समाचार

सहाराको रंक्तदान कार्यक्रमबाट ५५ यूनिट रंक्त संकलन

पोखरा । पोखराको सहारा क्लवले आज (सोमबार) पोखरामा आयोजना गरेको खुल्ला रंक्तदान कार्यक्रमबाट ५५ यूनिट रंक्त संकलन भएको छ । क्लब २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा ३ जना महिला सहित ५५ जनाले रक्तदान गरेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाले उक्त कार्यक्रमको उद्घाटन गर्दै क्लवले कोभिडको विसम परिस्थितीमा पनि रंक्तदान कार्यक्रमलाई निरन्तरता दिएकोमा खुसि व्यक्त गर्दै पोखरा क्षेत्रमा खेलकुद र सामाजिक क्षेत्रमा क्लवको पुराएको योगदानको प्रशंसा गरे ।… पुरा पढौ

यस वर्षको सहारा उत्कृष्ट सदस्यबाट हिराचन सम्मानित हुँदै

पोखरा । यस बर्षको सहारा उत्कृष्ट सदस्यबाट राम प्रसाद हिराचन सम्मानित हुने भएका छन् । पोखराको सहारा क्लवको २३ औं बार्षिकोत्सवको अवसरमा यही भदौं ३० गते हिराचनलाई सम्मान गरिने भएको क्लवले जनाएको छ । हिराचनले सहारा क्लव सहित सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुराएको भन्दै क्लवले सम्मान पत्रको साथमा दोसला ओढायर सम्मान गर्ने भएको हो । मुस्ताङ मार्फाका हिराचन विगतका बर्ष देखि पोखरा ९ मा बस्दै आएकाछन भने २०५७ साल देखि सहारा क्लवमा आबद्ध भएको हुन । विनु राना मगरको संयोजकत्वमा… पुरा पढौ

वाईसिसी र ग्लोबल क्लवको सहकार्यमा निःशुल्क कम्प्युटर तालिम

युथ कम्युनिटी क्लव (वाईसिसी) र लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीको सहयोगमा निःशुल्क तालिम शुरु भएको छ । सन्ध्या जब्स प्रा।लिको संयोजनमा निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरिएको हो । आईतबारदेखि शुरु भएको तालिमको युथ कम्युनिटी क्लबका अध्यक्ष, लायन्स क्लब २१र२२ का अध्यक्ष तथा सन्ध्या जब्सका सञ्चालक पूर्ण कुमार श्रेष्ठले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै युथ कम्युनिटी क्लबका अध्यक्ष, लायन्स क्लब वर्ष २१÷२२ का अध्यक्ष, सन्ध्या जब्सका सञ्चालक पूर्णकुमार श्रेष्ठले युवा व्यवसायीहरुबीच साथ, सहयोग र सहकार्यका लागि स्थापित युथ कम्युनिटी… पुरा पढौ

विश्वकप क्रिकेट लिग–२ : नेपाल र अमेरिकाबीच खेल हुँदै

काठमाण्डाै । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको उक्त खेल ४ : १५ मा शुरु हुनेछ । नेपालले अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो । अमेरिकाले पनि नेपालसँग खेल्नुअघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । अमेरिकाले दुवै खेल जितेको थियो । यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को… पुरा पढौ

हल्ट प्राईज पोखरा विश्वविद्यालयको टीम एण्ड थीम अनाउन्समेन्ट प्रोग्राम सम्पन्न

पोखरा । विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुमा अन्तरनिहित नविनतम सोंचलाई उजागर र मार्गनिर्देश गरि उद्यमशीलतालाई प्रोत्साहन गर्ने माध्यम अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टप पुरस्कार रहेको हल्ट प्राइज अन्तर्गतको हल्ट प्राइज एट पोखरा युनिभर्सिटीको २०२१/२०२२ संस्करणको टीम एण्ड थीम अनाउन्समेन्ट प्रोग्राम पोखरामा सम्पन्न भएको छ । हरेक वर्ष विभिन्न विधाहरुमा उद्यमशिल परियोजनाहरुको चुनौती प्रतियोगिताको रुपमा सञ्चालन हुने उक्त कार्यक्रममा यस वर्ष हल्ट प्राईज फाउन्डेसनले २०२४ साल भित्र २००० जनालाई रोजगारी प्रदान गर्नका लागि चुनौती सार्वजनिक गरेको हल्ट प्राईज पोखरा विश्वविद्यालयका क्याम्पस निर्देशक… पुरा पढौ

आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन गाविस सचिवसहित तनहुँका सात जना विरूद्ध मुद्दा

काठमाडौं । तत्कालीन गाउँविकास समिति परिषद्को निर्णय बिना आर्थिक अनियमितता गरेको आरोपमा तनहुँका सात जनाविरूद्ध आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। तनहुँको घाँसीकुवा गाविसमा आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा विभिन्न शीर्षकमा गरी रु एक लाख ४७ हजार ३६४ बराबरको सरकारी रकम हिनामिना एवं हानी/नोक्सानी गरेको जनाउँदै आयोगले आयोगके ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम मुद्दा दर्ता गरेको हो। तत्कालीन गाविस सचिव रामराज न्यौपानेलाई रु एक लाख ४७ हजार ३६४, तत्कालीन जिल्ला… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घट्यो

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन सार्वजनिक गरिएको विवरणमा भने २८ हजार ५९१ जना नयाँ सङ्क्रमितहरु थपिएको उल्लेख गरिएको थियो । त्योभन्दा अघिल्लो दिन शनिबार बिहान भारतमा कोरोनाभाइरसबाट एक दिनमा थप ३३ हजार ३७६… पुरा पढौ

बागलुङमा उत्पादित मौरीघार भारतमा निर्यात हुँदै

बागलुङमा उत्पादित आधुनिक मौरीघार छिमेकी राष्ट्र भारतमा निर्यात हुन थालेका छन् । बागलुङ नगरपालिका–१२, अमलाचौरमा रहेको बलेवा मौरीपालन उद्योगले उत्पादन गरेका घार भारतको सिक्किममा निर्यात हुन थालेका छन् । सिक्किमको कृषि विज्ञान केन्द्रले बागलुङमा उत्पादन भएका घार खरिद गरेर त्यहाँका किसानलाई उपलब्ध गराउन थालेको हो । सार्वजनिक सूचनामार्फत् मूल्यसूची माग गर्दा स्थानीय कम्पनीसँग प्रतिस्पर्धा गरेको उद्योगले घार उपलब्ध गराउने जिम्मेवारी पाएको थियो । पहिलो चरणमा २२६ घारका लागि विज्ञान केन्द्रले माग पठाएकाले निर्यात प्रक्रिया थालेको उद्योग सञ्चालक जीवनबाबु खत्रीले बताए… पुरा पढौ

लमजुङमा चार मेगावाट बिजुली थपिँदै

लमजुङमा आगामी असोज पहिलो सातादेखि चार मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिका–७ र ८ को सिमानामा माथिल्लो छ््याङ्दीखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि सो परिमाणको बिजुली थपिने भएको हो । उत्पादन परीक्षण भइसकेकाले असोज पहिलो सातादेखि बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाले जानकारी दिए । उनले भने, “असोज पहिलो सातादेखि नै बिजुली उत्पादन हुन्छ ।” विसं २०७७ साउनमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम थालिएको थियो । कोरोना सङ्क्रमणका कारण आयोजना एक… पुरा पढौ

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

पोखरा । पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिव्यक्ति रु. दुई हजार ५०० का दरले रकम उठाइ काममा नलगाइ ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जाको फेदीखोला गाउँपालिका–४ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ । निजलाई यही भदौ २५ गते पक्राउ गरी ठगी (आपाराधिक लाभ, विश्वासघात) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया… पुरा पढौ