समाचार

कास्की-३ मा रास्वपाको उम्मेदवार बिना

पोखरा, माघ ५ कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिना गुरूङलाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रास्वपाले कास्की-३ मा गुरुङलाई टिकट दिएको हो । यसअघि यस क्षेत्रमा एमालेका दामोदर पौडेल बैरागी बिजयी भएका थिए । जेनजी आन्दोलनका कारण कार्यकाल पूरा नभई विघटित प्रतिनिधि सभा सदस्य रहेका बैरागी यस पटक पनि एमालेबाट उम्मेदवार बनेका छन् । यस क्षेत्रमा नेकपाले प्रेम पौडेललाई उम्मेदवार बनाएको छ भने कांग्रेसले हालसम्म उम्मेदवार टुंग्याएको छैन… पुरा पढौ

सोनाम ल्होसारले मौलिक संस्कृतिको संरक्षणमा योगदान पुर्‍याएको छः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गरेका छन् । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा योगदान पुर्‍याएको उल्लेख गरे । पर्वले नेपाली–नेपालीबीच आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, आर्थिक रुपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् । सोनाम ल्होसार पर्व… पुरा पढौ

कास्की-२ मा रास्वपाको उम्मेदवार उत्तम पौडेल

पोखरा, माघ ५ कास्की क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उत्तम पौडेललाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रास्वपाले कास्की २ मा उत्तमलाई टिकट दिएको हो । पौडेल पूर्व पत्रकार हुन् । उनी रास्वपा सभापती रवि लामिछानेका प्रिय पात्र मध्येका एक हुन् । लामिछानेले न्यूज ट्वान्टी फोर टिभी र ग्यालेक्सी टिभीमा सिधा कुरा कार्यक्रम चलाउँदा कास्कीको मुकाम पोखराबाट उनै पौडेलले ब्यूरो प्रमुख भएर रिपोर्टिङ गर्थे । पुरा पढौ

पोउवाद्वारा विपन्न बस्तीका बालबालिकालाई जीवनपयोगी शिक्षा

पोखरा, ४ माघ । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले बाल क्लब पदाधिकारी लक्षित दुईदिने जीवनोपयोगी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा बालबालिकाहरूलाई जीवनोपयोगी सीप,नेतृत्व विकास,आत्मविश्वास अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।प्रशिक्षणमा बालमनोविद तथा शिक्षक प्रेमनारायण पोखरेल‘पानी पोखरेल’ले सहजीकरण गरेका थिए । किडासाको सहयोगमा माघ २ र ४ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा पोखरा नगर क्षेत्रभित्रका ९ ठाउँमा रहेका अव्यवस्थित बस्तीका ७६ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास… पुरा पढौ

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखरा ।२०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भिजिट तथा साक्षात्कार कार्यक्रममा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र सृष्टी श्रेष्ठ सहभागी भएका हुन् । कार्यक्रममा उपस्थित दर्शकले सिनेमाप्रति दिएको प्रतिक्रिया अत्यन्तै प्रशंसालायक देखियो । साक्षात्कारका क्रममा अधिकांश दर्शकले सिनेमाको कथावस्तु मन परेको प्रतिक्रिया दिएका थिए। समय सान्दर्भिक विषयवस्तु, पारिवारिक कथा र सामाजिक सन्देशले आफूहरूलाई छोएको दर्शकको भनाइ थियो। हल भिजिटपछि कलाकारहरूसँग फोटो… पुरा पढौ

कास्की २ मा नेकपाको उम्मेदवार किरण थापा (आमोद)

पोखरा, माघ ४ नेपाली कम्युनिष्ट पार्टीले कास्की क्षेत्र नम्बर–२ मा किरण थापा (आमोद)लाई उम्मेदवार बनाएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि आमोदलाई कास्की २ बाट चुनाव लड्नका लागि टिकट दिएका हुन् । किरण थापा भनेर चिनिने उनको उपनाम आमोद र नागरिकताको नाम हेमबहादुर थापा हो । पोखरा–३३ भरतपोखरी घर भएका उनी जनयुद्दका कुशल कमाण्डर हुन् । प्रचण्ड र बाबुरामलाई मिलाउन गरेको भरमग्दूर प्रयास खेर गएपछि उनी… पुरा पढौ

निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागू गरेको उनले बताए । त्यसका लागि माघ ६ गते मङ्गलवार उम्मेदवारी मनोनयनको समय तोकिएको छ । यसअघि… पुरा पढौ

तनिस र सृजलको भ्रमित सार्वजनिक

पोखरा, माघ ४ पोखरेली कलाकार तनिस कतिला र सृजल लामिछानेको भ्रमित गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रदीप श्रेष्ठको निर्देशनमा बनेको म्यूजिक भिडियो शनिबार यूट्यूवमार्फत सार्वजनिक गरिएको हो । गीतको लेखन, कम्पोज र प्रस्तुती तनिस र सृजलको रहेको छ । अडियो लाईब्रेरी नेपालमा रेकर्ड गरिएको सो गीतको एरेञ्ज, मिक्सिङ र मास्टरिङ रोहित रञ्जितले गरेका छन् । रोहितले गितारमासमेत साथ दिएका छन् । चार वर्षअघि रेकर्डिङ गरिएको सो गीतको म्यूजिक भिडियोमा अव्यक्त प्रेम र असमञ्जस्यतालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ… पुरा पढौ

रास्वपाबाट भावी प्रधानमन्त्रीका रुपमा घोषित बालेनले दिए पदबाट राजिनामा

पोखरा, माघ ४ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न लागेका मेयर शाहले आज पदबाट राजिनामा दिएका हुन् । उनले आज दिउँसो उपमेयर सुनिता डंगोल समक्ष राजिनामा दिएको उनी निकट श्रोतले जनाएको छ । बालेन झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने चर्चा छ । जुन क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यस भिडन्तलाई यस पटकको निर्वाचनको सबैभन्दा… पुरा पढौ

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार पत्रकार धन र सागरलाई

पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना सम्मानीत हुन लागेका हुन् । नारायण कार्की संयोजक रहेको प्रतिभा छनोट समितिले छनोट गरेको नाम महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । समितिका सदस्यमा राजेन्द्र अधिकारी, मोतिसागर अधिकारी, माधवप्रसाद बराल र भूपाल गुरुङ थिए । टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारको राशी नगद २५ हजार १११ रहेको छ । सम्मानीत… पुरा पढौ