समाचार

केराखेतीमा गवारोको समस्याले किसान हैरान

म्याग्दी । म्याग्दीका किसानले लगाएको गहुँबालीमा पहेँलो र खैरो सिन्दुरे रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । कृषि प्राविधिकका अनुसार गहुँमा लाग्ने सिन्दुरे रोग एक प्रकारको ढुसीजन्य रोग हो । यो रोग हावाको माध्यमाबाट सर्ने गर्छ । विगत वर्षमा गहुँबालीमा डढुवा रोग देखिने गरेकामा यसवर्ष सिन्दुरे रोगको प्रकोप देखिएको जिल्लाका अगुवा किसान चन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कतै पहेँलो त कतै खैरो सिन्दुरे रोगले गुहँबालीमा क्षति पु¥याउन थालेपछि किसानले विषादीको प्रयोग गर्न थालेका छन् । ढुसीका कारण… पुरा पढौ

नेपालको विकासका लागि एमसिसी आवश्यक : प्रधानमन्त्री देउवा

पर्सा । प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका छन्। नेपाली कांग्रेस पर्साले आज वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदास्थापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसीबाट प्राप्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभई विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने र मुलुकमा व्याप्त रहेको बेरोजगारी तथा पछौटेपन समाप्त हुने विश्वास व्यक्त गरे । सभालाई सम्बोधन गर्दै प्रमानमन्त्री देउवाले चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा… पुरा पढौ

महिला उद्यमी र किसान पुरस्कृत

बागलुङ । अन्तर्राष्ट्रिय महिला दिवशको अवसर पारेर बागलुङको गलकोटमा आयोजित महिला किसानको फसल र उद्यमीका उत्पादनको प्रदर्शनीमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको छ । महिला किसानले उत्पादन गरेका कृषि फसल ल्याएर आफ्नो सीपको परिचय दिएका थिए । कृषि र उद्यमी समूहमा एक प्रदर्शनीमा प्रगति एकीकृत कृषि तथा पशुपालन समूह प्रथम, लगनशील अर्गानिक किसान समूह द्वितीय र लङ्गुरे महिला किसान समूह तृतीय भएका थिए । त्यस्तै महिला उद्यमी प्रदर्शनीमा सिर्जना लघुउद्यम समूह प्रथम, छितिज डलकुसन समूह द्वितीय र सिर्जनशील लघु उद्यम समूह… पुरा पढौ

बारा कांग्रेसको सभापतिका लागि पुनः मतदान हुने

बारा । नेपाली कांग्रेस बाराको बुधबार सम्पन्न निर्वाचनको सभापति पदको नतिजा सार्वजनिक भएको छ । कूल दुई हजार ४९३ मतदाता रहेकामा जम्मा दुई हजार ४०० मत खसेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए । सभापतिका उम्मेदवार राजेशराय यादवले ८३३ मत सहित पहिलो, शम्भुबहादुर बुढाथोकी ८०९ मतसहित दोस्रो र रमानन्द यादव ७०८ मतसहित तेस्रो स्थानमा छन् । निर्वाचन अधिकृत उप्रेतीले २८ मत बदर भएको जानकारी दिए । यस निर्वाचनमा ५१ प्रतिशत मत हासिल गर्न कुनै पनि उम्मेदबारले नसकेपछि दोस्रो चरणमा… पुरा पढौ

विमानस्थलबाट ‘श्रम डेस्क’ हट्यो

काठमाडौँ . सरकारले मुलुकको अर्थतन्त्रका मेरुदण्डका रूपमा रहेका आप्रवासी श्रमिकलाई प्रस्थान विन्दुमै दोस्रो दर्जाका नागरिकको व्यवहार गर्ने विभेदकारी संरचनाको अन्त्य गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको अगुवाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ‘श्रम डेस्क’ हटाइएको हो । वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अनलाइनबाट सम्पन्न भइसक्दा पनि वैदेशिक रोजगारीमा जाने श्रमिकले विमानस्थलमा रहेको श्रम डेस्कमा घन्टौँसम्म लामबद्ध भएर सहीछाप लगाउनुपर्ने, त्यहाँस्थित कर्मचारीबाट दुव्र्यवहार भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले सो संरचना खारेज गरेको हो । सहसचिव प्रमुख रहेको वैदेशिक… पुरा पढौ

अवरुद्ध डुम्रे–बेँसीशहर सडकखण्ड सञ्चालनमा आएपछि जनजीवन सहज

लमजुङ । पृथ्वीराजमार्गअन्तर्गत अवरुद्ध डुम्रे–बेँसीशहर सडक खण्ड सञ्चालनमा आएपछि त्यहाँको जनजीवन सहज बन्दैछ । विगत दुई दिनदेखि अवरुद्ध सो सडकखण्ड आज बिहानदेखि सञ्चालनमा आएपछि यहाँको जनजीवन सहज बन्दै गएको हो । लमजुङस्थित मस्र्याङ्दी नदीमा डुबेर मृत्यु भएको विद्यार्थीको विषयलाई लिएर तनहुँ बाइसजागर बजारका स्थानीयवासीले टायर बालेर सो सडकखण्ड अवरुद्ध गरेका थिए । लमजुङतर्फ जारी निषेधाज्ञाका कारण यस खण्डमा ठप्प रहेको यातयात सेवा आज बिहानबाट सञ्चालन आएको हो । राति ९ बजेदेखि नै निषेधाज्ञा हटेपनि सवारीसाधन भने आज बिहानबाट मात्र सञ्चालनमा… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-3 मा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ध२प १९२१ नंको मोेटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । झिवाखोलाबाट याङम्याङतर्फ जाने क्रममा गहतेरा खोला नजिकै दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मृतकका १ छोरा ,३ छोरी र श्रीमति छन् । पुरा पढौ

बस दुर्घटनामा मृतक १० जनाको पहिचान खुल्यो, पाँच घाइतेको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी– ६ की अञ्जना कटुवाल र मादी– ५ की दीक्षा कटुवालको पहिचान… पुरा पढौ

सार्वजनिक जग्गा अतिक्रमणः अतिक्रमित जग्गा खोज्दै बेनी नगरपालिका

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा सार्वजनिक जग्गा, पुल, सडक र खोल्सा अतिक्रमणमा परेका छन् । सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने दायित्व बोकेको बेनी नगरपालिकाले हटाउनुपर्ने अतिक्रमित संरचनालाई भाडामा लगाएर वैधता दिएको छ । सस्तोमा सम्झौता गरेको जग्गामा टहरा बनाएर महङ्गोमा भाडामा लगाउने प्रवृत्ति बढेको बेनीका पहलबहादुर खत्रीले बताए । बानी नगरपालिका–१० पात्लेखेतको आरसीयुपीको भवन धवलागिरि बोर्डिङ स्कुलले भाडा नतिरी प्रयोग गरेको छ । बेनीको क्याम्पस चोकको जग्गा पुरानो खोल्साले ओगटेको छ । त्यस क्षेत्रका अधिकांश घर सार्वजनिक जग्गामा बनेका छन्… पुरा पढौ

मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न

काठमाडौँ । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको जनाएको छ । अस्थायीरुपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम… पुरा पढौ