समाचार

तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुन्छः अध्यक्ष दाहाल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले निर्वाचनलाई अभियानका रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग सदुपयोग गर्र्नुपर्ने बताएका हुन् । कतिपय व्यक्तिले गठबन्धनले निर्वाचन सार्छ भन्ने हल्ला चलाएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ ।” निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहन… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु ३०० ले बढ्यो

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु एक लाख ९०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले घटेर रु एक हजार… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीद्वारा सहायक प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा सञ्चालित तिन महिने सहायक प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रदेश खेलकुदले मंगलबार एक कार्यक्रमको आयोजना गरी सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको हो । सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेश गुरुङले आधुनिक संसारमा खेलकुदको महत्व बढ्दै गएको उल्लेख गरे । उनले भने–“अहिलेको आधुनिक युगमा खेलकुदको महत्व बढ्दै गएको छ त्यसैलाई मध्यनजर गर्दै गण्डकी विश्वविद्यालयको स्थापना संगै हामीले नेपालमा नै पहिलो पटक स्नातक तहमा खेलकुदको पाठ्यक्रमलाई अघि बढाएका हौं ।” सो अवसरमा आफ्ना… पुरा पढौ

बर्दिया पोखरा सम्पर्क समाजको भित्तेपात्रो विमोचन

पोखरा । बर्दिया पोखरा सम्पर्क समाजले विक्रम सम्वत् २०७९ सालको भित्तेपात्रो विमोचन गरेको छ । बर्दिया जन्मभूमि भई विभिन्न कारणले पोखरा बस्दै आएकाहरुको सामूहिक संस्था उक्त समाजले नियमित कार्यक्रम स्वरुप तेस्रोपटक आफ्नो भित्तेपात्रो विमोचन गरेको हो । भित्तेपात्रो विमोचनपछि बोल्दै समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि दीपक पौडेलले समाजको प्रचारका लागि भित्तेपात्रोले सघाउने बताए । समाजले आगामी दिनमा नयाँ अनुहारहरुलाई गोलबद्ध गर्दै लैजान आग्रह गरे । कोभिडको समयमा गरेको उद्वार लगायतका कार्यले समाजलाई सशक्त बनाएको उनले स्मरण गरे ।… पुरा पढौ

युनाईटेड क्लवको १२ औ वार्षिकोत्सव सम्पन्न

पोखरा । पर्यटकीय शहर पोखरामा खुल्ला चिडियाखान निर्माणको अवधारणा बोकेर वि. सं २०६७ सालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गर्दै आएको युनाईटेड क्लव वैशाख ७ गतेदेखी १२ औं वर्षमा प्रवेश गरेको छ । पोखरामा नया पर्यटकीय गन्तब्य खुल्ला चिडियाखाना निर्माणको अवधारणा अगाडी सारेर हिडेको युनाईटेड क्लवको पहलमा पोखरामा खुल्ला चिडियाखान निर्माण समेत सुरु भइसकेको छ । पोखराको लेखनाथ स्थित पचभैया क्षेत्रमा युनाईटेड क्लवको पहलमा त्यहाका विभिन्न सामुदायिक बनहरुलाई समेटेर चिडियाखाना निर्माण जारी रहेको छ । हाल उक्त चिडियाखानाको निर्माणको… पुरा पढौ

पोखरा लेडी जेसीजको जेसीज सप्ताह बैशाख ९ गते शुक्रबारदेखि

पोखरा, बैशाख ७ पोखरा लेडी जेसीजले बैशाख ९ गतेदेखि जेसीज सप्ताह आयोजना गर्ने भएको छ । पोखरा लेडी जेसीजले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी यहि वैशाख ९ देखि १५ गतेसम्म जेसीज सप्ताह गर्ने जानकारी दिएको हो । सप्ताहव्यापी कार्यक्रम बनाएको लेडी जेसीजले सात दिन सात फरक प्रकारका कार्यक्रम गर्ने कार्यतालिका तय गरेको पोखरा लेडी जेसीजकी अध्यक्ष जेसी लक्ष्मी अधिकारीले जानकारी दिईन् । पोखरा लेडी जेसीजका अनुसार जेसीज सप्ताहको पहिलो दिन औपचारिक उद्घाटन कार्यक्रम हुने छ भने सोहि दिन युवा र… पुरा पढौ

नेकपा माओवादीबाट मादी गाउँपालिकाको प्रमुखको उम्मेदवारका लागि एंगेल्स, कृष्ण, तोरण र लाल सिफारिस

पोखरा, बैशाख ७ नेकपा माओवादी केन्द्रले कास्कीको मादी गाउँपालिकाको प्रमुखमा चार जनाको नाम सिफारिस गरेको छ । गठबन्धन दलहरुबीच तालमेल भएको अवस्था बाहेक एकल चुनाव लड्नुपर्ने अवस्थाका लागि भन्दै माओवादी केन्द्रले गाउँपालिकाको प्रमुखमा एंगेल्स कार्की, कृष्णराज दाहाल, तोरण गुरुङ र लालबहादुर गुरुङको नाम सिफारिस गरेको हो । माओवादीबाट पालिका प्रमुखमा सिफारिसमा परेका एंगेल्स वाईसिएल कास्कीका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाका उपाध्यक्ष हुन् । त्यस्तै, प्रमुखमा सिफारिसमा परेका कृष्णराज दाहाल नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाका पूर्व अध्यक्ष हुन् भने… पुरा पढौ

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउदै छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी भोलि (वैशाख ८ गते) अपराह्न १२ः२५ बजे नेपाल आउन लागेका हुन्। तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने छन् । त्यसैगरी उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन् । यस्तै नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि… पुरा पढौ

गण्डकी प्रदेशका सम्पदा सूचीकृत गर्न आग्रह

पोखरा । गण्डकी प्रदेशका प्राकृतिक सम्पदाहरुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले आग्रह गरेको छ । विश्व सम्पदा दिवसको अवसरमा नाट्टा गण्डकीले प्रदेशमा रहेका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक पुरातात्विक महत्व बोकेका स्थल पहिचान र संरक्षणका लागि सरोकारवालाबीच छलफल गर्दै युनेस्कोको लिष्टमा भएका सम्पदालाई सूचीकृत गर्दै थप सम्पदाको खोजीका लागि आग्रह गरेको हो । कार्यक्रममा पुरातत्व विभाग सम्पदा संरक्षण शाखाका प्रमुख रमेशराज पौडेलले गण्डकी प्रदेशमा कैयौँ प्राकृतिक सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा रहेकाले ती सबैको… पुरा पढौ

माओवादी केन्द्रद्वारा अन्नपूर्ण गाउँपालिकाका सबै वडाको उम्मेदवार सिफारिस

पोखरा, बैशाख ७ नेकपा माओवादी केन्द्रले कास्कीको अन्नपूर्ण गाउँपालिकाका सबै वडाको उम्मेदवार टुंगो लगाएर सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्रले एकल रुपमा चुनाव लड्नुपर्ने अवस्थाका लागि गाउँपालिकाका वडाध्यक्षसहित सबै सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो । माओवादी केन्द्रले वडा नम्बर १ का लागि वडाध्यक्षमा गोविन्दप्रसाद अधिकारीको नाम सिफारिस गरेको छ । त्यस्तै, सदस्यका लागि शिव दाहाल, कृष्ण अधिकारी, सुनिता पौडेल र कल्पना परियारको नाम सिफारिस गरेको छ । वडा नम्बर २ मा बेदप्रसाद शर्मालाई वडाध्यक्षका लागि सिफारिस गरेको छ… पुरा पढौ