समाचार

विवेकशील साझाका वडाध्यक्षसहित राष्ट्रिय नागरिक पार्टीमा प्रवेश

पोखरा । विवेकशील साझा पार्टीका वडा अध्यक्ष सहित विभिन्न पार्टीका २५ जना कार्यकर्ता राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गरेका छन् । विवेकशील साझा पार्टी पोखरा २१ का अध्यक्ष छबिलाल सुनारलाई राष्ट्रिय नागरिक पार्टीका सहमहामन्त्री सागर कार्की, केन्द्रिय सदस्यहरु कृष्ण रानाभाट र लक्ष्मण सुनारले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सहमहामन्त्री सागर कार्कीले काँग्रेस, कम्युनिष्टले देशलाई वर्वादीतर्फ लगेको, जनता सिटामल नपाएर मर्नु परेको अवस्थामा कुनै सुधार नआएको कारण देशमा नयाँ पार्टीको आवश्यकता रहेको वताएका… पुरा पढौ

मनाङलाई टाइब्रेकरमा हराउँदै एपिएफले चुम्यो आहा ! रारा गोल्डकपको उपाधि

पोखरा, माघ १५ पोखरामा भएको आहा ! रारा गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लवले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा सर्बाधिक ६ पटकको उपाधि बिजेता मनाङ मस्र्याङ्दी क्लवलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै एपिएफले पहिलोपटक उपाधि चुम्दै इतिहास रचेको हो । यसअघी एपिएफ क्लव २०६४ सालमा फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन । नेपाल पुलिस क्लवसँग फाइनल खेलेको एपिएफले त्यसबेला २–० ले नतिजा सुम्पिदै उपाधिबाट बञ्चित हुनु परेको थियो । बिजेता बनेको एपिएफ क्लवले नगद १०… पुरा पढौ

गाउँमै प्रयोगशाला, गर्भवतीलाई सजिलोे

बागलु प्रयोगशाला सेवा पाएपछि ग्रामीण स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढेको छ । गलकोटस्थित हटिया स्वास्थ्य चौकी र बडिगाडको ग्वालिचौर स्वास्थ्य चौकीमा सुत्केरी हुनेको सङ्ख्या बढेको हो । सामान्य समस्या भएपछि प्रयोगशाला अभावमा बाहिर रिफर हुने बिरामी र गर्भवतीलाई ती स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले पनि अन्यत्र नजान सुझाव दिन थालेका छन् । पछिल्लो दुई वर्षदेखि सञ्चालित ल्याबमा सबै प्रकारका परीक्षण सम्भव भएको हो । गलकोट नगरपालिका–३ बस्ने गोमा अर्गेजा अघिल्लो महिना हटिया स्वास्थ्य चौकीमा पुगेर सुत्केरी हुँदा ल्याब सेवा पनि पाएकाले… पुरा पढौ

विष्फोटमा तीनजना घाइते

अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा भएको बम विष्फोटमा तीन जना घाइते भएको पजवोक अफगान समाचारले जनाएको छ। एक अधिकारीलाई उद्धृत गर्दै समाचार आउटलेटले शुक्रबार जनाएअनुसार प्रान्तको नाद अली जिल्लामा विष्फोटमा तीन जना सर्वसाधारण घाइते भएका छन्। जनवरी २२ मा पश्चिमी अफगानिस्तानको हेरात शहरमा भएको विष्फोटमा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका थिए । हेरात प्रान्तको राजधानी एम्ज्ञद्द मा एउटा मिनीबसमा बम विष्फोट भएको टोलो न्यूजले जनाएको छ। मृत्यु हुनेमा कम्तीमा चार जना महिला पनि रहेको प्रतिवेदनमा उल्लेख… पुरा पढौ

अव्यवहारिक शुल्क रोक्न आग्रह

मोरङ । मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालबाहक सवारी साधनबाट लिने गरिएको अव्यवहारिक शुल्क÷जरिवानाका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञानपन पत्र बुझाएको छ । अध्यक्ष रिजालले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारी साधन फिर्ता जाने क्रममा मोरङ र सुनसरीमा केही निकायबाट विभिन्न शीर्षकमा शुल्क÷जरिवाना असुल्ने कार्य भईरहेको बताए । उनले औद्योगिक प्रयोजनले विराटनगर नाका मार्फत नेपाल भित्रिनु पर्ने भारतीय सवारी… पुरा पढौ

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

रामपुर । कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या त्यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अहिले दैनिक चार सय हाराहारी मानिसहरु आउने गरेको डुङ्गा चालक भगवान देवकोटा बताए ।उनले भने, “माघे सङ्क्रान्ति पश्चात् मानिसहरु दिनहुँ बढेका छन्, हामीलाई पनि डुङ्गा चलाउने काम पुगेकै छ, जाडोको समय… पुरा पढौ

खाँडाचक्रमा डडुवा रोगले आलु नष्ट

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका–११ स्थित रेगिल गाउँका किसानहरुले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ । डडुवा रोगले स्थानीय किसानहरुले करिब पाँच बिगाहा जमिनमा लगाएको आलु बाली नष्ट भएको हो । आलुबाट आम्दानी राम्रो हुने भएकाले पुरै गाउँका किसानहरुले आलु लगाएको तर रोग लागेपछि पुरै नष्ट भएको स्थानीय किसान मनसरा शाहीले बताए । “विगतमा आलुबाट हामीले राम्रै आम्दानी लिने गरेका थियौं”, उनले भने, “यो वर्ष के भएर हो खै गाउँमा लगाएको सबै आलु नष्ट भएको छ ।” नगरपालिकाको… पुरा पढौ

बेनी नगरपालिकाद्धारा तीन वडा कार्यालय भवन तयार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ । बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो । नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघिनै भवन थिए । पात्लेखेत र वाखेत गाउँको सिमानामा रु। २० लाख खर्चेर हालै १० नम्बर वडाको तीन कोठे एक तले भवन निर्माण भएको थियो । बेनीको सामुदायिक चोकमा गत वर्ष वडा नम्बर ७ को भवन बनेको थियो ।… पुरा पढौ

एक घर एक धारा अभियानपछि तरकारी खेती

तनहुँ । खानेपानी समस्या रहेको तनहँु देवघाट गाउँपालिका–२ ब्यागनमा एक घर एक धारा अभियानले स्थानीयको जीवनयापन सहज बनाएको छ । जिल्लाको दुर्गम भनेर चिनिने देवघाट गाउँपालिकाको ब्यागनमा एक घर एक धारा अभियान सम्पन्न भएपछि त्यहाँबाट विस्थापित भएका झण्डै एक दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए। गण्डकी प्रदेश सरकारको रु।एक करोड ५८ लाख आर्थिक सहयोगमा दुर्गम बस्तीमा उक्त अभियान सम्पन्न भएको हो । कुँवाको एक गाग्री पानी भर्न कठिनाई भोग्नुपर्ने उक्त क्षेत्रमा घरघरमा पानीको धारा जडान गरेपछि स्थानीयलाई… पुरा पढौ

कास्कीमा एन्फाको ‘ड्रिम प्रोजेक्ट’टेक्निकल सेन्टर बन्दै

कास्की । कास्कीको माछापुछ्रे गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर(बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको छ । अखिल नेपाल फुटबल सङ्घ९एन्फा०ले साढे तीन वर्षअघि भिँडाबारीमा प्राविधिक केन्द्र निर्माणका लागि प्रस्ताव गरेपनि लामो समयदेखि बन्ने÷नबन्ने निश्चित नभएकामा शुक्रबार निर्माणका लागि बोलपत्र आह्वान गरिएपछि स्थानीयवासी उत्साहित भएका छन् । विश्व फुटबलको सर्वोच्च नियमनकारी निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ९फिफा०को ‘टेक्निकल डेभलपमेन्ट’ कार्यक्रम अन्तर्गत दक्षिण एशियामै पहिलोपटक आधुनिक र सुविधासम्पन्न सो केन्द्र निर्माण हुन लागेको हो । सोे टेक्निकल सेन्टर… पुरा पढौ