समाचार

आहा ! रारा गोल्डकप ‘गेस एण्ड विन’ मा मनकुमारी काउसालाई पुरस्कार

पोखरा । एभरेस्ट एफ.एम.९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा गोल्डकप ‘गेस एण्ड विन’का बुधबारका बिजेता पोखरा– १५ रामबजारकी मनकुमारी काउसा पुरस्कृत भएकी छन् । सहारा क्लव पोखराले सञ्चालन गरेको २० औं संस्करणको आहा ! रारा गोल्डकपमा मच्छ्रिन्द्र क्लव र विभागिय टोली एपीएफ क्लवविचको खेल कस्ले जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सहि उत्तर दिनेहरुमध्यबाट गरिएको गोला प्रथामा विजेता घोषित भएकी काउसालाई बिहीबार खेलस्थल पोखरा रंगशालामा हिमश्री फुड्स प्रा.लि.का निर्देशक किरण केसीले पुरस्कृत गरेका हुन् । रेडियोद्वारा सञ्चालित आहा रारा… पुरा पढौ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी बैठक भोलि दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको मुख्यसचिव पौडेलले बताए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि निर्देशानुसार अनुरोधसमेत गरिएको छ । भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त गर्न सकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । रासस पुरा पढौ

मानशा बहुउद्देश्यीय सहकारी संस्थाको शुभारम्भ

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७, हिमाली टोलमा कार्यालय रहने गरी स्थापित मानशा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विहीबारदेखि कारोबार शुभारम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नं. १७, २१ र २२ कार्यक्षेत्र रहेको उक्त सहकारीको शुभारम्भ आज एक समारोहकाबीच पोखरा वडा नं. २१ का अध्यक्ष खगराज आचार्यले गरे । उनले आफ्नो वडाबासी लक्षित गरी स्थापित सहकारीले उद्देश्यमा सफलता प्राप्त गर्ने विश्वास लिँदै वडाबासीको हितमा र सहज सेवा प्रदान गर्न सुझाए । आचार्यले सहकारीलाई नाफामुखीभन्दा सेवामुखी बनाउन सुझाव दिँदै युवाहरुको… पुरा पढौ

राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकीमा अन्तर्घात भएको सत्ता गठबन्धनको निश्कर्ष

पोखरा, माघ १३ गण्डकी प्रदेश स्तरीय सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्र्तघात भएको निश्कर्ष निकालेको छ । गण्डकीमा राष्ट्रिय सभा सदस्यको ३ सिटका लागि भएको निर्वाचनमा तीनै सिट जितेर सत्ता गठबन्धनले क्लिन स्वीप गरेपनि सत्ता गठबन्धनको मतभार घटेको थियो । निर्वाचनको समीक्षा गर्न विहीबार बसेको बैठकमा सत्तारुढ गठबन्धनले अन्र्तघातलाई चुनावी कमजोरीको रुपमा व्याख्या गर्दै त्यसलाई आगामी दिनमा सच्याउने प्रतिबद्धता जनाएको छ । सत्तारुढ गठबन्धनको बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ,‘समीक्षाका सन्दर्भमा हाम्रो पक्षमा गम्भीर कमीकमजोरी रहन गएको हुँदा आ–आफ्नो… पुरा पढौ

टाइब्रेकरको सहारामा मनाङ मर्स्याङ्दीपनि फाइनलमा

पोखरा, माघ १३ पोखरेली दर्शकको प्रिय टिम मनाङमस्र्याङ्दी क्लव पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा विहीबार भएको दोश्रो तथा अन्तिम सेमीफाइनल खेलमा विभागीय त्रिभूवन आर्मी क्लवलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै मनाङ फाइनलको यात्रा तय गर्न सफल भएको हो । प्रतिष्पर्धात्मक खेलमा पेनाल्टी गुमाउँदा मनाङले जितका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । मनाङले अब उपाधिका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्लवसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । सहारा क्लव पोखराको आयोजनामा भइरहेको आहा !… पुरा पढौ

गण्डकीमा विहिबार ७१७ जना संक्रमित थपिए,दुई जना संक्रमितको मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकीका थप ७१७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ५५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । बिहीबार संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २८९ जना, तनहुँका ३९ जना, गोरखाका नौ जना, लमजुङका ५६ जना र नवलपुरका ९९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका ९९ जना, पर्वतका ४५ जना, बाग्लुङका ११७… पुरा पढौ

मनाङको जनसङ्ख्या सबैभन्दा कम

मनाङ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार त्यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो । विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने विसं २०७४को जनसङ्ख्याभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ । उक्त तथ्याङ्कअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी देखिएको छ । विसं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका… पुरा पढौ

विद्युत् सेवा अवरुद्ध हुँदा दियालोको भरमा उपभोक्ता

हुम्ला । एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रबाट वितरित लाइनमा समस्या आएपछि हुम्लाको सिमकोट गाउँपालिका–८ को उक्त गाउँका बासिन्दाले हप्तादिनदेखि विद्युत प्रवाह हुन नसक्दा अन्धकारमा दिन कटाउँदै आउनुपरेको हो । विद्युत् सेवा अवरुद्ध हुँदा रातिको समयमा आफूहरूले सल्लाको दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो थियो । विद्युत् केन्द्रबाट विस्तार गरिएका दुईवटा लाइनमध्ये एउटा लाइनले काम गरे पनि अर्को लाइन एक हप्तादेखि बन्द हुँदा… पुरा पढौ

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उनले प्रदेशलाई देशका अन्य सात प्रदेशमध्यमा अब्बल बनाउन राजनीतिक दल र नेतृत्वकाबीचमा व्यक्तिगत र व्यवहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गरे । सो अवसरमा मुख्यमन्त्री पोखरेलले निर्वाचित सदस्यले संविधानको व्यवस्था अनुसार छ वर्षको कार्यकालमा देश, सरकार र जनताको… पुरा पढौ

कांग्रेसको केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक शुक्रबार बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् । महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित… पुरा पढौ