समाचार

कबड्डी प्रतियोगिताःआर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा

धनगढी । धनगढीमा जारी ‘मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी’ प्रतियोगिताको विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा सुरु भएको सो प्रतियोगितामा ती दुई विभागीय टोलीले पहिलो दिनका दुवै खेलमा जीत हात पार्दै अन्तिम चारणमा स्थान बनाएका हुन् । पहिलो खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९१–३२ ले हरायो भने पाँचौँ खेलमा कर्णाली प्रदेशलाई ६९–९ ले किनारा लगायो । त्यस्तै सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ६६–२७ ले हराउँदा छैटौँ खेलमा गण्डकी प्रदेशलाई ५६–१८… पुरा पढौ

निसीखोलामा एकैसाथ सात झोलुङ्गे पुल निर्माण हुदै

बागलुङ । निसीखोला गाउँपालिकामा अहिले धमाधम झोलुङ्गे पुल निर्माण भइरहेका छन् । गत वर्ष गाउँपालिका–६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नम्बर ७ को कुतखोलाघाट, वडा नम्बर ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नम्बर १ को माराघाट, वडा नम्बर २ धौलेघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए। उनका अनुसार यस वर्ष निसीखोला गाउँपालिका–४ र ५ जोड्ने कारीखोलामा, वडा नम्बर ६ को मगराखोलामा वडा नम्बर ५ यारीखोलामा, वडा नम्बर ३ र ४… पुरा पढौ

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताएका हुन् । “गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको छ, धेरै प्रदेशमा मुख्यमन्त्री र मन्त्री पाएका छौँ, कांग्रेसमा मैले राम्रो काम गरेजस्तो लाग्छ, गठबन्धन अहिले तोड्नु हुँदैन, निर्वाचनमा एक्लै कुनै पार्टीको बहुमत ल्याउने अवस्था छैन, त्यसैले गठबन्धनलाई अगाडि लिएर जानुपर्छ,”… पुरा पढौ

म्याग्दीबाट एसइईमा संस्कृततर्फ नौ विद्यार्थी सहभागी हुँदै

म्याग्दी । यही वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा म्याग्दीमा पहिलो पटक संस्कृति विषयतर्फबाट विद्यार्थी सहभागी हुने भएका छन् । बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिए । विद्यालयमा संस्कृत बिषयसमेतमा अध्यापन हुँदै आएको छ । यसैगरी उज्यालो वैकल्पिक विद्यालयबाट पाँच आमासमेतले परीक्षामा सहभागीता जनाउने छन् । परीक्षामा जिल्लाका विभिन्न पाँच प्राविधिक धारतर्फका १३१ विद्यार्थीले सहभागी जनाउने छन् । जिल्लामा कुल… पुरा पढौ

न्यादी आयोजनाको विद्युत उत्पादन परीक्षण सुरु

लमजुङ । लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एन्ड इन्स्टलेशन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली उत्पादन परीक्षण सुरु भएको छ । नेपाल विद्युत् प्राविधिकरणद्वारा आजदेखि त्यहाँ उत्पादन परीक्षण सुरु गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । आजदेखि तीन दिनसम्म सुक्खा परीक्षण र दुई दिन चलाएर नै परीक्षण गर्ने भएको छ । सो परीक्षणपश्चा्त १२ देखि १८ घण्टा प्लान्ट बन्द हुनेछ । सो पश्चा्त विविध पुनः जाँच प्राविधिकरण गर्ने र… पुरा पढौ

बेनी–जोमसोम सडक खण्ड ७ देखि २० गतेसम्म दैनिक चार घण्टा यातायात बन्द गरिने

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ । म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिर–घाँसा खण्डमा विस्फोटक पदार्थको प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्न २०७९ वैशाख ७ देखि २० गतेसम्म दैनिक चार घण्टा सवारी साधन आवतजावत बन्द गर्न लागिएको हो । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले घाँसा–काभ्रेभिर खण्डमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरेर सडक विस्तारको काम गर्ने निर्णय भएको… पुरा पढौ

एनआरएनएद्वारा सहारा एकेडेमीलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग

पोखरा। एनआरएनएले सहारा क्लब पोखराद्वारा संचालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा १ लाख रुपैयाँ स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । पोखरा–१७, दोबिल्लास्थित एकेडेमीमा एनआरएनए अध्यक्ष रविना थापा, सचिव टीका गुरुङ, सह–कोषाध्यक्ष अमृता थापा र पूर्व कोषाध्यक्ष प्रकाश पुनले ९ हजार थान मास्क र ५० थान कोभिड किट्स गरी १ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेका हुन् । सहारा क्लब हङकङका पूर्व सल्लाहकार समेत रहेका टीका गुरुङबाट यसअघि पनि क्लबमा निरन्तर सहयोग गर्दै आएका छन् । सहारा क्लब पोखराका अध्यक्ष… पुरा पढौ

जितेँ भने पोखरा–८ लाई देशकै नमूना वडा बनाउँछु: वडाध्यक्षकी आकांक्षी गिरी

कविता घर्तीमगर, पोखरा । देश चुनावमय भएको छ । दलहरु चुनावमा होमिएका छन् । केहि दल गठबन्धन बनाउन दिनरात खटिएका छन् । दलका नेताहरु उम्मेदवार छान्न व्यस्त छन् । आकांक्षीहरु टिकटका लागि रस्साकस्सीमा छन् । कोहि नेतृत्वको लबिङमा छन् भने कोहि कार्यकर्ताको मन जितेर उम्मेदवार हुने होडबाजीमा छन् । चुनावको माहोल राजधानीदेखि ग्रामिण क्षेत्रसम्म तातिएको छ । चुनावी रन्को कास्कीमा पनि ह्वात्तै बढेको छ । कास्की गण्डकी प्रदेशको राजधानी हो । अझ पोखरा महानगरपालिका सबै हिसाबले महत्वपूर्ण छ । यो… पुरा पढौ

पोखरा विश्वविद्यालयद्धारा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन कार्यक्रम

कास्की । पोखरा विश्वविद्यालयले रजतजयन्तीको अवसरमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन विषयक एक दिवसीय प्रशिक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रा डा चिन्तामणि योगी र स्वामी योगानन्दले प्रशिक्षण दिएका हुन् । पोखरा विश्वविद्यालयका उपकुलति एवं रजतजयन्ती मूल तयारी समितिका अध्यक्ष प्रा डा प्रेमनारायण अर्यालले मान्छेको प्राण, कमाएको धन, सम्पत्ति र उसको भौतिक शरीरको कुनै ठेगान नभएको उल्लेख गर्दै उसले कमाएको नाम र प्रतिष्ठा अमर रहने हुनाले व्यक्तिगत चिन्ता र स्वार्थ छाडी सबै सत्कर्ममा लाग्नुपर्नेमा जोड दिए । विश्वविद्यालयको प्रतिष्ठा… पुरा पढौ

तनहुँ फुटबल सङ्घमा २५ वर्षपछि पालिखेले पाए नेतृत्व

तनहुँ । तनहुँ जिल्ला फुटबल सङ्घको अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित भएका छन् । पालिखे छ मत ल्याएर अध्यक्षमा निर्वाचित हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सोम थापा मगरले चार मत प्राप्त गरेका थिए । अध्यक्ष पदका लागि सर्वसम्मत हुन नसकेपछि मतदानको प्रक्रियाबाट छिनोफानो गरिएको हो । २५औँ वर्षसम्म एउटै व्यक्तिले नेतृत्व गर्दै आएको उक्त संस्थामा आजदेखि नयाँ नेतृत्वले नेतृत्व सम्हालेका हुन् । अन्य पदमा भने सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक यज्ञबहादुर रानाले बताए । समितिको उपाध्यक्षमा हरि तिमिल्सिना, दिनेश केसी र… पुरा पढौ