशाख २० गतेसम्म दैनिक… पुरा पढौ