समाचार

कलाकार शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

तनहुँ । तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । सोही मुद्दामा शाहका व्यवस्थापक भनिएका कृष्ण जोशीलाई रु एक लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए । जोशी आज साँझ नै धरौटी बुझाएर रिहा भएका छन् । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि कलाकार शाहविरुद्ध दुवै… पुरा पढौ

अटेरी अभियन्ता र विद्यार्थीबीच नदीपुरमा अन्र्तक्रिया

पोखरा । अटेरी अभियन्ता र विद्यार्थीबिच पोखरामा अन्र्तक्रिया भएको छ । बिहीबार विभिन्न तहका विद्यार्थी र अटेरी अभियन्ताबिच नदीपुरमा अन्र्तक्रिया गरिएको हो ।गुणस्तरिय शिक्षाका लागि कस्तो खाले योजना बनाउन सकिन्छ ? विद्यार्थीहरुले चाहेको शिक्षा कस्तो ? भन्ने विषयमा छलफलका लागि अभियन्ताहरु विद्यार्थी कहाँ पुगेका हुन् । ‘विभिन्न तहका विद्यार्थीबिच हामीले अन्र्तक्रिया ग¥यौं । हामीले तयार पारेको शिक्षाको अवधारणा र विद्यार्थीले चाहेको शिक्षा कस्तो ? भन्ने विषयमा हामीले छलफल ग¥यौं,’ अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले भने ।छलफलमा २ सय बढी… पुरा पढौ

पोखरा म्याराथन अन्तर्गत चैत १२ गते हुने दौडको सम्पुर्ण तयारी पुरा

पोखरा । ‘१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ अन्तर्गत यहि चैत्र १२ गते शनिवार हुने बाँकी इभेन्टहरुको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चले पोखरा म्याराथन अन्तर्गत चैत्र १२ गते हुने बाँकी ६ वटा विभिन्न इभेन्टहरुको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । यहि चैत्र १२ गते शनिबार १० किमि महिला÷पुरुष खुला दौड, विद्यालयस्तरिय ५ किमि छात्र÷छात्रा दौड, ह्विल चियर महिला÷पुरुष दौड र दृष्टिविहिन महिला÷पुरुष दौडको सम्पुर्ण तयारी पुरा भएको मञ्चका अधयक्ष… पुरा पढौ

सराङकोटबासीले अर्थमन्त्रीलाई भने : पानीको बाचा पूरा गर्नुभो, अब सडक निर्माण गरिदिनूस्

पोखरा १०, चैत पोखरा १८ स्थित सराङकोटबासीले पिउने पानीको सुविधा प्राप्त गरेसँगै अब सडक निर्माण गर्न माग गरेका छन् । निर्वाचनका बेला पिउने पानीको सुविधा उपलब्ध गराउने भनी सराङकोटबासीलाई दिएको वचन पुरा गरेका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) समक्ष स्थानियले अब सडक निर्माण गर्न माग गरेका हुन् । सराङकोटमा बुढी मुल लिफ्टीङ खानेपानी योजना, स्याउदे सिमलवोट खानेपानी लगायतका योजना सम्पन्न गर्न करिब ६ करोड ३३ लाख रुपैया विनियोजन भएको थियो भने बाँकी दुई तोरीपानी खानेपानी योजना र ग्यारजाति खानेपानी… पुरा पढौ

कार्यान्वयन नहुने योजना तत्काल सरेण्डर गर्न अर्थमन्त्री बरालको आग्रह

पोखरा १०, चैतगण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कार्यान्वयनमा नहुने योजनाहरु सरेण्डर गर्न आग्रह गरेका छन् । अर्थ मन्त्रालयले विहिबार मन्त्रालयमै आयोजना गरेको प्रदेशका सचिवहरु बीचको छलफल कार्यक्रम बोल्दै मन्त्री बरालले यस्तो आग्रह गरेका हुन् ।कार्यान्वयन हुन नसक्ने आयोजना यहि चैत भित्र आत्मसमर्पण गर्न, नयाँ योजना प्रस्ताव नगर्न, कार्यान्वयन नहुने योजनाहरु तत्काल समर्पण गर्न, सिमिति श्रोत साधनका बाबजुद अधिकतम श्रोत साधनबाट बजेट कार्यान्वयन गर्न मन्त्री बरालले सचिवहरुलाई निर्देशन दिए । अर्थ मन्त्रालयमा बजेटको चाप निकै बढेकोले अहिलेको… पुरा पढौ

जुनियर टेनिसमा प्रणव र सौगात युगल च्याम्यिन

१० चैत्र,पोखरा प्रणव मानन्धर र सौगात विक पोखरामा जारी मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा ब्वाइज ओपन डबल्सतर्फ विजयी भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत बिहिवार भएको फाइनल खेलमा सो जोडीले निशा जोशी र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गर्दै च्याम्यिन भएका हुन् । प्रतियोगितामा विजेता जोडीले नगद १५ हजार सहित मेडल तथा उपविजेता जोडीले नगद ७ हजार ५ सय सहित मेडल पुरस्कार प्राप्त गरे । त्यस्तै अशव हाडा र स्पन्दन उदास तथा शास्वत… पुरा पढौ

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले मुख्यमन्त्रीलाई भने : स्थायीसँगै उपदान, औषधी उपचारसहित महङ्गी भत्ता चाहियो

पोखरा, चैत १० अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ (आधिकारीक ट्रेड युनियन) गण्डकीले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्न माग गरेको छ । संघले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ गण्डकीका अध्यक्ष हरि पौडेल, संघका गण्डकी प्रदेश सह–इन्चार्ज मिन श्रेष्ठको नेतृत्वमा गएको संघको टोलीले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले आफूहरुलाई… पुरा पढौ

४६ स्थानीयवासीलाई जग्गाधनी पुर्जा वितरण

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीका ४६ स्थानीयवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । सदियौँदेखि बसोबास र करेसाबारी बनाएर बस्दै आएका सो क्षेत्रका उनीहरुलाई ब्लक जग्गाको धनीपुर्जा वितरण गरिएको हो । उनीहरुले घर तथा खेती गर्दै आएतापनि दुःख पर्दा बिक्री तथा बैंकमा धितो राख्नलगायतका कार्यबाट बञ्चित हुँदै आएका थिए । उनीहरुलाई करिब छ ब्लकमा गरेर पुर्जा वितरण गरिएको बन्दीपुर गाउँपालिकाले जनाएको छ । पुर्जा नहुँदा बेचबिखन र व्यक्तिगत कार्यमा कठिनाइ भोग्नुपरेको हुँदा आउँदा दिनमा सहज बनाउन बाटो खुलेको पुर्जा पाउनुभएका… पुरा पढौ

त्रिविमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छ : मन्त्री भुसाल

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उनले विश्वविद्यालयसम्बद्ध पक्षले गहन समीक्षा गरेर उत्पन्न चुनौतीलाई व्यवस्थापन गर्नेतर्फ लाग्न आग्रह गरे। व्यक्तिले खोलेका शिक्षण संस्थाले नाफा कमाउने र त्यहाँ विद्यार्थीको भीड हुने तर त्रिभुवन विश्वविद्यालयका कुनै संकायमा विद्यार्थीभन्दा शिक्षक बढी हुने अवस्था कसरी आयो भन्दै मन्त्री भुसालले व्यवस्थापन, प्रशासन र प्राध्यापन तीनै क्षेत्रले जवाफ दिने अवस्था… पुरा पढौ

खयरमारामा पहिरो, २०० घरधुरी त्रस्त

महोत्तरी । महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिबास नगरपालिकाको वडा नं १० खयरमारामा भीषण पहिरो जाँदा २०० घरधुरीका परिवारमा त्रास भएको छ ।खयरमाराको चुरे पहाडमा गए राति बस्ती नजिकै तीनतले स्थानबाट पहिरो गएकाले अहिले त्यहाँका बासिन्दा त्रस्त भएको स्थानीयवासी इसारा लामाले बताए । मध्यरातसम्म साना– साना पहिरो झरे पनि आज बिहान २ बजेदेखि ठूला–ठूला र अहिले दिउँसोसम्ममा भीषण पहिरो झरेका कारण वरपरका २०० घरधुरी बासिन्दामा त्रास बढेको हो । तीनतलेबाट झरेको पहिराले खयरमाराको खोला पुरेपछि अहिले छोड्के, पिपलदमा, गुरुङखोला, चनौटे, गर्दीखोला, भाङ्गरे… पुरा पढौ