समाचार

माघ १८ बाट भूमिआयोगले चितवनमा काम गर्ने

चितवन । राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो । आयोगले भरतपुर महानगरपालिका–१४ सहित ६ वटा वडाबाट काम सुरु गर्न लागेको हो । सबै वडामा ६ जनाका दरले प्राविधिकसहित आवश्यक जनशक्ति परिचालन हुने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । स्था नीय निकाय र सरोकारवालाको उपस्थितिमा सेटेलाइटसहितका आवश्यक प्रविधि जुटाएर कामलाई तीव्रता दिइने उनले जानकारी दिए ।… पुरा पढौ

सडक मर्मतका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

बागलुङ । बागलुङ कुश्मीशेरा सडकखण्डअन्तर्गत गलुवामा पहिरोले क्षति पु¥याएको सडक तत्काल मर्मत गर्न माग गर्दै बागलुङका जनप्रतिनिधिले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका जनप्रतिनिधिले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण पत्र बुझाईएको हो । प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको नेतृत्वमा प्रदेशसभा सदस्य सावित्रा राना, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेल र एमाले बागलुङका नेता कृष्ण पाठकले ध्यानाकर्षणपत्र बुझाउन मुख्यमन्त्रीको कार्यालय पुगेका थिए । गलुवामा गत असार १ गतेको भीषण पहिरोले क्षति… पुरा पढौ

दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

सोल । दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ ।दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन् । यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा १४ हजार ५७१ जना संक्रमित थपिएका छन् । यहाँ अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको संख्या सबैभन्दा धेरै देखिएको… पुरा पढौ

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९०० ले घटेर रु. ९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु. ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९३ हजार रहेको छ । जसको मूल्य बुधबार प्रतितोला रु. ९३ हजार ९०० थियो । त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर रु.एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ… पुरा पढौ

आहा ! रारा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लव खेल्दै

पोखरा । सहारा क्लवको आयोजनामा जारी २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लवबीच प्रतिस्पर्धा हुँदैछ । आजका विजेताले फाइनलमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । त्यसैले आजका दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ । मनाङले क्याराभान गोल्डकपसहित १३ पटक सेमिफाइनल खेल्दा ११ पटक सेमिफाइनल जित्दै आहा ! रारा गोल्डकपको सर्वाधिक ६ पटक उपाधी उचालेको छ । ५ पटक भने उसले उपविजेतामा चित्त बुझाउ परेको छ । यस्तै त्रिभूवन आर्मी… पुरा पढौ

बैतडी बस दुर्घटनामा १३ घाईते, ३ को अवस्था गंभीर

बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डको रौतगाउँमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गंभीर रहेको छ। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वर आउँदै गरेको ना.६ ख २५७० नम्बरको रात्रीबस बिहिवार बिहान ५ः३० बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परेको बस सडकबाट २५ मिटर तल खसेको समाचार छ। समाचार अनुसार दुर्घटनामा घाइते सबैलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ। पुरा पढौ

तनहुँ कोरोना अपडेटः ८६ संक्रमित थपिए

तनहुँमा बुधबार ८६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये ४२ जना महिला र ४४ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। बुधबारसम्म जिल्लामा कोरोनाका ६ सय ५६ सक्रिय संक्रमित रहेका निर्देशनालयले जनाएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी अनुसार हालसम्म जिल्लामा १ सय ५२ जना कोरोना संक्रमितले ज्यान गुमाइ सकेका छन्। जिल्लामा हालसम्म १८ वर्ष माथिका ९४ प्रतिशतले कोरोना विरुद्धको खोपको पहिलो मात्रा र ८३ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। यसैगरी, १२ देखि १७ वर्षका ८२ प्रतिशतले… पुरा पढौ

पोखरा महानगरपालिकामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित

पोखरा महानगरपालिकाबाट प्रवाह हुदै आएका अत्यावश्यक बाहेक नियमित सेवाहरु स्थगित गरिएको छ । कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण पोखरा महानगरपालिकाका धेरै कर्मचारीमा देखिएपछि सेवाहरु स्थगित गरेको महानगरले जनाएको छ। महानगरपालिकाले बुधबार विज्ञप्तीमार्फत कर्मचारीमा संक्रमणको कारण देखाउँदै माघ १६ गतेसम्मका लागि नियमित सेवा स्थगित गरिएको जानकारी दिएको हो। कर्मचारीहरु कोभिडसँग मिल्दोजुल्दो लक्षण देखा परेकाले थप जोखिम बढ्न सक्ने भन्दै सरसफाई, स्वास्थ्य तथा अत्यावश्यक सेवा बाहेकका नियमित सेवा स्थगन गरिएको विज्ञप्तिमा बताइएको छ। पुरा पढौ

पोखरा–११ नं वडाको ६ कर्मचारीमध्ये ५ जनामा कोरोना संक्रमण

पोखरा महानगर अन्तरगतको एउटै वडा कार्यालयको सबै कर्मचारीलाई कोरोना संक्रमण भएपछि सेवा प्रभावित बनेका छन्। पोखरा ११ मा ६ जना कर्मचार रहेकमा ५ जना कोरोना संक्रमित भएका छन्। उक्त वडामा एक जना सहयोगीको भरमा कार्यालय संचालन भैरहेको बताइएको छ। त्यस्तै, अन्य वडाहरुमा पनि कोरोना संक्रमणका कारण कर्मचारी संक्रमित भएका छन्। वडा अध्यक्षहरुले केही समय प्रभावत वडाहरुको सेवा बन्द गर्न महानगरपालिकासँग आग्रह समेत गरेका छन्। पुरा पढौ

पोखरा महानगरका ७७ जना कर्मचारीमा कोरोना संक्रमण

पोखरा महानगर ७७ जना कर्मचारीहरुमा कोरोना संक्रमण भएको छ। कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै बढी भिडभाड हुने महानगरपालिका कार्यालयका कर्मचारीहरु संक्रमित भएका हुन्। महानगरमा मंगलबारसम्म ७७ जना स्वास्थ्यकर्मी र अन्य कमचारी गरी ७७ जना संक्रमित भएका हुन्। पुरा पढौ