समाचार

वाईसिएल पोखरा २२ को अध्यक्षमा बराल

पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को युवा संगठन वाइसिएलको पोखरा २२ पुम्दी भुम्दीको भेलाले हेमराज बरालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । कमिटीको उपाध्यक्षमा सुरज बराल , सचिवमा अनुपम पौडेल, कोषाध्यक्षमा ईश्वरी लामिछानेलाई चयन गरेको नवनिर्वाचित सचिव अनुपम पौडेलले जानकारी दिए । कार्यक्रममा प्रदेश सरकारका अर्थ मन्त्री रामजी बराल जीवनले नवगठित समितिलाई बधाई तथा शुभकामना दिए । मन्त्री बरालले यवाहरु सधै गतिशिल हुनुपर्ने, विकास निर्माणलाई पनि ध्यान दिनुपर्ने, वाईसियललाई जनताको सारथि बनाउनुपर्ने, कुरीति र विभेद अन्त्यका लागि भुमिका… पुरा पढौ

भूतपुर्व खेलाडी मञ्चको साधारण सभा आश्विन ३ गते हुने

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपुर्व खेलाडी मञ्चको साधारण सभा तथा अधिवेशन आश्विन ३ गते हुने भएको छ । मञ्चको मंगालबार सम्पन्न बैठकले आश्विन ३ गते आइतबारका दिन साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो । मञ्चका कार्यबाहक अध्यक्ष हरि प्रसाद पराजुलीका अनुसार बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिती तथा विधान संसोधन समिती समेत गठन गरेको छ । बैठकमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवम मञ्चका अध्यक्ष तेज बहादुर गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट,… पुरा पढौ

माओवादी केन्द्र रुपा वडा नं २ थुम्कीको अध्यक्षमा सुबेदी

पोखरा । नेकपा माओवादी केन्द्र रुपा गाउँपालिका वडा नं २ थुम्कीको भेलाले पुष्पराज सुबेदीको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी गठन गरेको छ । मंगलबार सहिदद्वय रक्षा र गणेश सुबेदीको जन्मस्थानमा भएको भेलाले कमिटीको सचिवमा अर्जुन सुबेदीलाई चयन गरेको हो । पुरा पढौ

गण्डकी सरकारलाई ८५ लाखको स्वास्थ्य सामग्री

पोखरा । गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशन स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिन् । झण्डै ८५ लाख रुपैयाँ बरारबरका ती सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई प्रदान गरे । गाउन आइसोलेसन, फेस सिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री प्रतिष्ठानले सरकारलाई प्रदान गरेको हो । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले… पुरा पढौ

खेल्ने क्रममा नहरमा खसेकी पोखरा बुढीबजारकी दीपशिखा बेपत्ता

पोखरामा नहरको पानीले बगाएर एक बालिका बेपत्ता भएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर २६ बुढीबजार बस्ने ११ वर्षिया बालिका दीपशिखा भुजेल नहरको पानीले बगाएर बेपत्ता भएकी हुन् । कालिकाचोकस्थित नहर नजिकै खेलिरहेका बेला अचानक नहरमा खसेकी उनलाई नहरको पानीले बगाएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता भुजेलको खोज् कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जारी गरेको वुलेटिनमा उल्लेख छ । पुरा पढौ

गण्डकी बोर्डिङ स्कुलको छतबाट खसेर एकको मृत्यू

पोखराको गण्डकी बोर्डिङ स्कुलको स्टाफ क्वाटरको छतबाट खसेर एकजनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ्१६ लामाचौरस्थित गण्डकी बोर्डिङ ्स्कुलको स्टाफ क्वाटरको छतबाट खसेर सोहि स्कुलको मर्मत शाखामा काम गर्ने स्थानिय लामाचौर बस्ने ४० वर्षिय शंकर थापाको मृत्यू भएको हो । स्कुलको क्वाटरको छतमा प्रयोग गरिएको टिन मर्मत गर्ने क्रममा थापा सख्त घाईते भएका थिए । घाईते थापालाई तत्काल उद्धार गरेर पोखराको फिस्टेल हस्पिटल ल्याइएपनि उनको उपचारको क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घट्नाको… पुरा पढौ

छत्रधर आत्रेय बने लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्ष

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेयको मात्रै एकल उमेद्वारी परेको छ । संघको निर्वाचन तालिका अनुसार आज तोकिएको निर्धारित समयभित्र आत्रेयको मात्रै उमेद्वारी परेको हो । एकल उमेद्वारी परेसँगै उनी लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत भएका छन् । यद्वपी निर्वाचन समितिले उनलाई अध्यक्ष घोषणा गरिसकेको छैन । संघको अन्य पदमा भने निर्वाचन हुने भएको छ । अन्य पदमा बहु उमेद्वारी परेकाले चुनाव हुने भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बिनोद श्रेष्ठ र अघिल्लो कार्यसमितिका… पुरा पढौ

पोखरामा गाडीको ठक्करबाट मो.सा.चालकको मृत्यू

पोखरामा गाडीले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ७ नागढुंगास्थित सडकमा ग.१य.११७१ नम्बरको गाडीले ग.२०प. ६०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा पोखरा १७ विरौटाका २९ वर्षिय कृष्ण देवकोटाको मृत्यू भएको हो । सोमबार साँझ भएको दुर्घटनामा गम्भीर घाईते भएका देवकोटालाई उपचारका लागि चरक मेमोरियल अस्पताल लगेपनि उनको उपचारका क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जारी गरेको वुलेटिनमा उल्लेख छ । ठक्कर दिने गाडीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । पुरा पढौ

विरुवा गाउँपालिकामा भ्रष्टाचार भएको कांग्रेसको आरोप

नेपाली कांग्रेस विरुवाले विरुवा गाउँपालिका भित्र भ्रष्टाचार भएको आरोप लगाएको छ । नेपाली कांग्रेस बिरुवा गाउँपालिका सभापति युवराज केसीले बिरवा गाउँपालिका भित्र आर्थिक अनियमितता भएको भन्दै त्यसप्रति आपत्ति जनाएका हुन् । मंगलबार जारी विज्ञप्तीमा विरुवा गाउपालिकामा भएका विकाश योजनाहरुको काममा आर्थिक अनियमितता भएको आरोप लगाइएको छ । पालिका भित्र भएका कामहरुमा अपारदर्शिता र अनियमितता भएपछि सत्यतथ्य सार्वजानिक गर्नुपर्नेमा आफ्ना कमिकमजोरीहरुलाई ढाकछोप गरि नेपाली कांग्रेस विरुवाले उठाएका समसामयिक विषयवस्तुलाई गाउँपालिकाले राजनैतिक पूर्वाग्रहको संज्ञा दिई सत्यतथ्य लुकाउने प्रयास गरेको जानकारी गराइएको छ।… पुरा पढौ

नेपाल टेलिकमले पुरानो बक्यौता रकम तिरे जरिवाना नलिने

नेपाल टेलिकमले महसुल भुक्तानी तथा जरिवानामा छुट दिने भएको छ । नेपाल टेलिकमले ल्याण्डलाईन (पिएसटिएन) टेलिफोन सेवाको २०७६ साल असार मसान्त सम्मको टोलिफोन महसुल÷बक्यौता आगामी असोज मसान्त भित्रमा भुक्तानी गरेमा सो महसुलमा लाग्ने जरिवाना छुट गरेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराले जनाएको हो । नेपाल टेलिकमले पिएसटिएन, जिएसएम मोवाइल, सिडिएमए मोवाईल, एडिएसएल, एफटिटिएच, लिज लाईन प्रयोग गरे ापत कम्पनीलाई तिर्नुपर्ने राजस्व महसुल÷बक्यौता बुझाउन सेवाग्राही सबैलाई अपिल गरेको छ । पुरा पढौ