समाचार

निर्वाचन आचारसहिंता पालना गर्ने कास्कीमा सर्वपक्षीय प्रतिबद्धता

कास्कीका राजनीतिक दल, उम्मेदवार, पत्रकार लगायतले निर्वाचन आचारसहिंता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी सर्वदलीय÷सर्वपक्षीय बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको हो । नेपाली कांग्रेस, कास्कीका सचिव देवेन्द्र रानाभाटले स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन सफल पार्नु सबैको दायित्व भएको बताए । आचारसंहिता पालनामा मुख्य गरी राजनीतिक दल र उम्मेदवारहरु बढी जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले उम्मेदवारले भयरहित वातवरणमा आफूले… पुरा पढौ

बागलुङ १ मा राजेन्द्र शर्माले उज्यालो नेपालबाट उम्मेदवारी दिने

पोखरा, माघ ५ बागलुङ १ मा राजेन्द्र शर्माले उज्यालो नेपालबाट उम्मेदवारी दिने भएका छन् । रास्वपाबाट उम्मेदवारको आकांक्षी रहेका उनलाई रास्वपा नेतृत्वले टिकट नदिएपछि उज्यालो नेपालबाट उम्मेदवारी दिन लागेका हुन् । उज्यालो नेपालले आफूलाई उम्मेदवारको टिकट दिएको उनले जानकारी दिए । पोखरामा बसेर पत्रकारिता गर्दै आईटी र कन्सल्टेन्सी व्यवसाय गर्दै आएका शर्मा रास्वपाबाट राजनीति गर्ने भन्दै बागलुङ फर्किएका थिए । तर अन्तिम समयमा टुरिष्ट उम्मेदवारलाई टिकट दिएपछि उनले रास्वपाबाट विद्रोह गरेका हुन् । बागलुङमा रास्वपाको जग बसाल्ने श्रेय शर्मालाई जान्छ… पुरा पढौ

कास्की २ मा एमालेको उम्मेदवार परिवर्तन, कृष्ण थापा व्याक, रस्मीलाई टिकट

सन्देश श्रेष्ठपोखरा, माघ ५ कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ । कृष्ण थापालाई उम्मेदवार बनाएको एमालेले अन्तिम समयमा आएर उम्मेदवार परिवर्तन गर्दै रस्मी आचार्यलाई उम्मेदवार बनाएको हो । यसअघि थापालाई उम्मेदवार बनाएपछि एमाले कास्कीमा असन्तुष्टि छाएको थियो । थापाले बारम्बार अवसर पाएको भन्दै एमालेकै नेताहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा विरोध गरेका थिए । उम्मेदवार बनेका स्वयम् थापाले पनि आफ्नो उम्मेदवार बन्ने ईच्छा नरहेको बताएका थिए । तर आज एकाएक एमालेले रस्मीलाई उम्मेदवार बनाएपछि कास्की २… पुरा पढौ

कास्की-१ मा रास्वपाको उम्मेदवार गनेस

पोखरा, माघ ५ कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गनेस पौडेललाई उम्मेदवार बनाएको छ । रास्वपाले गनेसलाई कास्की-१ मा उम्मेदवार हुनका लागि टिकट दिएको हो । पौडेल २०७९ सालमा पोखरा महानगरपालिकाको मेयर पदमा अटेरी उम्मेदवारका रुपमा लौरो चुनाव चिह्नबाट उम्मेदवार बनेका थिए । केहि समयअघि मात्रै उनी बालेनसँगै रास्वपा प्रवेश गरेका थिए । पोखरा–१४ भोटेचौतारा घर भएका पौडेल लेखक हुन् । उनले उपन्याससहित अंग्रेजी र नेपालीमा कथा, कविताहरु लेखेका छन् । पुरा पढौ

भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय स्वाधीनता र भू–राजनीतिक सन्तुलनको आवश्यकताले आफूले गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिन लागेको बताए । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले यसअघि चुनाव नलड्ने घोषणा गरेको भए पनि पछिलो राजनीति परिस्थिति र गोरखाका जनताको अनुरोधलाई स्वीकार गरेर आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन लागेको बताएका हुन् । “प्रतिनिधिसभा राज्यको जनप्रतिनिधिको सर्वोच्च थलो भएकाले त्यहाँ रहेर नै राष्ट्रिय स्वाधीनता, सर्वभौमसत्ता र सुरक्षा नीतिसम्बन्धी महत्वपूर्ण… पुरा पढौ

बन्दीपुर मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरका १८ वर्षीय मिनीराजप्रसाद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनको आज बिहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको नायब उपरीक्षक विकले बताए । डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको प्रदेश ३–००८ प ४२५० नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक ललितपुर निवासी १८ वर्षीय आदर्श लिम्बू… पुरा पढौ

म्याग्दीको रुम–ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले रुमदेखि ताराखोलातर्फ सडक स्तरोन्नतिको काम थालेको हो । विसं २०८२ असार ४ गते रु दुई करोड ११ लाख ३० हजारमा ठेक्का सम्झौता गरेको सोमरस निर्माण सेवाले सडक फराकिलो पार्ने, नाली र पर्खाल निर्माणको काम थालेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बाँनियाका अनुसार योजनाको हालसम्म १० प्रतिशत भौतिक प्रगति भएको छ । ठेक्काको अवधी १८ महिनाको… पुरा पढौ

निर्वाचनसम्बन्धी जानकारी लिन‘कल सेन्टर’को शुभारम्भ

मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘कल सेन्टर’ मा छवटा डेस्क स्थापना गरिएको छ । ती डेस्कबाट एकसाथ मतदाताको जिज्ञासाको समाधान गरिने उनले सुनाए । कामको चापअनुसार डेस्क बढाउन पनि सकिने जनाइएको छ । ‘कल सेन्टर’ मा गण्डकी प्रदेशबाट फोन गरेका पहिलो व्यक्तिले यसअघि प्रकाशित भइसकेको लोकसेवा आयोगको परीक्षा निर्वाचन… पुरा पढौ

गणित शिक्षा परिषद् कास्कीले गर्यो शिक्षक सम्मान

गणित शिक्षा परिषद् कास्कीको विभिन्न विधामा योगदान पुर्याउने शिक्षकलाई सम्मान गरेको छ । परिषद्को आयोजनामा १८ औं गणितीय हाजिरीजवाफ तथा शिक्षक सम्मान कार्यक्रम विभिन्न विधामा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। सामुदायिक विद्यालयतर्फ इन्द्रराज्यलक्ष्मी मा विका प्रधानाध्यापक केशव अमागाईं, संस्थागत विद्यालयतर्फ सेन्ट मेरीज स्कुलका श्यामचन्द्र अगान्जा, विश्वविद्यालयतर्फ पृथ्वी नारायण क्याम्पसका डिल्लीराम अधिकारी, गणित शिक्षा परिषदका सदस्य मध्ये विद्यावारीधी सम्मानतर्फ त्रिभुवन विश्वविद्यालयका बद्री पगेनी र पोखरा विश्वविद्यालयका प्राध्यापक माधवप्रसाद पौडेललाई सम्मान प्रदान गरिएको थियो। त्यस्तै परिषद्का संस्थापक सदस्य राम हाडालाई… पुरा पढौ

सुविधा सहकारीको रजत महोत्सव सम्पन्न

पोखरा ८ सिमलचौरमा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्था को २५ औँ वार्षिक उत्सव तथा रजत महोत्सव विविध कार्यक्रमहरू सहित समापन गरिएको छ। स्थानीय युवाहरूद्वारा सामाजिक गतिविधि आर्थिक सहभागिता गराउने उद्देश्यले स्थापित सहकारीले २८ करोडको कुल कारोबार सहित सामाजिक क्रियाकलापहरु गर्दै आएको सचिव वीरबहादुर अधिकारीले बताए । सो महोत्सवको शुभारम्भ गर्दै सहकारीका पूर्व अध्यक्ष एवं पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले उत्कृष्ट विद्यार्थी कर्मचारीलाई सम्मान गर्दै सहकारी गतिविधिले समाजमा आर्थिक सहभागिता बढाउन महत्वपूर्ण योगदान गरेको बताएका… पुरा पढौ