समाचार

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । अब मनसुनको समय सकिन केही समय मात्र बाँकी रहेकाले मनसुन विस्तारै कमजोर हुदै जाने क्रममा रहेको छ”, मौसमविद् अर्यालले भने । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम… पुरा पढौ

बागलुङ कालिका मन्दिर आजदेखि खुलाइने

गलकोट । बागलुङमा कोरोना सङ्क्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गर्ने निर्णय गरेको थियो । स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले यसअघि बन्द गरिएको पार्टी प्यालेस, सिनेमा हल, ब्युटीपार्लर तथा जिम हल लगायतका क्षेत्रमा स्वास्थ्य मापदण्ड पुर्‍याएर… पुरा पढौ

बंगलादेशमा १८ महिनापछि विद्यालय खुल्यो

बंगलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि आइतबारदेखि विद्यालय खुलेका हुन्। राजधानीको एक विद्यालयमा आइतबार विद्यार्थीहरूलाई फूल र मिठाइले स्वागत गरिएको थियो। विद्यालय प्रशासनले प्रवेशद्वारमा विद्यार्थीको तापक्रम नापिरहेको देखिन्थ्यो। आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीहरूलाई कक्षाकोठामा प्रवेश गराइएको थियो। लामो समयपछि विद्यालयमा भेट हुँदा विद्यार्थीहरू अङ्कमाल गर्दै खुशी साटासाट गर्दै गरेका भेटिन्थे। कोरोना भाइरसको संक्रमणले गर्दा दक्षिण एशियामा विद्यालय बन्द छन्। पुरा पढौ

कुश्मा नगरपालिकाभित्रका स्कुलहरु असोज १ देखि खुल्दै

पर्वतको कुश्मा नगरपालिकाले असोज १ गतेबाट भौतिक उपस्थितिमा नै विद्यालय संचालन गर्ने भएको छ। कोरोना संक्रमण कम हुँदै गएपछि भौतिक उपस्थितिमै नगरपालिकाभित्रका विद्यालयहरु खुल्ने भएको हो। नगरपालिकाका प्रमुख रामचन्द्र जोशीसहित आइतबार बसेको सरोकारवालाको बैठकमा भौतिक रूपमा नै विद्यालय खोल्ने निर्णय गरिएको हो। अहिले संक्रमण निकै कम रहेको र खोप लगाउने क्रम पनि चलिरहेकाले स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड पूर्ण पालना गरेर विद्यालय संचालन हुनेछन्। अभिभावकले समेत अब स्कुल भौतिक रूपमै संचालन गर्न माग गर्दै आएका थिए। पर्वतमा यसअगाडी नै मोदी… पुरा पढौ

मेडभेडेभले पहिलो पटक जिते युएस ओपनको ग्रान्डस्लाम उपाधि

डानियल मेडभेडेभले पहिलो पटक युएस ओपन टेनिसको ग्रान्डस्लाम उपाधि जितेका छन्। विश्व नम्बर एक नोभाक जोकोविचको क्यालेण्डर ग्राण्डसलामको सपना तोड्दै २५ वर्षका रुसी खेलाडी मेडभेडेभले पहिलो ग्रान्डस्लाम उपाधि जितेका हुन्। दोस्रो वरीयताका मेडभेडेभले यसअघिका २ ग्राण्डस्लाम फाइनलमा जित्न सकेका थिएनन्। युएस ओपनमा भने मेडभेडेभले जोकोविचलाई ६–४, ६–४ र ६–४ को सेटमा पराजित गरेका हुन्। जोकोविचले यो वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन टेनिसको उपाधि जितेका थिए। ३४ वर्षका जोकोविच पुरुषतर्फ कीर्तिमान २१ औँ ग्राण्डसलामको खोजीमा पनि थिए। जित निकालेको… पुरा पढौ

पोखरा वृद्धाश्रमलाई अक्सिजन हस्तान्तरण

पोखरा । रोटरी क्लब अफ पोखराले सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ । अमेरिकामा निर्मित सो मेसिनले प्रतिघण्टा १० लिटर अक्सिजन उत्पादन गर्न सक्ने जनाइएको छ । क्लबका अध्यक्ष निर्मल कर्माचार्यले आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई सो उपकरण हस्तान्तरण गरे । कार्यक्रममा अध्यक्ष कर्माचार्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको रोटरीले यसअघि पोखरा–१७ नगर स्वास्थ्यचौकी, डेभिजफल युवा क्लब, भलाम, निर्मलापोखरी, भरतपोखरीलगायत मुस्ताङमा समेत आवश्यकताअनुसार अक्सिजन सिलिन्डरसमेत वितरण गरेको जानकारी दिए । उनका अनुसार क्लबको रु आठलाख सहयोगमा… पुरा पढौ

सङ्खुवासभा हत्याकाण्ड : पुरानो रिसइवी कारक

संखुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारको छ जनाको हत्यामा संलग्न आरोपितले दाउराको चिर्पट प्रहार गरेर हत्या गरेको खुलेको छ । हत्यामा संलग्न आरोपी २६ वर्षीय लोकबहादुर कार्कीले छ जनाको हत्या चिर्पट प्रहारबाट गरेको प्रहरीसमक्ष बयान दिएका छन् । आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो । लोकबहादुरले सबैभन्दा पहिले ठूलो बुबा तेजबहादुरलाई नै चिर्पटले हानेर हत्या गरेको प्रहरीलाई बयान दिएको प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुण बीसीले… पुरा पढौ

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

काठमाण्डौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको विभिन्न समयमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । खेलमा नेपालकी गीता राना ‘मोस्ट भ्यालुएबल’ खेलाडी घोषित भइन् । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई २–१… पुरा पढौ

सभामुखको आह्वानमा भोलि सर्वदलीय बैठक

काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाएका छन् । सोमबार अपराह्न २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालू अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । आज पनि एमालेको अवरोधका कारण बैठक कार्यसूचीमा… पुरा पढौ

एमालेले निरन्तर सदन अवराेध गरेपछि सभामुखले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाएका छन् । सोमबार अपराह्न २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालू अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । आज पनि एमालेको अवरोधका कारण बैठक कार्यसूचीमा… पुरा पढौ