समाचार

नेराशिसं कास्कीका प्रधानाध्यापकहरुको भेला सम्पन्न

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका प्रधानाध्यापकहरुको जिल्ला भेला सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष तथा नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले शैक्षिक, भौतिक, सांगठनिक, सहकारी विकासको नेतृत्वको अनुभव, चुनौति र समाधानका सुझाव, शिक्षक निय्क्ती, सरूवा, बढुवामा सहजिकरण र माध्यमिक शिक्षा कल्याणकारी कोषको कार्यप्रगति बारे रिपोर्टिङ गरेका थिए । सहभागी प्रधानाध्यापकहरुले सरकारको शिक्षा क्षेत्रप्रतिको उदासिनतामा सरकारलाई निरन्तर खवरदारी गर्ने, संविधान, ऐन र नियमावली संसोधन गर्नुपर्ने ,राहत, करार, उमावि, इसिडी दरवन्दीको स्थायी व्यवस्थापन गर्नुपर्ने, शिक्षक बढुवा निश्चित समयमा… पुरा पढौ

तनहुँको व्यास नगरद्वारा ४ विधेयक पारित

तनहुँ । व्यास नगरपालिकाको शुक्रबार सम्पन्न ३६ औँ नगर सभाले चार विधेयक र तीन संशोधन ऐन पारित गरेको छ । स्थानीय बजार व्यवस्थापन विधेयक २०७८, व्यास नगरपालिका सुशासन विधेयक २०७८, खेलकुद विकास विधेयक, २०७८ र कर्मचारी कल्याण कोष सञ्चालन(कार्यविधि) विधेयक २०७८(पारित) गरेको हो । त्यसैगरी, आर्थिक ऐन २०७८, विनियोजन ऐन २०७८, व्यास नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन २०७८(संशोधन) गरेको छ । आ.व २०७८/०७९ को लागि ३५ औँ नगर सभामा नगर प्रमुख बैकुण्ठ न्यौपानेबाट प्रस्तुत नीति तथा कार्यक्रम र… पुरा पढौ

विद्युतीय कारोबारमा ठगीको गुनासा बढेः सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाण्डौं । पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको देखिन्छ । केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै रु ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ । जसमा आरटिजिए मार्फत मात्रै ३४ खर्ब ७७ अर्ब भन्दा बढीको कारोबार भएको छ । बैंकको विवरणानुसार गत आवको… पुरा पढौ

भोलिदेखि मौसममा सुधार

काठमाण्डौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षा समेत भइरहेको छ । अपरान्हपछि उपत्यकाको मौसममा सामान्य सुधार आउने जनाइएको छ । प्रतिकूल मौसमकाबीच त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान सञ्चालन… पुरा पढौ

गृहमन्त्रीद्वारा विपद् प्रभावितलाई राहत दिन निर्देशन

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँणले तराइमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबं राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराइका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् । शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका… पुरा पढौ

प्रतिकूल मौसमका कारण मह उत्पादनमा कमी

लमजुङ । लमजुङमा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष आठ टन मह उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष ११ हजार ५०० मौरी घारबाट ३० टन मह उत्पादन भएको छ… पुरा पढौ

पत्रकार राईको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

काठमाण्डौं । नेपाल पत्रकार महासङ्घले पत्रकार कमलराज राईको निधनप्रति दुःख व्यक्त गरेको छ । महासङ्घ, काठमाडौँ शाखाका कार्यसमिति सदस्य कमलराज राईको हृदयघातका कारण ४५ वर्षको उमेर बिहीबार दिउँसो निधन भएको थियो । हृृदयघात भएपछि उपचारका लागि तत्काल मित्रपार्कस्थित नेपाल–भारतमैत्री अस्पताल पु¥याएका पत्रकार राईको उपचारकै क्रममा सोही दिन ४ बजे निधन भएको थियो । लामो समयदेखि काठमाडौँमा रही सक्रिय पत्रकारिता गरिरहेका पत्रकार राई पछिल्लो समय प्रभाव दैनिकमा सम्पादकका रूपमा कार्यरत थिए । महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पत्रकार राईको निधनले नेपाली… पुरा पढौ

पोखराका ३१ स्थानबाट एकै पटक मोर्डना खोप लगाइँदै (कहाँ–कहाँ सहित)

पोखरा । पोखरामा माघ अन्तिम साता विभिन्न ३१ स्थानमा एकैपटक कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले आज एक सुचना प्रकाशित गर्दै आगामी माघ २४ र २५ गते यसअघि कोभिड – १९ विरुद्धको मोर्डना खोपको पहिलो मात्रा प्राप्त गरेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका नागरिकलाई लक्षित गर्दै अभियान सञ्चालन गर्न लागिएको जनाएको छ । यसअघि मोर्डना खोप लगाएको एक महिना पुगेका सो उमेर समूहका नागरिकले खोप कार्डसहित उपस्थित हुनका लागि सूचनामा भनिएको छ… पुरा पढौ

पुलिस र च्यासल युथ क्लबवीचको खेल तालिका फेरि परिवर्तन

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको नवौ चरण अन्र्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल तालिका पुनःपरिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोलि शनिबारका लागि तय गरेको पुलिस र च्यासलबीचको खेल वर्षाका कारण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदान खराब भएपछि खेलतालिका परिवर्तन गरिएको एन्फाले जनाएको छ । उक्त खेल अब यही माघ २६ गते हुनेछ । नवौं चरणअन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो तर, च्यासलका नौ खेलाडीमा… पुरा पढौ

बिहानी सहकारीका सदस्यलाई लाईफकेयर ल्याबमा ३० प्रतिशतसम्म छुट

पोखराको न्युरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रा।लि। ९लाइफकेयर ल्याब०ले सभागृहचोकमा मुख्य कार्यालय रहेको विहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई छुट दिने भएको छ । लाईफकेयर ल्याब र विहानी सहकारीबीच छुट सम्झौता भएको हो । सम्झौतापत्रमा लाइफ केयरका प्रवन्ध निर्देशक शुक्रराज कडेंल, प्याथोलोजी विभागका प्रमुख सुमनराज पौडेल र सहकारीको तर्फबाट अध्यक्ष धर्मराज भण्डारी र सचिव सुजनबाबु अधिकारीले शुक्रबार हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार अब लाइफकेयर ल्याबमा सहकारीका सदस्यले ल्यावमा परीक्षण गर्दा ३० प्रतिशत सम्म छुट प्राप्त गर्ने सम्झौता पत्रमा उल्लेख… पुरा पढौ