समाचार

सिँचाइ योजनाको नहर निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका– २ भगवतीमा खरविर–सिम्ले सिँचाइ योजनाको नहर निर्माण भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीको अनुदान सहयोगमा उपभोक्ता समितिले पक्की संरचना बनाएका हुन् । कार्यालयका सव–ईञ्जिनियर अञ्जन खत्रीले ४५० मिटर पक्कि नहर निर्माण भएको बताए। सो सिँचाइ योजना निर्माणका लागि खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०७८÷७९ मा रु.२० लाख बजेट बिनियोजन गरेको थियो । उपभोक्ता समितिले रु। दुई लाख २३ हजार बराबरको श्रमदान गरेर नहर बनाएको जनाएको छ… पुरा पढौ

तीनवटै निर्वाचनमा गठवन्धन हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका हुन्। दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताए । नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र रेणु दाहाललाई दोहो¥याउने जनाउँदै आएको छ । जिल्लास्तरमा कांग्रेसले भने गठबन्धन… पुरा पढौ

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

रसुवा । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए। शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए । बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । रासायनिक मलको चर्को अभाव झेल्दै… पुरा पढौ

मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न र पहाडी भू–भागका केही स्थानमा… पुरा पढौ

बागलुङमा १३ दल दर्ता

बागलुङ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक १३ साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् । निर्वाचन आयोगले दलहरूलाई आ बागलुङ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक १३ साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् ।… पुरा पढौ

शिक्षामा तीन क्षेत्रको सुधारः शिक्षामन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थालिएको बताएका छन् । आज बागलुङ जिल्लाको गलकोटमा सुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणासम्बन्धी तालिम शुभारम्भ गर्दै उनले शिक्षामा भौतिक पूर्वाधार, शैक्षिक क्रियाकलाप तथा शिक्षासम्बन्धी कानुन तथा नीतिगत सुधारको कार्य एकैपटक गर्न थालिएको बताएका हुन् । मन्त्री पौडेलले नेपालका सबै पालिकामा एक–एक प्राविधिक विद्यालय स्थापना गर्ने र सातै प्रदेशमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को अनुसन्धान केन्द्र… पुरा पढौ

लेखनाथका भट्टराई निर्माण व्यवसायी संघ कास्कीको सहकोषाध्यक्षमा उठ्ने

चैत्र ०९लेखनाथका युवा व्यवसायी ध्रुव भट्टराईले निर्माण व्यवसायी संघ कास्कीको सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।संघको चैत्र ११ र १२ गते पोखरामा २८ औं साधारण सभा तथा १५ औं अधिवेशन हुँदैछ । अधिवेशनको निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रबि सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।निर्माण व्यवसायीहरु पनि लोकतान्त्रीक र प्रगतीशिल गरी दुई खेमामा विभाजित छन् । लोकतान्त्रीक खेमाबाट लिलकाजी गुरुङ्ग र प्रगतीशिल समूहबाट रामराज अधिकारीको नेतृत्वमा चुनावी मैदानमा उत्रिन लागेका हुन ।यसअघिको निर्वाचनमा कार्यसमितिको सदस्यमा सर्वाधिक मत ल्याएर विजयी… पुरा पढौ

नेकपा माओवादी केन्द्र गण्डकीले चार महिनापछि पायो पूर्णता

पोखरा, चैत १० नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले पूर्णता पाएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले अधिवेशन भएको झण्डै चार महिनापछि पूर्णता पाएको हो । गत मंसिर २७ गते सम्पन्न अधिवेशनले कास्कीकी गायत्री गुरुङलाई अध्यक्षमा चयन गरेपनि अन्य पदाधिकारी चयन गर्न सकेको थिएन । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रक्रियामार्फत भएपनि पदाधिकारी चयन गर्न निर्देशन दिएपछि बुधबार बसेको बैठकले निर्वाचनमार्फत पदाधिकारी छान्ने निर्णय गरेको थियो । लगत्तै अपराह्नदेखि पदाधिकारी छान्न मतदान भएको थियो ।राती… पुरा पढौ

जुनियर टेनिसमा यु–१४ मा राजबिर, यु–१२ मा ब्रिजेश, तथा यु–८ मा आर्यशलाई स्वर्ण

पोखरामा जारी मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८ अन्तर्गत १४ वर्ष मुनिको इभेण्टमा राजबिर प्रधानले स्वर्ण पदक जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको फाइनल खेलमा पोखराका दर्शिल श्रेष्ठलाई ६–२, ६–२ ले पराजित गर्दै नगद १२ हजार सहितको उपाधी जितेका हुन् । दोश्रो स्थानमै चित्त बुझाएका दर्शिल नगद ६ हजार सहित पुरस्कृत भए । १२ वर्ष मुनिको इभेण्टमा ब्रिजेश अर्यालले प्रथम, स्पर्श तिमिल्सीना क्षेत्रीले द्वितिय, अशाभ सम्राट हाडाले तृतीय भए । प्रतियोगिताका विजेता नगद… पुरा पढौ

महंगी नियन्त्रणमा प्रदेश सरकारको चासो

पोखरा । पछिल्ला दिनमा विभिन्न बहानामा मूल्यवृद्धि भएको गुनासो आएपछि यसको नियन्त्रणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो देखाएका छन् । यसका लागि पहिलो चरणमा मुख्यमन्त्री पोखरेलले बुधबार सरकारी अधिकारी र उपभोक्ता अधिकारकर्मीसँग छलफल समेत गरेका छन् । मुख्यमन्त्री पोखरेलले बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डलरको भाउ बढेको, रुस र युक्रेनबीचको युद्धको कारण देखाएर बजारमा अस्वभाविक महंगी बढेको गुनासो आएपछि नियन्त्रणका लागि पहल थालिएको बताए । उनले भने, ‘महंगी बढेको छ, हामी सबै यसबाट पीडित छौं, यसलाई नियन्त्रण… पुरा पढौ