समाचार

अबको साझा लक्ष्य आर्थिक समृद्धि : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको बताएका छन् । सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धिपछि अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको उल्लेख गरेका हुन् । लामो सङ्घर्षपछि संविधानसभामार्फत बनेको संविधान र त्यसपछि बनेको तीन तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि आपसी सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको सन्देशमा भनिएको छ । सहिदको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नु… पुरा पढौ

आहा ! रारा गोल्डकपका महाविजेतालाई बम्पर उपाहार

पोखरा । एभरेस्ट एफ.एम.९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा गोल्डकप ‘गेस एण्ड विन’को यसवर्षको महाविजेता’ पोखरा–२७ भण्डारढिकका समिर पौडेललाई पुरस्कार हस्तान्तरण गरिएको छ । महाविजेता बनेका पौडेलले डिजिटल साउण्ड एण्ड भिजन न्यूरोडद्वारा प्रयोजित रोवा ब्राण्डको ३२ इन्चको एन्ड्रोइड स्मार्ट टेलिभिजन र रारा चाउचाउ एक कार्टुन पुरस्कार स्वरुप प्राप्त गरेका छन् । एफएमको पोखरा–५ प्रस्याङस्थित कार्यालयमा एफएमका निर्देशक दीपेन्द्र श्रेष्ठ, मार्केटिङ निर्देशक भोलाकुमार श्रेष्ठ र डिजिटल साउण्ड एण्ड भिजन न्यूरोडका सञ्चालक आरभ श्रेष्ठले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कार… पुरा पढौ

मेक्सिकोमा राजमार्ग दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु

मेक्सिकोको जालिस्को राज्यमा शनिबार एउटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनाका साथै ११ जना घाइते भएका छन् । जलिस्को सिभिल प्रोटेक्शन एण्ड फायर डिपार्टमेन्टले ट्वीटरमा जनाएअनुसार लागोस डे मोरेनोको नगरपालिकाको लियोन-अगुआस्कालिएन्टेस राजमार्गको ३५ किलोमिटरमा पल्टिएको उक्त गाडीले पर्यटककर्मीहरू ओसारपसार गरिरहेको थियो । राज्यको नागरिक सुरक्षा विभागका क्षेत्रीय कमाण्डर नेफ्ताली गुइलेनले दुर्घटनामा आठ पुरुष र चार महिलाको मृत्यु भएको र तीमध्ये दुई नाबालीग रहेको बताएका छन्। विभागले जारी गरेको भिडियोमा गुइलेनले दुर्घटनाले राजमार्गको कुनै पनि खण्ड बन्द भने… पुरा पढौ

अबको साझा लक्ष्य आर्थिक समृद्धि : मुख्यमन्त्री पोखरेल

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको बताएका छन्। सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धि पछि अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको उल्लेख गरेका छन् । लामो सङ्घर्षपछि संविधानसभामार्फत बनेको संविधान र त्यसपछि बनेको तीन तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि आपसी सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको सन्देशमा भनिएको छ । सहिदको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नु अहिलेको… पुरा पढौ

कालोपत्र सडक ‘भाइरल’

दमौली। ऐतिहासिकस्थल व्यास नगरपालिका–११ तनहुँसुरमा हालै मात्र कालोपत्र सम्पन्न भएको सडक ‘भाइरल’ बनेको छ । सडकको बीच भागमा रहेको रुखलाई संरक्षण गरेर कालोपत्र गरिएको सडकले केही समययता चर्चा कमाएको छ । सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने सर्वसाधारणको सङ्ख्या बढेको छ । सडककै कारण यति बेला तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयवासी समेत रहेका व्यास–११ का वडाध्यक्ष सञ्जय श्रेष्ठले जानकारी दिए । “शनिबार मात्र तनहुँसुरमा दुई हजार भन्दा बढी पर्यटकको आगमन रह्यो, केही समयदेखि ओझेलमा परेको तनहुँसुर विस्तारै… पुरा पढौ

सुनको मूल्य प्रतितोला ९२ हजार २००

सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु. ९२ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु. ४०० ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ७०० छ । यसको मूल्य शुक्रबार प्रतितोला रु. ९२ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले घटेर रु.… पुरा पढौ

विदेशमा जस्तो दुःख गरे स्वदेशमै कमाउन सकिन्छ

गलकोट। गाउँ छाडेर जापान जाने गलकोटे युवाहरूको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालनमा लागेका छन् । गलकोट नगरपालिका–५ भैँसे बाँसबारीका रमेश बस्नेत आठ वर्षको जापान बसाइ टुङ्ग्याएर बाख्रापालन व्यवसाय थालेका हुन् । गाउँका युवाको लहैलहैमा जापान पुगेका उनी अहिले पसन गाउँमै फर्केर पेशा व्यवसायमा रमाउन थालेका हुन्। आठ वर्ष अगाडि विद्यार्थी भिसामा जापान पुगेका उनले त्यहाँ विभिन्न दुःखकष्ट सहनुपर्‍यो । विदेशमा निकै दुःख गरेका उनले अहिले गलकोट–९ गल्याङमा व्यावसायिक बाख्रापालन सुरु गरेका छन् ।उनले व्यवस्थित खोर… पुरा पढौ

कास्कीमा माघ मसान्तसम्म शैक्षिक संस्था सञ्चालन गर्न नपाइने

पोखरा । कास्कीमा आगामी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शुक्रबार जारी गरेको आदेशमा जिल्लामा कोरोना सङ्क्रमणदर ५० प्रतिशतभन्दा माथि रहेको उल्लेख गर्दै विद्यालय, विश्वविद्यालयलगायत शैक्षिक संस्था भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने भनिएको छ । त्यस्तै सिनेमा हल, डान्स बार, दोहोरीलगायत मानिस भीडभाड हुने सबै कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ । सबै प्रकारका आमसभा, जुलुसमा पनि प्रशासनले रोक लगाएको छ । कास्कीमा मात्रै २२७ सङ्क्रमित थपिए यस्तै गण्डकी प्रदेशमा… पुरा पढौ

आगामी जेठभित्र स्थानीय तहको निर्वाचन

काठमाण्डौं । स्थानीय तहको निर्वाचन आगामी जेठभित्र हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सरकार सञ्चालनमा सहयोग गर्न गठित पाँच दलीय उच्चस्तरीय संयन्त्रले सो सुझाव दिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयन्त्रको सुझावपछि निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने बताए । बैठकले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको हो । बैठकले संविधानसँग बाझिएका कानून तथा ऐन संशोधन गर्नुपर्ने भए त्यो तयारीका लागि समेत… पुरा पढौ

आहा ! रारा गोल्डकप ‘गेस एण्ड विन’ का महाबिजेता बने भण्डारढिकका पौडेल, बिहिबारका विजेता गिरी पुरस्कृत

पोखरा । एभरेस्ट एफ.एम.९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा गोल्डकप ‘गेस एण्ड विन’को यसवर्षको महाविजेता’ पोखरा–२७ भण्डारढिकका समिर पौडेल घोषित भएका छन् । २० औं संस्करणको आहा ! रारा गोल्डकप सशस्त्र प्रहरीको एपीएफ क्लवले जित्ने अनुमान गरेका पौडेल महाविजेता बनेका हुन् । एफएमले राखेको मनाङ मस्र्याङ्दी क्लव र एपीएफ क्लवविचको खेल कस्ले जित्ला ? भन्ने प्रश्नको एसएमएस मार्फत अनुमानित उत्तर दिनेहरुमध्यबाट गरिएको गोलाप्रथा मार्फत महाविजेता बनेका पौडेललाई आइतबार एफएमको कार्यालय पोखरा – ५ पस्र्याङमा डिजिटल साउण्ड एण्ड भिजन न्यूरोडद्वारा… पुरा पढौ