क्षेत्री समाज राष्ट्रिय महासङ्घले नेपाली भाषाको उत्पत्तिस्थल जुम्लाको सिञ्जामा खस राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । आगामी जेठ १३ र १४ गते गरिने सम्मेलनमा तीन कार्यपत्र प्रस्तुत गरिने महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले राससलाई जानकारी दिए । सम्मेलनमा ‘मष्टो कूल देवता र सनातन संस्कृति’, ‘आदिवासी खसहरुको इतिहास’ र ‘सनातन हिन्दू धर्म’ विषयमा विभिन्न विद्वानले कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी र छलफलसमेत गर्ने कार्यक्रम रहेको उनले बताए । खस, क्षेत्रीको पहिचान, वेषभूषा, धर्म, संस्कृतिका बारेमा मुलुकका विभिन्न स्थानमा रहेका मौलिकताको खोज,…
पुरा पढौ