समाचार

कोरोना अपडेट : गण्डकीमा ९३५ जना कोरोना सङ्क्रमित हुँदा २०६ संक्रमणमुक्त

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ९३५ जना कोरोना सङ्क्रमित भएका छन् । सोही अवधिमा २०६ जना सङ्क्रमित उपचारपछि निको भएका छन् । प्रदेशभित्रका विभिन्न प्रयोगशाला एवं अस्पतालमा ४६७ जनाको पिसिआर परीक्षण र ४६८ जनाको एन्टिजेन परीक्षण गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आज थपिनेमा कास्कीका ३९१, स्याङ्जाका १९३, तनहुँका ९८, नवलपरासी पूर्वका ६०, बाग्लुङका ५९, लम्जुङका ५७, गोरखाका ३७, म्याग्दीका २७ र पर्वतका १३ जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज… पुरा पढौ

राजिव गुरुङको निर्णायक गोलमा आर्मी आहा ! रारा गोल्डकपको सेमीफाइनलमा

पोखरा, माघ ११ विभागीय त्रिभूवन आर्मी क्लव पोखरामा जारी २० औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा थ्रीस्टार क्लवलाई १–० गोलले हराउँदै आर्मी सेमीफाइनलमा प्रवेश गरेको हो । हारसँगै पाँच पटकको उपाधि बिजेता थ्रीस्टार पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ । थ्रीस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा उपाधि जितेको थियो । धेरै पटक फाइनल पुगेपनि आर्मीले हालसम्म उपाधि जित्न सकेको छैन । मंगलबारको खेल सकिएसँगै सहारा क्लव पोखराको आयोजनामा पोखरामा जारी आहा… पुरा पढौ

आहा रारा गोल्डकप ‘गेस एण्ड विन’ विजेता विरम बुढामगर पुरस्कृत

पोखरा । एभरेस्ट एफ।एम।९३ मेगाहर्जले सञ्चालन गरेको आहा रारा गोल्डकप ‘गेस एण्ड विन’का सोमबारका बिजेता निसीखोला ५ लिर्तुङ ,बागलुङका विरम बुढा मगरलाई पुरस्कृत गरिएको छ । सहारा क्लव पोखराले सञ्चालन गरेको २० औं संस्करणको आहा रारा गोल्डकपमा संकटा क्लव र मछिन्द्र क्लवविचको खेल कस्ले जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सहि उत्तर दिनेहरुमध्यबाट गरिएको गोला प्रथामा विजेता घोषित भएका मगरलाई मंगलबार तमुँधि युकेका अध्यक्ष तथा साहारा क्लव युकेका सल्लाहकार हितकाजी गुरुङले पुरस्कृत गरका हुन् । रेडियोद्वारा सञ्चालित आहा रारा गोल्डकप… पुरा पढौ

आहा ! रारा गोल्डकपको सेमिफाइनल र फाइनल दर्शकले प्रत्यक्ष हेर्न पाउने

पोखरा । सहारा क्लव पोखराको आयोजनामा जारी आहा ! रारा गोल्डकपमा भोलिदेखिका खेलमा दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्न पाउने भएका छन् । कोरोना संक्रमण प्रकोपको कारण बिना दर्शक सञ्चालन गर्दै आएको प्रतियोगिता अन्गर्त सेमिफाइनल चरण र फाइनल खेल दर्शकहरुले हेर्न सक्ने व्यवस्था गरेको आयोजकले विज्ञप्ती जारी गर्दै जनाएको हो । आयोजकले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै एक तिहाई दर्शकले खेलको प्रत्यक्ष अवलोकन गर्न पाउने गरि तयारी गरिएको आयोजक सहारा क्लवले विज्ञप्तीमा जनाएको छ । विज्ञप्तीमा ‘दर्शकको प्रत्यक्ष खेल अवलोकन गर्ने तिव्र… पुरा पढौ

प्रदेशसभा सदस्य दवाडीद्वारा सरकारी तलबभत्ता कोरोना नियन्त्रणको लागि सहयोग

गण्डकी । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले आफूले प्राप्त गरेको तलबभत्तालगायतको सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च गरेका छन् । विसं २०७४ मा नेपाली कांग्रेस पार्टीका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सरकारबाट प्राप्त हुने सबै सुविधाबापतको रकम सामाजिक क्षेत्रमा खर्च गरेका हुन्। प्रदेशसभा सदस्य दवाडीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी गत वर्ष पुसदेखि हालसम्म प्रदेशसभा सदस्यलाई सरकारबाट तलबभत्ता बापत प्राप्त भएको रु सात लाख ८२ हजार ३५६… पुरा पढौ

सुर्खेतका दुई नाकामा‘होल्डिङ सेन्टर सञ्चालनमा

सुर्खेत । कोभिड– १९ सङ्क्रमणको जोखिमलाई फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रले सुर्खेतको छिन्चु र जामु कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको हो । यी दुई नाका सुर्खेत भित्रिने मुख्य नाका हुन् । होल्डिङ सेन्टरमा स्वास्थ्य सहायता कक्ष पनि सञ्चालन गरिएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीयतहसँग समन्वय गरेर होल्डिङ सेन्टर स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए । उनले सार्वजनिक सवारीसाधनका… पुरा पढौ

‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू

महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ । कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो । सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड नो सर्भिस’ प्राबधान लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । प्रशासनले खोप नलिएकालाई सेवा नदिने र सेवाग्राहीलाई प्रशासन कार्यालयबाट नै तत्काल खोप लगाउने व्यवस्था मिलाएको उनले बताए । अहिले जिल्ला प्रशासन कार्यालयमा… पुरा पढौ

प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवा आजदेखि बन्द

बाँके । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवा आजदेखि बन्द गरिएको छ । नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार, कार्यालयमा ३५ जना कर्मचारी छन् । तीमध्ये केहीमा सङ्क्रमण पुष्टि भएको छ । पन्ध्र कर्मचारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । कार्यालयमा सेवाग्राहीको अत्याधिक… पुरा पढौ

भेरी अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीलै जानकारी दिए । उनका अनुसार यही माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणबाट बाँके जिल्लाका मृतकको सङ्ख्या ३४६ पुगेको छ ।रासस पुरा पढौ

दक्षिण कोरियामा कोरोनाका दैनिक सङ्क्रमित अहिलेसम्मकै बढी

दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा ८ हजारजना भन्दा बढी सङ्क्रमित देखिएका छन् । यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४घन्टामा ८ हजार ५७१ जना सङ्क्रमित थपिएका छन् । त्यहाँ अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको संख्या सबैभन्दा धेरै देखिएको बताइएको छ । उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी संक्रमितसहित कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ७ लाख ४९ हजार भन्दा… पुरा पढौ