समाचार

केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले लामो समयदेखि रोकिएको मन्त्रिपरिषद् विस्तारले अब पूर्णता पाउने बताउनुभएको हो । मन्त्री भुसालले भन्नुभयो, “दुई महिनादेखि मन्त्रिपरिषद् अपूर्ण छ, यही भदौं ३० गते संसद्बाट बजेट पास भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।” उहाँले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठन विस्तारमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । मन्त्री भुसालले आगामी… पुरा पढौ

गण्डकीमा असार यता बाढीपहिरोमा परि ३३ जनाको मृत्यू, ४४ घाईते, २ अझै बेपत्ता: मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशमा असार यता प्राकृतिक प्रकोपका कारण ३३ जनाले ज्यान गुमाएका छन् । प्राकृतिक प्रकोपहरु बाढी, पहिरोलगायतका कारण असार यता गण्डकी प्रदेशमा ३३ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश सरकारले जनाएको छ । सोहि अवधीमा बाढी पहिरोका कारण घर भत्किदा ४४ जना घाईते भएका छन् भने २ जना अझै बेपत्ता रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै जानकारी गराएका हुन् । मुख्यमन्त्री पोखरेलले असार यता मात्र बाढी पहिरोले ५०२ वटा घर बगाएर पूर्ण… पुरा पढौ

एकदिवसीय वरियतामा नेपालको सुधार

काठमाण्डाै । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज जारी गरेको नयाँ वरियतामा नेपालको एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६औँ स्थानमा रहेको थियो । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत हिजो भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेपछि नेपालको वरियतामा सुधार आएको हो । ओमान भ्रमणमा रहेको नेपालले अमेरिकासँग खेल्नुअघि पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय सिरिजसमेत जितेको थियो । एकदिवसीयमा वरियतामा न्युजिल्याण्ड शीर्ष… पुरा पढौ

मुस्ताङमा ‘टुजी’ बाट ‘थ्रीजी’ सेवा, बागलुङका सबै गाउँमा ‘फोरजी’ तयारी

पाेखरा । मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ । उपल्लो मुस्ताङमा रहेका दुईवटा बिटिएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज सञ्चार सेवा उपलब्ध हुने वातावरण बनाएको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । उनका अनुसार दामोदरकुण्ड गाउँपालिकामा पर्ने घिलिङ लोदा र नाङ्लियाको ‘बिटिएस टावर’को स्तरोन्नति गरिएको छ । ‘टुजी’ क्षमताका दुवै टावरको क्षमता बढाएर ‘थ्रीजी’ सेवा सुरु गरिएको उनले बताए… पुरा पढौ

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

लमजुङ । आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो । कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए । गत एक वर्षका अवधिमा २० बालबालिका हराएका थिए । तीमध्ये तीन बालक, १७ बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् ।… पुरा पढौ

दुई वर्षभित्र बरेङमा कालोपत्र सडक

बलेवा । सदरमुकामबाट भौगोलिक हिसाबले नजिकै भए पनि सडक विकासका दृष्टिले टाढा रहेको गाउँपालिका हो बरेङ गाउँपालिका । विसं २०६३ मा पहिलोपटक छिमेकी जिल्ला गुल्मी हुँदै कच्ची सडक बरेङ पुगेको थियो । गुल्मीको शान्तिपुरबाट सातदोबाटो हुँदै बरेङ कच्ची सडक पुग्दा गाउँमै सवारी देखेका बरेङवासीले अब भने कालोपत्र सडकको सपना देख्न थालेका छन् । आफ्नै जिल्ला सदरमुकाम बागलुङ बजार र गण्डकी प्रदेश मुकाम पोखरा पुग्ने सडकसँग जोडिने गरी बरेङले अबको दुई वर्षमा कालोपत्र सडक पाउने छ । एसियाली विकास बैंकले नामकरण… पुरा पढौ

१८ फरार अभियुक्त पक्राउ

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न घटनामा संलग्न १८ फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला सुनाइ फरार हुँदै आएका अभियुक्तलाई पक्राउ गरी कारागार चलान तथा जरिवाना असुल उपर गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । पक्राउ परेका अभियुक्तमध्ये चारजनालाई अदालतको फैसला बमोजिम कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको उनले बताए । दाहालका अनुसार बैंकिङ कसूर शीर्षकमा मुद्दा फैसला गरी सजाय सुनाइएका गण्डकी गाउँपालिका–४ का लोकबहादुर भट्ट,… पुरा पढौ

वैदेशिक असफलताले बनायो ‘सफल’ कृषक

गलकोट । मानिसको जीवनमा अनेकन घुम्ती आउँछ । कतिपय घुम्ती, बाध्यता, अप्ठ्यारा, कठिनाइ, सङ्कटले जीवनमा नयाँ आयाम ल्याउँदछ । बीस-बाइस वर्षको ठिटो हुँदा विदेश जाने मोहले निकै सताइरहेको थियो । बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा तिलिजा मगरको विदेश जाने भोकले धेरै ठाउँमा भौतारिने बनायो । वैदेशिक रोजगारीको दौडमै लगातार आठ वर्ष काठमाडौँ धाउँदाधाउँदै बित्यो । उमेरले ३० पुग्नै थाल्यो । न विदेश सफल भयो, न नेपालमा कुनै रोजगारीको टुङ्गो लाग्यो । युरोप, अमेरिका जाने त कुनै सोच थिएन उनको तर साउदी… पुरा पढौ

नेपालले अमेरिकालाई ५ विकेटले हरायो

आइसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा नेपालको पुरुष क्रिकेट टोलीले अमेरिकालाई ५ विकेटले हरायो। अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए। त्यस्तै, रोहित पौडेलले अविजित अर्धशतक बनाउँदा विनोद भण्डारी ३७ रन बनाएर आउट भए। बलिङतर्फ अमेरिकाका नोस्थुश केन्जिजे र निसर्ग पटेलले २/२ विकेट लिए। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन… पुरा पढौ

आज राष्ट्रिय वालदिवस

आज भदौ २९ गते अर्थात ५७ औं राष्ट्रिय बालदिवस। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि ०६३ यता हरेक वर्षको भदौ २९ गते बालबालिकासम्बन्धी रचनात्मक र सचेतनात्मक विविध कार्यक्रम सहित राष्ट्रिय बालदिवसका रुपमा मनाइँदै आएको छ। यस वर्षको बाल दिवसमा नेपाल सरकारले ‘सामान्य वा कोभिड महामारीः बालअधिकारको संरक्षणमा हामी सबैको जिम्मेवारी’ नारा तय गरेको छ। त्यस्तै, कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहबाट रचनात्मक तथा सचेतनात्मक कार्यक्रम गरेर राष्ट्रिय बालदिवस २०७८ मनाउन गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक… पुरा पढौ