समाचार

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सञ्चालन भएपछि जिल्लावासीलाई सहज भएको छ । शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै भएपछि पोखरा जाँदा हुने खर्च र समयको बचत भएको बताए । “पोखरा जानुपरेको भए रु एक लाखभन्दा बढी खर्च हुने रहेछ”, उनले भनिन्, “बेनीमै एपेन्डिसको शल्यक्रिया भएपछि रु १० हजारलेनै पुग्यो ।” सहरका सरकारी अस्पतालमा बेड… पुरा पढौ

गण्डकीका ३ जिल्लामा निर्वाचन प्रहरीमा आवेदन कम परेपछि म्याद थप

कास्की, बागलुङ, मुस्ताङलगायत जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि दरखास्त दिने म्याद दुई दिन थप गरिएको छ । यसअघि गत पुस २५ गतदेखि बिहीबारसम्म दरखास्त माग गरिएकामा आवेदन कम परेको हुनाले शनिबारसम्म म्याद थप गरिएको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति कास्कीले जनाएको छ । समितिका सदस्य सचिव एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार कास्कीमा दुई हजार ३०३ निर्वाचन प्रहरी परिचालन गरिने भएको छ । निर्वाचन प्रहरीमा भर्नाका लागि जिल्ला… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख समक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेश

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष गुरूङले प्रतिवेदन हस्तान्तरण गरे । प्रदेश प्रमुख भट्टले यस आयोग मुलुकमा वित्तीय संघीयता लागू गर्ने आर्थिक पाटोतर्फको मेरुदण्ड भएको उल्लेख गर्दै पर्याप्त प्राकृतिक श्रोतले पूर्ण भएप्नि देशले पर्याप्त लाभ लिन नसकिएकोमा चिन्ता व्यक्त… पुरा पढौ

निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज भरतपुरमा उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताए । उनले भने, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरी हल्ला थियो । तर चुनाव भयो ।” राजनीतिक दल र जनता अघि बढीसकेकाले अब पनि चुनाव हुन्छ की हुँदैन भनेर अन्योलतामा नबस्न संयोजक दाहालले आग्रह… पुरा पढौ

पोखरामा अन्तरविद्यालय टि-१० क्रिकेट प्रतियोगिता हुने, १४ टिमबीच प्रतिष्पर्धा

पोखरा माघ २ पोखरामा दश जोड दुई (+२) स्तरीय अन्तरविद्यालय टि-१० क्रिकेट प्रतियोगिता हुने भएको छ । लियो क्लव अफ पोखरा सेन्ट्रलको आयोजनामा यहि माघ ४ गतेदेखि ८ गतेसम्म पोखरा महानगर स्तरीय अन्तरविद्यालय एलिट ट्रफी टि-१० क्रिकेट प्रतियोगिता हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पावरहाउस क्लासर्स र पोखरा फिनिक्स क्रिकेट क्लबसँगको सहकार्यमा पोखरा-५ मालेपाटन खेल मैदानमा हुने प्रतियोगितामा १४ टिम सहभागी हुने प्रतियोगिता संयोजक तथा लियो जिल्ला परिषद ३२५ एम नेपाल एमका विभागीय अध्यक्ष सुन्दर कार्कीले… पुरा पढौ

पोखरामा बोधीसत्व स्वामी आनन्द अरुणको उपस्थितिमा ओशो मेगा क्याम्प हुने

सन्देश श्रेष्ठपोखरा, माघ २ पोखरामा माघ तेस्रो साता ओशो मेगा क्याम्प हुने भएको छ । ओशो उपवन पोखराको आयोजनामा पोखरामा यहि माघ १७ गते शनिबार ओशो मेगा क्याम्प हुने भएको हो । पोखरा–५ प्रस्याङस्थित ताजमहल ईभेन्ट सेन्टरमा आयोजना हुने क्याम्प बोधीसत्व स्वामी आनन्द अरुणको उपस्थितिमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिईयो । एक दिने ओशो शिविर माघ १७ गते विहान ७ बजेदेखि शुरु भई साँझ ५ः३० बजेसम्म चल्नेछ । जहाँ ओशोद्वारा प्रतिपादित योग र ध्यान सिकाईने बोधीसत्व स्वामी… पुरा पढौ

पोखराका व्यवसायी नविन र श्रवणलाई मातृ शोक

पोखराका व्यवसायी नविन द्वा तथा श्रवण द्वालाई मातृ शोक परेको छ । ममतामयी माता बद्रीमाया द्वाको ८९ वर्षको उमेरमा गएराति आफ्नै निवास पोखरा ४ गणेशटोलमा निधन भएको नेवा खल कास्कीका अध्यक्ष एवं शिक्षासेवी अशोक पालिखेले जानकारी दिए । स्व।बद्रीमायाको आजै पोखरा महानगरपालिका वडा नं ९ स्थित रामघाटमा अन्त्येष्टि गरिएको छ । यस अघि उनको पार्थिव शरिरमा छोराहरु नविन र श्रवण ले दागबत्ती दिएका थिए । गणेशटोलबाट शुरु भएको शवयात्रामा सहभागिले पुष्पगुच्छा सहित अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । बद्रीमाया लामो… पुरा पढौ

कांग्रेसको आधिकारिकता दाबी गर्दै देउवा पक्षले दियो निर्वाचन आयोगमा निवेदन

नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्न संस्थापन सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन आयोग पुगेर कागजात बुझाएको छ । ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाणसहित सो पक्षले निवेदन दिएको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गरे । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यसहित आयोगमा पुगेका उनले पार्टीका कागजात बुझाउँदै समस्या समाधानका लागि आग्रह गरे । कार्यवाहक सभापति खड्काले दल विभाजनका सन्दर्भमा आयोगका… पुरा पढौ

एमाले केन्द्रीय कार्यालयमा जिल्ला तहबाट उम्मेदवारको नाम प्राप्त

नेकपा एमाले केन्द्रीय कार्यालयले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तल्लो तहबाट आकाङ्क्षी उम्मेदवारको सिफारिस नाम प्राप्त गरेको छ । जिल्ला हुँदै प्रदेश कमिटीले निर्वाचनका लागि पठाएको नाममा केन्द्रीय कार्यालयलाई प्राप्त भएको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए । उनले चाँडै नै निर्वाचन लागि प्राप्त भएका उम्मेदवारका विषयमा टुङ्गो लगाइने बताए । “सबै जिल्ला हुँदै प्रदेश कमिटीबाट आगामी निर्वाचनका लागि उम्मेदवारका नाम आएका छन्”, उनले भने, “कुनै निर्वाचन क्षेत्रबाट एकल र कुनैबाट एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस… पुरा पढौ

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड रेकर्ड राख्न सफल दिनेश सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । इन्टरनेशनल इन्टर्नशीप युनिभर्सिटीले हालै स्पोर्टस् साइन्स एण्ड ह्युमन पर्फमेन्समा मानार्थ विद्यावारिधि दिएको हो । विश्वभर केबल असाधारण नेतृत्व र प्रेरणादायी योगदान दिने व्यक्तिहरूलाई प्रदान गरिने सो उपाधि अन्तरराष्ट्रिय रूपमा प्रशंसित पार्कर खेलाडी, उत्कृष्ट जिम्नास्ट, स्टन्ट कलाकार र सहनशीलताको विश्व दूतका रूपमा अन्तरराष्ट्रिय ख्याति कमाएका नेपालका डा सुनारले पहिलोपटक पाएका हुन् । सन् २०२५ मा विश्वभरबाट उनीसहित जम्मा चार… पुरा पढौ