समाचार

एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउँछःनेता कोइराला

सुनसरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं १ मा पार्टीका संसदीय दलका नेता राजीव कोइरालाले एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । सुनसरीको इनरुवा नगरपालिका–२ मा निर्माण भएको बुढासुब्बा बाज्युबज्यै सामुदायिक भवनको आज उद्घाटन गर्दै नेता कोइरालाले पार्टीभित्र र गठबन्धन दलहरुबीच सरकार विस्तार गर्ने विषयमा छलफल भइरहेको बताए । उनले प्रदेश सरकारले पूर्णता नपाएका बेलामा धेरै विकास निर्माणका काम प्रभावित भएकाले यसलाई पूर्णता दिन आवश्यक भएको उल्लेख गरे । करिब रु २२ लाखको लागतमा सो भवन… पुरा पढौ

काभ्रेमा विद्युतीय राहदानी सेवा सुरु

काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट आजदेखि विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको कार्यालयले आजबाट विद्युतीय राहदानी सेवा सुरु गरेको हो । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राज्यले लिएको नीति अनुसार छिटोछरितो सेवाका लागि जिल्ला प्रशासन कार्यालयबाट अब मेसिन रिडेवल पासपोर्टबाट ई–पासपोर्ट सेवा सुरु गरेको बताए । आजबाट नै सुरु भएको सो सेवा अहिले कोरोना सङ्क्रमण जोखिमका कारण आगामी माघ २१ गतेसम्मका लागि अत्यावश्यक परेका सेवाग्राहीलाई मात्र वितरण भएको उनले बताए ।… पुरा पढौ

कुष्ठरोगीलाई अझै समाजको डर

चितवन । भरतपुर महानगरपालिका–५ की ४९ वर्षीया एक कुष्ठरोगी महिला अहिले पनि आफूलाई रोग भएको कुरा गोप्य राख्न बाध्य भएकी छिन् । उनका दुई छोरी र नातिनी कुष्ठरोगी हुन् । उनीसहित दुई छोरीले दुई वर्षयता औषधि खाँदैछन् भने नातिनीले छ महिनादेखि औषधि खान थालेकी छिन् । कान्छी छोरीले भरतपुर अस्पतालमा परीक्षण गराएर औषधि खाएकी हुन् भने अन्य सबैले पोखरामा परीक्षण गराएर नियमित औषधि खान थालेका हुन् । उनले भनिन्, “घर यहाँ भए पनि स्वास्थ्य परीक्षण र औषधि लिन हामी टाढा… पुरा पढौ

सडक बनाउँदा भत्किँदै सिँचाइ र खानेपानीका योजना

बागलुङ । बागलुङकोजैमिनी नगरपालिका–७ जैदीको चौरगाउँमा सडक पु¥याउन चालू आर्थिक वर्षमा रु चार लाख विनियोजन गरिएको छ । उक्त सडक निर्माण हुँदा केही परिवारको घरसम्मै गाडी पुग्छ । मेसिन लगाउँदा कच्ची सडक निर्माणका लागि बजेट पर्याप्त हुन्छ तर यो सडकले पुरिने सिँचाइ कुलोबारे भने कसैले सोचेको छैन् । सडक निर्माण गर्दा चौरमा रहेको खेतमा पु¥याएको सिँचाइ कुलो भत्किन्छ । दुई सय वर्ष पुरानो यो कुलो केही वर्षअघि रु १५ लाख बढी खर्चेर पक्की बनाइएको थियो । रु चार लाख खर्चेर… पुरा पढौ

आवश्यक रगतका लागि सेना र प्रहरीकै भर

डाटी । जिल्लामा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । जिल्लामा रक्तदानको चलन नहुदा बिरामीहरुलाई रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता परेको हो । बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सर्वजित देउवाले गुनासो गरे । उनले भने, “कोही बिरामी परे सेना र प्रहरी खोज्नुपर्छ, स्थानीयले रगत दिनै मान्दैनन् ।” अस्पतालमा बिरामीले रगतको व्यवस्था आफै गर्नुपर्ने हुन्छ । नेपाली सेनाका विभिन्न युनिट, सशस्त्र प्रहरीको ३६… पुरा पढौ

सुन्तला व्यवसायबाट राम्रो आम्दानी

म्याग्दी । मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले सुन्तला बिक्री गरी रु २१ लाख आम्दानी गरेका छन् । बीस परिवारको बसोबास रहेको दुवै बस्तीको मुख्य आयस्रोत सुन्तलाखेती बनेको छ । भेडाबारीका अगुवा किसान ओम गिरीले यसपाली झण्डै तीस हजार किलो सुन्तला बिक्री भएको जानकारी दिए । “पोखराका व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरेर लगे,” उनले भने, “सरदर रु ७० प्रतिकिलोका दरले सुन्तला बिक्री भयो ।” एउटा परिवारले सरदर रु एक लाखभन्दा बढी आम्दानी गरेको उनले बताए । गत वर्ष रु १५… पुरा पढौ

भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ हजार सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३४ हजार २८१ जना सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा चार करोड १० लाख ९२ हजार ५२२ जना कोरोनाका कुल सङ्क्रमित भएका समाचारमा जनाइएको छ । सोही अवधिमा कोरोना सङ्क्रमणका कारण भारतमा ८९३ जनाको मृत्यु भएको सो मन्त्रालयले आइतबार जनाएको छ । अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९४ हजार ९१ जनाको… पुरा पढौ

आजको सम्भावित मौसम

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा दुई दिनदेखि बिहानीदेखि मध्यान्ह्सम्म घाम लागे पनि अपरान्ह्पछि बदली हुने क्रम जारी रहेकाले केही चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँका न्यूनतम तापक्रम तीन डिग्रिसेल्सियस आधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ । आज बिहान पनि काठमाडौँसहित देशका अधिकांश भागमा पारिलो घाम लागेको छ ।… पुरा पढौ

मङ्गलामा २१ लाखको सुन्तला बिक्री

मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले सुन्तला बिक्री गरी रु २१ लाख आम्दानी गरेका छन् । बीस परिवारको बसोबास रहेको दुवै बस्तीको मुख्य आयस्रोत सुन्तलाखेती बनेको छ । भेडाबारीका अगुवा किसान ओम गिरीले यसपाली झण्डै तीस हजार किलो सुन्तला बिक्री भएको जानकारी दिए । “पोखराका व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरेर लगे,” उनले भने, “सरदर रु ७० प्रतिकिलोका दरले सुन्तला बिक्री भयो ।” एउटा परिवारले सरदर रु एक लाखभन्दा बढी आम्दानी गरेको उनले बताए । गत वर्ष रु १५ लाख बराबरको… पुरा पढौ

सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भवः प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताएका हुन् । सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उनले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राखे । सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण… पुरा पढौ