समाचार

यु–१८ महिला साफ: नेपालले आज बंगलादेशसँग खेल्दै

भारतमा जारी यु–१८ महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले आज (बिहीबार) बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबिचको खेल ७ः१५ मा सुरु हुने छ। भारतको जमसेदपुरमा हुने खेलमा नेपाल पहिलो जितको खोजिमा हुने छ। पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल प्रतियोगिताको उपाधि होडमा भने कमजोर देखिएको छ। पहिलो खेलमा भारतसँग ७–० गोलअन्तरले पराजित बनेकोा नेपाल बंगलादेशसँग संयमित भएर प्रतिस्पर्धा गर्ने रणनीतिमा हुनेछ। बंगलादेशपनि प्रतियोगितामा बलियो टीम मानिन्छ। डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसीपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ। अब प्रतियोगिता अन्तर्गत नेपालले… पुरा पढौ

आईसीसी विश्वकप लिग–२ः पपुुवा न्युगिनीमाथि नेपालको रोमाञ्चक जित

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि रोमाञ्चक जित निकालेको छ। युएईको सारजाह क्रिकेट मैदानमा बुधबार भएको खेलमा शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीमाथि २ विकेटको रोमाञ्चक जित निकालेको हो। पपुवा न्युगिनीले दिएको २०५ रनको विजय लक्ष्य पछ्याएको नेपालले ४९.२ ओभरमा ८ विकेटको क्षतिमा २१० रन बनाएर खेल जित्यो। नेपालका लागि रोहित पौडेलले ५८ र आरिफ शेखले ५४ रन बनाए। यस्तै, करण केसीले २९, आसिफ शेखले १६, विनोद भण्डारीले १२, दीपेन्द्रसिंह ऐरी र सोमपालले… पुरा पढौ

आज फागु पूर्णिमा, धुमधामसँग (होली) मनाइँदै

आज, फागुन शुक्ल पूर्णिमाको दिन, अर्थात विशेष महत्वको रंगीन पर्व फागु पूर्णिमा (होली)। आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेलेर फागु पर्व मनाइँदैछ। फागु पर्वका उपलक्ष्यमा परंपरादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ। नेपाल सरकारले आज (बिहीबार) हिमाली तथा पहाडी जिल्लाहरुमा फागु पूर्णिमाको विदा दिएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा भोली (शुक्रबार) होली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व… पुरा पढौ

सेती नदी तिरभिर संरक्षण समूहले भन्यो : रामघाट परियोजनामा हामीलाई सहभागि गराउ

पोखरा, चैत २ सेती नदी तिरभिर संरक्षण समूहले रामघाट परियोजनामा आफूहरुलाई पनि सहभागि गराउन माग गरेको छ । समूहमा आबद्ध माथिल्लो सिद्धमार्ग टोल विकास संस्था, शान्तिवन टोल विकास संस्था, शान्तिवन रामघाट मजदुर समिति, नयाबजार क्लव, शान्तिदर्शन युवा क्लव, सिद्धमार्ग आमा समूह, शान्ति वन आमा समूह र सिद्धमार्ग टोल विकास संस्थाले बुधबार संयुक्त रुपमा महानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै बतास समूहलाई ३५ वर्षका लागि सेती नदीमा ड्याम निर्माण गरेर ढुंगा, गिट्टी, बालुवालगायतका सामग्री उत्खनन् गर्न दिने गरी रामघाट परियोजना सञ्चालन गर्न दिन लागेकाले… पुरा पढौ

महिलाका लागि प्रविधिमैत्री साक्षरता कक्षा सञ्चालन

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा प्रविधिमैत्री साक्षरता अभियान सञ्चालन गरिएको छ । गैँडाकोट–२ र ७ मा आजदेखि प्रविधिमैत्री साक्षरता कक्षा सञ्चालन गरिएको हो । महिलालाई साक्षर गराउने उद्देश्यले सञ्चालन गरिएको प्रविधिमैत्री कक्षा तीन महिनासम्म सञ्चालन हुने बताइएको छ । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा गैँडाकोटस्थित मौलाकाली सामुदायिक सिकाइ केन्द्रले प्रविधिमैत्री कक्षा सञ्चालन गरेको हो । कार्यक्रममा गैँडाकोट–७ का वडाध्यक्ष चोलनाथ उपाध्यायले कार्यक्रमले महिलालाई साक्षर बन्न र समाजमा अगाडि बढ्न सहयोग गर्ने बताए । वडामा… पुरा पढौ

पाखोमै फले डेढ करोडका सुन्तला

गलेश्वर । भिरालो जमिन र पाखोबारी मात्रै रहेको म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको राखु गाउँ केही वर्षअघि सम्म अनुत्पादक जग्गा भएको सुक्खा गाउँका रुपमा चिनिन्थ्यो तर विगत एक दशकयता राखु गाउँको चिनारी फेरिएको छ । त्यहाँका गाउँलेले त्यही पाखोबारी मात्र भएको भिरालो जग्गालाई खनीखोस्री गरेर मलजल दिई सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरुले आफ्नै गाउँमा बसेर वार्षिक करोडौँ रुपैयाँ कमाउन सफल भएका छन् । “पहिला छ्या १ बाँदर पनि नअडिने अनकन्टार ठाउँ भनेर नाक खुम्च्याउनेहरु अहिले आहा १ कति हराभरा… पुरा पढौ

पानीको मूल्य बृद्धिको विरोधमा व्यवसायी

पोखरा । जारको पानीको मूल्य बढाइएपछि पोखराका पानी डिलर सञ्चालकहरु आज दोस्रो दिन पनि आन्दोलित बनेका छन् । नेपाल वाटर व्यवसायी संघले जारको पानीको मूल्य १५ रुपैयाँ बढाएको छ । यसअघि कम्पनीले २० रुपैयाँमा बेच्दै आएको प्रतिजार ३५ रुपैयाँ पुगेको छ । यतिधेरै मूल्य बढाउँदा उपभोक्तालाई समस्या पर्ने व्यवसायीको गुनासो छ । विरोध स्वरुप उनीहरुले मंगलबार साँझ पोखरामा जारको पानी बोकेका गाडीसहित प्रदर्शन गरेका हुन् भने आज जिल्ला प्रशासन कार्यलय कास्कीमा गाडी तेर्साएर धर्ना बसेका छन् । नेपाल वाटर व्यवसायी… पुरा पढौ

‘स्थापित जाति विस्थापित भाषा’

गण्डकी । गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेवारी भाषा प्रशिक्षण कार्यक्रम पोखरामा सुरु भएको छ । प्रतिष्ठानले ‘स्थापित जाति विस्थापित भाषा’ नाम दिएर प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । एक महिनासम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा १० वर्षदेखि ४७ वर्षसम्मका ३० प्रशिक्षार्थीको सहभागिता छ । नेवारी भाषा प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा विक्रम उदास र मधुसुदन जोशी रहेका छन् । नेवाःखल पृथ्वीचोकमा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले तालिमले जातीय भाषा संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।… पुरा पढौ

३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान, खुलामै १६५ सिट

काठमाडौ । लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ । खुलामा १६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिट कायम गरिएको छ । आवेदकले २२ चैतभित्र नियमित र २९ चैतभित्र दोब्बर… पुरा पढौ

दुर्घटना न्यूनीकरण गर्न ट्र्याक्टरमा स्टिकर

नवलपुर । नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । कावासोतीको रिफ्रेस सेन्टरमा आज एक कार्यक्रमबीच स्टिकर टाँस्ने अभियान थालनी गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले ट्र्याक्टरमा स्टिकर टाँसेर अभियानको सुरुआत गरेका हुन । अभियानको सुरुआत गर्दै उहाँले दुर्घटनाबाट मानवीय र भौतिक क्षति हुँदा चालक, सहचालक, सर्वसाधारण नागरिकमा धेरै असर पर्ने भएकाले त्यस्ता असरलाई कम गर्नसमेत यस अभियानले टेवा पुग्ने बताए । दुर्घटना न्यूनीकरण गर्ने दायित्व प्रहरीको मात्रै नभइ व्यवसायी र… पुरा पढौ