समाचार

नयाँ दुलेही झैँ बन्यो आठौँ तनहुँ महोत्सव स्थल

तनहुँ । तनहुँको सदरमुकाम दमौली नयाँ दुलेही झैँ सिङ्गारपटार गरिएको छ । यही चैत १० देखि २० गतेसम्म हुन गइरहेको आठौँ तनहुँ महोत्सव दमौलीमा हुन लागेकाले बजार क्षेत्रलाई सिङ्गारिएको हो । दमौलीको ट्राफिक चोकमा मुख्य स्वागत गेट निर्माण गर्नुकासाथै सडकका दायाँबायाँ किनारमा रङ्गरोगन गरी चिटिक्क बनाइएको छ । बजार क्षेत्रदेखि महोत्सवस्थलसम्म ध्वजापताका टाँगेर झिलिमिली र आकर्षक बनाइएको छ । ‘महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाइ समितिको… पुरा पढौ

एगाको टोलीद्वारा पूर्वी नेपालमा पर्यटन प्रवद्र्धन एवम् उद्योग अवलोकन

पोखरा । पर्यटकका लागि उपहारका रुपमा प्रयोग गरिने सामाग्रीको विक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको टोलीले पूर्वी नेपालमा पोखराको पर्यटन प्रवद्र्धनसँगै विभिन्न उद्योगहरूको अवलोकन गरेको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा एगा पोखराद्वारा आयोजित पर्यटन प्रवद्र्धन एवम् क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत व्यवसायीलाई विराटनरस्थित अन्नपूर्ण निटिङ इन्डस्ट्रिज प्रा.लि. र प्रगति टेक्सटायल प्रा.लि.को अवलोकनसँगै इलामको कन्याम चियावारी, कोशी व्यारेज लगायतका स्थानहरू अवलोकन गराइएको कार्यक्रम संयोजक एवम् संस्थाका उपाध्यक्ष गोकर्ण लम्सालले जानकारी दिए । अवलोकन पश्चात आयोजित कार्यक्रममा अन्नपूर्ण… पुरा पढौ

सारा र सभर्णालाई जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा स्वर्ण पदक

पोखरा । सारा पन्त र सभर्णा गुरुङ्गले पोखरामा जारी मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८ मा स्वर्ण पदक जितेका छन् । साराले गल्र्स यु–८ प्रतियोगितामा जिवाश्री भट्टराईलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । जिवाश्रीले रजत पदकमा चित्त बुझाइन् । सोही उमेर समुहमा केजिया शाक्यले तृतीय तथा जेनोभा शर्माले चौंथो स्थान प्राप्त गरिन् । त्यस्तै, यु–९ गल्र्सतर्फ सभर्णा गुरुङ्ग प्रथम, केजिया शाक्य द्वितिय तथा जिवाश्री भट्टराई तृतीय भए । उनीहरुलाई मंगलबार एक समारोहका विच पुरस्कार प्रदान गरिएको छ । आयोजक कास्की… पुरा पढौ

काहुँखोला भाट समाजमा भिम बहादुर

पोखरा । काहुँखोला भाट समाज पोखरा १३ कास्कीको ११ औं साधारण सभा तथा ५ औं अधिबेशन सोमबार सु. भिम बहादुर रानाभाटको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरि सम्पन्न भएको छ । समाजको उपाध्यक्षमा बसन्त रानाभाट, सचिवमा सुर्य बहादुर (सुजु) रानाभाट, सहसचिवमा हरिप्रसाद रानाभाट, कोषाध्यक्षमा प्रविना रानाभाट, सहकोषाध्यक्षमा रीता रानाभाट र सदस्यहरुमा शारदा रानाभाट, तेजबहादुर रानाभाट, कुमारी रानाभाट, सुर्यबहादुर अधिकारीभाट, इन्द्रबहादुर रानाभाट, तर्कबहादुर रानाभाट, पार्वती रानाभाट, लक्ष्मी सापकोटाभाट र वस्यानी रानाभाट चयन भएका छन् । त्यसैगरी सल्लाहकारमा संस्थापक अध्यक्ष शान्ति रानाभाट,… पुरा पढौ

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड : पारस र सावित्रालाई दशक अवार्ड

काठमाडौं । पारस खड्का र सावित्रा भण्डारीले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको दशक अवार्डबाट सम्मानित भएका छन् । पछिल्लो १० वर्षमा नेपाली खेलकुदमा गरेको प्रदर्शनका आधारमा क्रिकेटका पारस र फुटबलकी सावित्राले दशक खेलाडी अवार्ड पाएका हुन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौंको प्रज्ञा भवनमा भव्य समारोहको आयोजना गरि दशक अवार्डबाट खेलाडीलाई पुरस्कृत गरेको हो । दशकको प्रशिक्षक अवार्डबाट भने क्रिकेटका जगत टमाटा सम्मानित बने । कोभिड १९ का कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक… पुरा पढौ

घरायासी मामिलामा न्याय माग्न लजाउँछन् पोखरेली पुरुष

पोखरा, चैत ८ पोखरा महानगरपालिकाको न्यायीक समितिमा न्याय माग्दै महिला मात्र आउने गरेका छन् । महानगरको उपप्रमुखको नेतृत्वमा रहेको न्यायीक समितिमा न्याय माग्न पुरुष भने आउँदैनन् । घरेलु हिंसामा परेका महिलाहरु मानाचामल भराउन माग गर्दै आउने तर पुरुषहरु भने नआउने गरेको पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायीक समितिका प्रमुख मञ्जुदेवी गुरुङ बताउँछिन् । उपप्रमुख गुरुङका अनुसार हालसम्म महानगरमा न्यायीक निरुपणका लागि २२६ जनाले निवेदन दिएका छन् । निवेदन दिने सबै महिला हुन् । निवेदनहरु प्रायः जग्गा, जमिन र मानाचामल सम्बन्धी हुने… पुरा पढौ

महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाद्धारा ढाका बुनाइ सीप

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा महिलालाई आत्मनिर्भर बनाउन ढाका बुनाइ तालिम सुरु भएको छ । वडा नं १ हुँगीका महिलालाई लक्षित गरी आयआर्जन बढाउने उद्देश्यले दुई महिने तालिम आयोजना सुरु गरिएको हो । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत ढाका बुनाइ तालिम सुरु भएको वडा सचिव हरिप्रसाद भण्डारीले बताए । त्यहाँका १५ महिला तालिममा सहभागी छन् । तालिममा सिकेका सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बनाउन महिलालाई सीपमूलक तालिम उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । सहभागीलाई मेसिन, धागो, प्रशिक्षकलगायत खर्च… पुरा पढौ

अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–२ चिन्नेखोला निवासी दुलबहादुर थापा शारीरिकरुपले कमजोर छन् । जन्मिएपछि करिब पाँच÷छ वर्षको उमेरदेखि उहाँका हात खुट्टा राम्रोसँग चल्न सक्दैनन् । शारीरिक अपाङ्गता भए पनि सपाङ्गभन्दा कमी हुनुहुँदैन भन्ने आत्मबलका साथ गत वर्षदेखि अदुवाखेतीमा थापा क्रियाशील छन् । गण्डकी प्रदेशको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिको लागि अधिकार विकासको लागि स्रोत केन्द्र (रिसेड)मार्फत रु पाँच हजार अनुदान पाएपछि थापाले अदुवाखेती गरेका हुन् । करिब चार रोपनी क्षेत्रफलमा अदुवा लगाउँदा झण्डै ४०० क्विन्टल अदुवा उत्पादन भएको किसान… पुरा पढौ

छात्रामाथि यौन दुव्र्यवहारको विरोध

काठमाडौ । मोरङको लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोहीे विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको घटनाप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल केन्द्रीय कार्यसमिति घोर भत्र्सना गरेको छ । महासङ्घका अध्यक्ष कृष्ण थापाले आफ्नो पेसाप्रति ख्यालै नगरी लज्जित हुने कार्य गरेकोमा निज शिक्षकमाथि शीघ्र कानुनी कारबाही गर्न मोरङ जिल्ला प्रशासन कार्यालयसँग माग गरेका छन् । सो घटनाको शीघ्र छानबिन गर्नका लागि सम्बन्धित जिल्ला शिक्षा समन्वय एकाइ, शिक्षक सङ्घ÷सङ्घठन, सम्बन्धित नगरपालिकाको शिक्षा शाखा… पुरा पढौ

ग्रीन भेन्चर्सको आइपिओ खुला

काठमाडौ । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कूल निष्कासनको पाँच प्रतिशतअर्थात्् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशतअर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता शेयर खरिदका… पुरा पढौ