समाचार

फेरी अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ स् मौसमविद्

काठमाण्डौं । विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । आज रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले आइतबारदेखि मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले जानकारी दिनुभयो । “आइतबारदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि पुन : अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ”, उनले भने । राति प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली… पुरा पढौ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार

काठमाण्डौं । म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी बिहीबार हुने भएको छ । यही माघ २७ गते अपराह्न २ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, ललितपुरमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ । रासस पुरा पढौ

भर्चुअल माध्यमबाट गण्डकी प्रदेशसभाको चौथो वार्षिकोत्सव

पोखरा । गण्डकी प्रदेशसभाले आफ्नो चौथो वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना महामारीका कारण प्रदेशसभा सचिवालयले वार्षिकोत्सवलाई भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गण्डकी प्रदेश नेपालको मध्यभागमा परेको र नेपालको राज्य एकीकरण पनि यहीँबाट सुरु भएको जनाउँदै यहाँ गरिने जुनसुकै निर्णयले समग्र राष्ट्रमा नै महत्वपूर्ण प्रभाव पार्ने बताए। विकासका निम्ति सधैं आकांक्षी हुनुपर्ने उल्लेख गर्दै उनले सङ्घीयताको मर्म र भावनाअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । केन्द्रमुखी प्रवृत्ति अझै पनि कायम रहेको जनाउँदै पूर्वप्रधानमन्त्री भट्टराईले… पुरा पढौ

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट र कुमुदिनी होम्सले पोखरा म्याराथनलाई साथ दिने

पोखरा । पोखरा १४ स्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज र कुमुदिनी होम्स माविले पोखरा म्याराथनलाई साथ दिने भएका छन् । यहि फागुन ७ गते शनिवार आयोजना हुने “१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन”लाई पोखराका दुई शिक्षालयहरुले साथ दिने भएका हुन् । पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमि पुरुष तर्फको प्रथम पुरस्कार राशी नगद २० हजार नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले प्रदान गर्नेछ भने कुमुदिनी होम्स माविले छात्रतर्फको ५ किमि दौडको प्रथम पुरस्कार राशी १२ प्रदान गर्नेछ… पुरा पढौ

स्थापना दिवसमा प्रेस चौतारी कास्कीको शुभकामना

पोखरा । प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा कास्की शाखाले शुभकामना व्यक्त गरेको छ । प्रेस चौतारी कास्कीले शुभकामना वक्तव्य जारी गर्दै आज प्रेस चौतारी नेपाल देशभरीका श्रमजीवी पत्रकारहरुको अभिभावक संस्था बन्न सकेकोमा कास्की शाखा त्यसको हिस्सेदार हुँदा गौरवान्वित महशुस गरेको उल्लेख गरेको छ । शाखाका अध्यक्ष अर्जुन गिरीले स्थापना दिवसको अवसरमा यसअघिका वर्षहरुमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेकोमा यस वर्ष कोरोना महामारीका कारण र प्रशासनको स्वास्थ्य मापदण्ड सम्बन्धी निर्देशनको कार्यान्वयनका लागि कार्यक्रम आयोजना गर्न असमर्थ रहेको बताएका छन् ।… पुरा पढौ

माछापुच्छ्रे वडा नम्बर २ र ३ जोड्न सार्दीखोला घाचोक मोटरेवल पुल निर्माण धमाधम

पोखरा, माघ २२ कास्कीको माछापुच्छ«े गाउँपालिकाको सार्दीखोला र घाचोक जोड्न सेती नदीमा पुल बनाउन थालिएको छ । माछापुच्छ«े गाउँपालिकाको वडा नम्बर २ मा पर्ने सार्दीखोला र वडा नम्बर ३ मा पर्ने घाचोक जोड्नका लागि सेती नदीमा ‘सार्दीखोला–घाचोक मोटरेबल पुल’ बनाउन थालिएको हो । पुलको शनिबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शिलान्यास गरे । शनिबार शिलान्यास गरिएपनि पुल निर्माण पहिल्यै शुरु भइसकेको थियो । पुलको हालसम्म २० प्रतिशत आर्थिक प्रगति भएपनि १० प्रतिशत निर्माण कार्य सकिएको छ । गण्डकी प्रदेश सरकारको… पुरा पढौ

‘प्रतिगमनलाई समूल रुपमा अन्त्य गर्नुपर्छ’

पोखरा, माघ २२ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रतिगमनलाई समूल रुपमा अन्त्य गर्नुपर्ने बताएका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने ‘सार्दीखोला–घाचोक मोटरेवल पुल’को शिलान्यास गर्दै मन्त्री बरालले प्रतिगमनलाई कुनैपनि रुपमा स्पेस दिन नहुने बताएका हुन् । प्रतिगमन रुप फेरेर आउनसक्नेतर्फ सबै सचेत हुनुपर्ने बताउँदै उनले भने,‘प्रतिगमन हिजो एउटा रुपमा थियो, प्रतिगमनको रुप अहिले फेरिएको छ तर फेरीपनि यसले कुनैपनि बेला टाउको उठाउन सक्छ, तर यसलाई कुनैपनि हिसाबले स्पेस दिनु हुँदैन, यसलाई समूल रुपमा अन्त्य गर्नुपर्छ’–उनले… पुरा पढौ

बेहुली लिएर जाँदै गरेको जीप दुर्घटना, आठ जनाको मृत्यु, बेहुला–बेहुलीसहित ५ घाइते

प्यूठान । प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दुर्घटना हँुदा आठ जनाको मृत्यु भएको छ । तीमध्ये घटनास्थलमा ६ र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनामा बेहुला र बेहुलीसहित पाँचजना घाइते भएका छन् । लुङबाट विवाह सकेर राति बेहुली लिएर फर्किएको जन्तीसहितको ग१ख ५०९२ नंको जीप गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्थानमा शनिबार बिहान ३ बजेको समयमा सडकदेखि करिब १५० मिटर तल खसेर… पुरा पढौ

चिनियाँ राष्ट्रपतिद्वारा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता

एजेन्सी । चीनका राष्ट्रपति सि जिनपिङले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन् । चीनको संघीय राजधानी बेइजिङमा शुक्रबारदेखि सुरु भएको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिताका लागि आएका राष्ट्र तथा सरकार प्रमुखहरूसँग उनले भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा उनले सबै राष्ट्र तथा सरकार प्रमुखहरूसँग दुई पक्षीय हित, आपसी सम्बन्ध, सहकार्य र सहयोग आदान प्रदानका बारेमा छलफल गरेका थिए । त्यसैगरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका विषय, शान्ति र स्थायित्वका बारेमा पनि उनीहरूका बीचमा छलफल भएको अधिकारीहरूले जनाएका छन् ।… पुरा पढौ

भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प

एजेन्सी । भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ । स्थानीय समय अनुसार शुक्रबार राती भूकम्प आएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् । रासस/एएनआइ पुरा पढौ