समाचार

अफ्रिकी मुलुक बुर्किना फासोमाको सत्ता कब्जा गरेको सेनाको दावी

अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाले शासन सत्ता हातमा लिएको दावी गरेको छ । बुर्किना फासोका राष्ट्रपति रोज काबोरेलाई अपदस्थ गरी सत्ता कब्जा गरेको सेनाको दावी छ । सेनाका एक उच्च अधिकारीले टेलिभिजनमार्फत सन्देश दिँदै देशको सुरक्षा अवस्था बिग्रंदै गएको भन्दै सत्ता लिएको जनाएको हो । बुर्किना फासोमा पछिल्लो समय इस्लामबादी विद्रोहीलाई संरक्षण दिएको आरोप लगाउँदै देशमा अशान्ति सिर्जना गरेको सेनाको दाबी छ । यद्दपी राष्ट्रपति रोज पक्राउ परे वा सुरक्षित स्थानमा छ भन्ने बारेमा कुनै स्पष्ट पारिएको छैन ।राष्ट्रपतिले देशको… पुरा पढौ

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपालमा आयो

काठमाडौ । नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उनका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ ।रासस पुरा पढौ

सुनकोे मूल्य बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेर रु ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९३ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १५ ले घटेर प्रतितोला रु एक हजार ३०० तोकिएको… पुरा पढौ

सेवा प्रवाह गर्न आलोपालो

तनहुँ । जिल्ला प्रशासन कार्यालयले आजदेखि आलोपालो गरी सेवा प्रवाह गर्न लागेको छ । कोभिडको सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा खोपकार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीड कम नभएपछि आलोपालो गरी सेवा प्रवाह गर्न लागिएको होे । सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले गरेको निर्णय बमोजिम कार्यालयबाट प्रदान गरिने सेवा आलोपाले गरी सेवाग्राहीलाई सेवा दिन व्यवस्था मिलाइएको सहायक प्रजिअ काशीराम गैरेले जानकारी दिए । उनका अनुसार आइतबार, मङ्गलबार, बिहीबार तीन दिन व्यास, भानु, बन्दीपुर, देवघाट आँबुखैरेनी गाउँपालिका क्षेत्रका सेवाग्राहीलाई सेवा… पुरा पढौ

मौसममा सुधार आउन केही दिन लाग्ने

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ । राजधानी काठमाडौँमा बिहान अबेर आकाश केही खुलेर घाम लागेको भए पनि अहिले आंशिक बदली रहेको छ । महाशाखाका मौसमविद्को भनाइमा मौसम हिजोका दिनमा भन्दा आज तुलनात्मक… पुरा पढौ

स्थानीय तहको चुनाव सार्न मिल्दैनः एमाले नेता खरेल

झापा । नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन् । आज झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यदि संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताए । चुनाव नगर्ने र विगतको जस्तै जनप्रतिनिधिविहीन अन्योलको अवस्थामा स्थानीय तहलाई धकेल्न सरकार उद्यत रहेको उनको आरोप थियो । स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन पनि बढाउन नमिल्ने र एक दिन… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा,१९ पदका लागि ४३ जना उमेरद्धर मैदानमा

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी बताए । निर्वाचनको मौनअवधि सुरु भइसकेकाले प्रचार–प्रसार रोकिएको छ भने निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी र स्वास्थ्यकर्मीसहितको टोलीको व्यवस्थापन भइसकेको छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आगामी… पुरा पढौ

तलब, भत्ता जनताको सेवामा खर्चिएका सांसद दवाडी भन्छन् : सरकारको कामबाट जनता खुशी छैनन्

पोखरा, माघ ११ गण्डकी प्रदेश सभा सदस्य (प्रदेश सांसद) प्रकाशचन्द्र दवाडीले आफूले पाएको तलब, भत्ता जनताको सेवामा खर्चिदै आएका छन् । गोरखा क्षेत्र नम्बर २ (ख)का सांसद उनले शुरु देखि नै आफूले पाएको तलब, भत्ता जनताको सेवामा खर्चिदै आएका उनले अहिलेपनि त्यसलाई निरन्तरता दिदै आएका छन् । उनले गत पुसदेखि यस वर्षको पुस मसान्त सम्ममा कुल १३ लाख ६३ हजार ८ सय रुपैयाँ खर्चेका छन् । यस बिचमा उनले प्रदेश सांसदको हैसियतमा तलब, भत्ता र त्यसबाट बैंकमा रहँदा प्राप्त भएको… पुरा पढौ

आहा रारा गोल्डकप:आर्मी र थ्री स्टार खेल्दै

कास्की । आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटर फाइनलमा आज त्रिभुवन आर्मी क्लब र थ्री स्टार खेल्दैछन् । खेल दिउँसो साढे दुई बजे पोखरा रङ्गशालामा हुनेछ । आजको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ। मनाङ पुलिस क्लबलाई २–० गोलले हराउँदै अन्तिम चारमा पुगिसकेको छ । यस्तै शनिवार भएको खेलमा बीवाईएससी मिनेसोटा यूएसएलाई ३–१ गोलले हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ। प्रतियोगिताको सेमिफाइनलदेखि दर्शकलाई रङ्गशालामा प्रवेश दिइने भएको छ । आयोजक सहारा क्लब पोखराले सामाजिक सञ्जालमा भोलिदेखि हुने सेमिफाइनल खेलमा दर्शकलाई… पुरा पढौ

गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरी ड्रेन निर्माण

कन्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँँडीमा गुणस्तरहीन सामग्रीको प्रयोग गरी ड्रेन निर्माण गरिएको पाइएको छ । बन्साहा, कलुवापुर, दोमिल्ला जोड्ने सडकखण्डअन्तर्गतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा कमसल खाले बालुवा, इँटा र सिमेन्टको मात्रा तोकिएको मापदण्डअनुरुप राखेको नपाइएपछि वडाध्यक्ष बहादुर महराले सम्बन्धित सरोकारवालाको रोहवरमा ड्रेन भत्काएका छन् । सन्तोष थेगिम जेभी नामक निर्माण कम्पनीले ठेक्का प्रक्रियामार्फत ड्रेनसहितको सडक निर्माण गरिरहेको छ । निर्माण कम्पनीका प्रतिनिधि नारायण कँडेलले भने ड्रेनलगायत निर्माणमा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग भइरहेको दाबी गरे । आव २०७७र७८ मा… पुरा पढौ