समाचार

गण्डकी कोरोना अपडेटः कास्कीको ३८५ सहित ७८० जनामा संक्रमण

गण्डकी प्रदेशमा बुधबार ७८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशअन्तर्गतका विभिन्न प्रयोगशाला एवं अस्पतालमा ४११ जनाको पीसीआर तथा ३७९ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य संचालन केन्द्रले जनाएको छ। कास्कीका ३८५, स्याङ्जाका १०४, तनहुँका ८६, लम्जुङका ६५, नवलपरासी पूर्वका ४९, म्याग्दीका ४६, गोरखाका २३, वाग्लुङका २० र पर्वतका १२ जना कोरोना संक्रमित भएका हुन्। यस अवधिमा २१३ जना निको भएका छन्। प्रदेशभित्र होम आइसोलेसनमा रहनेको संख्या ५ हजार ९३५ रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको… पुरा पढौ

शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने

काठमाण्डौं । पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम शुक्रबारदेखि क्रमिक सुधार हुने भएको छ । उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । “बिहीबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ”, उनले भने । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै… पुरा पढौ

पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता गर्ने मन्त्रीस्तरीय निर्णय

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिस्तरीय निर्णयबाट नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिएको बताएका छन् । उनले भने, “छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौँ, अब धर्मशाला बतास समूहले सञ्चालन गर्दैन ।” पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीका संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको जनाउँदै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो । कोष र बतास समूहअन्तर्गतको होटेल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला… पुरा पढौ

स्याङ्जाको एउटै गाउँबाट एक करोड बढीको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै गाउँबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसा गाउँका किसानले यसपटक सुन्तला बिक्रीबाट एक करोड २५ लाखभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् । सिरौंसाको नवदुर्गा फलफूल तथा कृषि समूहमा आबद्ध किसानहरुको मुख्य आम्दानीको स्रोत नै सुन्तला खेती भएको समूहका संयोजक भूपराज भण्डारीले बताए । सिरौंसा गाउँमा सुन्तला खेती गर्ने किसानहरु दुईवटा समूहमा आबद्ध रहेका छन् । दुईवटा समूहमा गरेर ६२ घरधुरी समावेश छन् ।“गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी… पुरा पढौ

संविधानले व्यवस्था गरेअनुसारनै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन्छ : सञ्चारमन्त्री कार्की

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले व्यवस्था गरेअनुसार नै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरिने बताएका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनताको सार्वभौमिक अधिकारलाई अक्षुण्ण राख्दै जनताका भावनाअनुसार निर्वाचन समयमा सम्पन्न हुने विश्वास दिए । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भने, “हामी मुलुकको आन्तरिक एकतालाई मजबुद बनाएर अघि बढ्न चाहन्छौँ, प्रमुख प्रतिपक्षी दलले लामो समयदेखि संसद् अवरुद्ध गरेको छ, यी सबै कुरा संसद्मै छलफल हुने जनतासँग सम्बन्धित विषय हुन्… पुरा पढौ

सुदूरपश्चिमबाट गठबन्धनका उम्मेदवार विजयी

पोखरा । रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यमा आज भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट गठबन्धन दलका साझा उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला सदस्यतर्फ नेकपा (एकीकृत समाजवादी)का मदनकुमारी शाह (गरिमा), दलिततर्फ नेकपा (माओवादी केन्द्र)का जगत पार्की र अन्य समूहतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् । महिलातर्फ विजयी शाहले तीन हजार ८३४ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की सन्तोषी शर्मा थापाले एक हजार ७२८ मत पाए । यस्तै दलिततर्फको राष्ट्रियसभा सदस्य पदमा विजयी पार्कीले तीन… पुरा पढौ

आहा ! रारा गोल्डकप ‘गेस एण्ड विन’ की विजेता सरस्वती सुवेदीलाई पुरस्कार

पोखरा । एभरेस्ट एफ.एम.९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा गोल्डकप ‘गेस एण्ड विन’का मंगलबारका बिजेता पोखरा– ७ रत्नचोकका सरस्वती सुवेदीलाई पुरस्कृत गरिएको छ । सहारा क्लव पोखराले सञ्चालन गरेको २० औं संस्करणको आहा ! रारा गोल्डकपमा थ्रि स्टार क्लव र त्रिभूवन आर्मी क्लवविचको खेल कस्ले जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सहि उत्तर दिनेहरुमध्यबाट गरिएको गोला प्रथामा विजेता घोषित भएकी सुबेदीलाई बुधबार एफएमका निर्देशक दीपेन्द्र श्रेष्ठले पुरस्कृत गरका हुन् । रेडियोद्वारा सञ्चालित आहा रारा गोल्डकप विशेष कार्यक्रममार्फत विजेता घोषित… पुरा पढौ

एपिएफ आहा ! रारा गोल्डकपको उपाधि नजिक

पोखरा, माघ १२ सशस्त्र प्रहरी बलको एपिएफ क्लव पोखरामा जारी आहा ! रारा गोल्डकपको उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा सहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लवलाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो । एफिएफ आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको यो दोश्रो पटक हो । यसअघी १४ वर्ष अघि एफिएफ फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन । २०६४ सालमा पहिलो पटक फाइनलमा पुगेको एपिएफ त्यसबेला नेपाल… पुरा पढौ

गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनको क्लिन स्वीप

पोखरा, माघ १२ राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गण्डकीमा सत्ता गठबन्धनले क्लिन स्वीप गरेको छ । राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका तीनै जना उम्मेद्वार बिजयी हुँदै क्लिन स्वीप गरेका हुन् । गण्डकीबाट नेकपा माओवादी केन्द्रका दुई र नेपाली कांग्रेसका एक गरी तीनै जना उम्मेद्वारहरु बिजयी भएका हुन् । गण्डकीबाट राष्ट्रिय सभा सदस्यमा नेकपा माओवादी केन्द्रका सुरेश आले मगर, भुवनबहादुर सुनार र नेपाली कांग्रेसका कमला पन्त बिजयी भएको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले जनाएको छ… पुरा पढौ

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

गलकोट। बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्‍याए । सुन्तला टिपेर पोखरा पुर्‍याएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्‍याे । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उनले रु. चार लाख बचत गरे। सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ । खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उनले सुन्तलाको बढी मूल्य लिन पोखरा लगेर बिक्री गरेको बताए । “सुन्तला बोटबाटै बिक्री… पुरा पढौ