समाचार

पुम्दीकोटमा जारी महायज्ञमा १ करोड २१ लाख संकलन, जग्गा दान दिन सुरु

पोखरा । पोखरा २२ (पुम्दी–भुम्दी) को पुुम्दीकोटमा जारी महायज्ञमा १ करोड २१ लाख ५६ हजार रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत शुक्रबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमितिका सह–संयोजक निर्मल बरालले बताए । महायज्ञको छैटौं दिन करिब २१ लाख ५६ हजार रुपैया संकलन भएको समितिले जनाएको छ । शुक्रबार महायज्ञमा एक रोपनी १० आना २ पैसा ३ दाम को जग्गा दान भएको छ । उक्त जग्गा दान गर्ने… पुरा पढौ

वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔँ: मन्त्री पौडेल

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताएका छन्। विद्युतीय सवारी साधनसम्बन्धी अन्तक्र्रियामा उहाँले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताएका हुन् । पेट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकासिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै विद्युतीय सवारीको प्रयोगलाई बढावा दिनुपर्ने बताए। “यातायात क्षेत्रमा प्रयोग हुने खनिज इन्धनबाट हुने मुद्रा बहिर्गमन, वैदेशिक निर्भरता, वातावरण प्रदूषण विश्वमा भएको जलवायु परिर्वतनको सन्दर्भमा विश्व उष्णीकरण, हरित ग्यास तथा हानिकारककणजन्य… पुरा पढौ

समन्वयन उपसमितिमा सदस्य थप, स्याङ्जाबाट दिलीपाश्री अधिकारी

काठमाडौ । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा सदस्य थप गरेको छ । पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा रहेको निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा आठ सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । थप भएका सदस्यमा किरण गिरी काठमाडौँ, आनन्द सन्तोषी राई धनकुटा, डिपी अर्याल धादिङ, डिपी उपाध्याय कैलाली, गणेश केसी काठमाडौँ, श्याम विश्वकर्मा सङ्खुवासभा, दिलीपाश्री अधिकारी स्याङ्जा र मनोज चौधरी सुनसरी रहेका छन् । यसअघि पार्टीका उपसभापति… पुरा पढौ

२४ घण्टामा थप दुई हजार ४५१ जनालाई कोरोना संक्रमण

भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि त्यहाँ कुल सङ्क्रमतिको संख्या चार करोड ३० लाख ५२ हजार ४५२ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ संक्रमितको संख्या २ हजार नाघेको यो लगातार तेस्रो दिन हो । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ लाख २२ हजार ११६ पुगेको छ… पुरा पढौ

जिम्बावेविरुद्धको खेलका लागि राष्ट्रिय क्रिकेट टोली घोषणा

काठमाडौ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जिम्बावेविरुद्ध तीन एकदिवसीय र तीन टी ट्वान्टी क्रिकेट खेलका लागि आज राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले उक्त प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । कप्तान लामिछानेसँगै नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आरिफ शेख, आसिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो र अदिल अन्सारी छन् । त्यसैगरी भीम सार्की, सुशन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद,… पुरा पढौ

मदन–आश्रितको शालिक तोडफोडप्रति ध्यानाकर्षण

हेटौँडा । मदन भण्डारी फाउण्डेसनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फाउण्डेसनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गरेर लोकतान्त्रिक र सामाजिक रुपान्तरणको आन्दोलनमा होमिएबापत मृत्यु वरण गर्नुपरेका दुई लोकप्रिय नेताका नाममा स्थापित संरचनालाई क्षति पु¥याउनु विकृत मानसिकता र अलोकतान्त्रिक व्यवहार भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा लोकतन्त्रको उच्चतम् अभ्यासका रुपमा रहेको स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भएसँगै भएको यो घटनाले लोकतान्त्रिक शक्तिलाई चुनौती… पुरा पढौ

जिल्लामा वडाध्यक्षका लागि एक मात्र महिला उम्मेदवार

म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलहरुले उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएका छन् । म्याग्दीका तीन ठूला दल नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले अहिलेसम्म सार्वजनिक गरेका उम्मेदवारमा प्रमुख पदमा एक पनि महिला उम्मेदवार छैनन् भने वडाध्यक्षको उम्मेदवारमा पनि एक महिला मात्र समेटिएका छन् । एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको म्याग्दीमा ४५ वडा छन् । यी ४५ वडाका लागि बिहीबारसम्म जिल्लामा नेकपा एमालेले ४३, नेपाली… पुरा पढौ

किसानलाई सधैँ मल अभाव

बागलुङ । मकै खेतमा रासायनिक मल ९डिएपी० हाल्ने बेला भएको छ । गोडमेल गर्ने बेलामा डिएपी मल हालिसक्नुपर्छ । तर बागलुङका किसानले डिएपी नपाएर भौंतारिनुपरेको छ । मलबिनै मकै खेती गरेका यहाँका किसान अहिले पनि उस्तै समस्यामा छन् । मकैको गोडमेल गर्ने बेलामा आवश्यक डिएपी मलको अभाव हुँदा यहाँका किसान मर्कामा परेका छन् । सिँचाइ सुविधा भएका बागलुङका फाँटमा मकैको गोडमेल गर्ने बेला भएको छ । किसानले डिएपी मल नपाएको गुनासो गर्न थालेका छन् । हिउँदे बालीमा रासायनिक मलको कम खोजी गर्ने यहाँका किसानले… पुरा पढौ

मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य पर्ने

जुम्ला । जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो । चन्दननाथ भैरवनाथ गुठी समितिका नायबसुब्बा रत्नप्रसाद आचार्यका अनुसार पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि मन्दिरमा अनिवार्य जन्मदर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि बढाइएको हो । मन्दिरमा सुटुक्क विवाह गर्ने तथा उमेरको सोधीखोजी गरिँदैैन भन्ने सोचका कारण उमेर नपुगेकाले पनि मन्दिरमा विवाह गर्ने गरेको गुनासो आएपछि सो व्यवस्था… पुरा पढौ

मधेसका ५० प्रतिशत बढी मतदानस्थल अतिसंवेदनशील

मधेस प्रदेश । मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मधेसका अतिसंवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रमा त्यहीअनुरुपको सुरक्षा व्यवस्था मिलाइएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले जानकारी दिए । विगतको निर्वाचनमा भएको निर्वाचन बिथोल्ने घटना, झडप र राजनीतिक असमझदारीजस्ता… पुरा पढौ