समाचार

१३ दिनपछि तोडियो भूतपूर्व गोर्खाहरुको अनसन

समान पेन्सन लगायतको माग गर्दै १३ दिनदेखि बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भुपू गोर्खाहरूको अनसन बिहीबार तोडिएको छ। बेलायत सरकार र अनसन बसेका भूपू गोर्खा संघर्ष समितिबीच सहमति भएपछि अनसन तोडिएको हो। बेलायतले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो। बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितिमा जुस पिलाएर अनशन तोडिएको लन्डन न्यूजले जनाएको छ। टेन डाउनिङ स्ट्रिटमा ज्ञानराज राई, पुष्पा घले र धन गुरूङले… पुरा पढौ

कास्कीमा आजदेखि निषेधाज्ञामा थप कडाई

जिल्ला प्रशासन कार्यलय कास्कीले निषेधाज्ञामा थप कडाई गरेको छ। कोरोना संक्रमणको दरसँगै मृत्युदर पनि बढ्दै भएको भन्दै प्रशासन कार्यलय कास्कीले बुधबार आदेश जारी गर्दै थप कडाई गरेको हो। कोरोना संक्रमण बढ्दै गएपछि प्रशासन कार्यलय कास्कीले विहिबार रातिदेखि लागू हुनेगरी कास्कीमा निजी तथा सार्वजानिक सवारी साधनमा फेरि आज (शुक्रबार) रातिदेखि जोरविजोर प्रणाली लागु गरिएको छ। बुधबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले आज (शुक्रबार) रातिदेखि १० गते सम्मका लागि निषेधाज्ञामा थप कडाई गर्ने निर्णय गरेको हो। यसअघि वैशाख १५ गतेदेखि लागू गरिएको… पुरा पढौ

रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार तनहुँका श्रेष्ठलाई

पोखरा । पोखरा फोटोग्राफर संघद्वारा सञ्चालित ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुँका फोटोग्राफर कुमार मोहन श्रेष्ठ लाई प्रदान गरिने भएको छ । १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघ पोखरा, नेपालले बिहिवार एक कार्यक्रमकाविच उक्त पुरस्कार घोषणा गरेको हो । गण्डकी प्रदेश भरी वाट आएका सिफारिश का आधारमा ११ जिल्ला मध्येवाट श्रेष्ठलाई छानिएको पुरस्कार छनोट समिती संयोजक राममणि पौडेल ले बताए । पुरस्कार राशि २५ हजार ५ सय ५५ सहित सम्मानपत्र रहेको छ । पोखराका फोटोग्राफर गणेश छवि÷तिर्थ श्रेष्ठले… पुरा पढौ

शिक्षासेवी गुरुङद्वारा सिद्ध माविलाई सहयोग

पोखरा । पोखरा महानगर पालिका वडा न–१५ नयाँ गाउँ निवासी पोखराका वरिष्ठ शिक्षासेवी महेश गुरुङल पोखरा १५ फलेपाटनस्थित सिद्ध माविलाई नगद सहयोग गरेका छन् । गुरुङले विद्यालयलाई अक्षयकोष स्वरुप नगद रु २५ हजार सहयोग गरेका हुन् । पोखरा –१५ को एक मात्र सामुदायिक विद्यालयमा गरिब , विपन्न र जेहन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति एवम् शैक्षिक सामग्री सहयोग प्रदान गर्ने उद्देश्यले विद्यालयले अक्षयकोष स्थापना गरेको थियो । सहयोगदाता गुरुङले आफू पनि विगतमा शिक्षक भएको र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिकस्तर उकास्ने काममा… पुरा पढौ

पोखरा चेम्बरको अधिवेशनको भदौ ५ गते

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको तेश्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन भदौ ५ गते शनिबार हुने भएको छ । चेम्बरको गत साउन १५ गतेको कार्य समितिको बैठकको निर्णय अनुसार अधिवेशन हुन लागेको हो । कोभिड–१९को संक्रमणको कारण भर्चुअल विधिबाट उद्घाटन सत्र गरिने चेम्बरले जनाएको छ । गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहेका पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले अधिवेशनबाट अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग, बस्तुगत, वाणिज्यतर्फका उपाध्यक्ष महासचिव, २ सचिव कोषाध्यक्ष, सहकोषाध्यक्ष… पुरा पढौ

तनहुँका स्थानीय तहका प्रकोप प्राथमिकीकरणः बाढीपहिरो पहिलो नम्बरमा

तनहुँ । तनहुँका १० वटै स्थानीय तहले जोखिम प्राथमिकीकरणमा बाढीपहिरो नियन्त्रणलाई सूचीकृत गरेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ का लागि तयार गरिएको प्रतिवेदनमा सबै पालिकाले प्रकोपको प्राथमिकीकरण गर्दा बाढीपहिरालाई उच्च जोखिममा राखेका हुन् । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विपद् व्यवस्थापन समितिबाट पारित भएको छ । जिल्लाका स्थानीय तहले प्रकोपको प्राथमिकता क्रममा पहिरो, बाढी, आगलागी, सुक्खा खडेरी, महामारी, चट्याङ हावाहुरी, सडक दुर्घटना र भूकम्पलाई राखेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । पाँच पालिकाले पहिरालाई… पुरा पढौ

महानगरले सामुदायिक विद्यालयका छात्रालाई प्राविधिक विषय पढाउने

पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका छात्रालाई प्राविधिक विषय निशुल्क रुपमा पढाउने भएको छ । पोखरा महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्राहरु मध्येबाट २ जनालाई निशुल्क पढाउने भएको हो ।महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत २ छात्रालाई बहुप्राविधिक शिक्षालयमा निशुल्क पढाइने बहुप्राविधिकका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए । तिमिल्सिनाका अनुसार अध्ययनका लागि आवेदनदिएपछि एसइई र कक्षा ८ को नतिको आधारमा छात्रा छनोट गरिने छ ।महानगरपालिकाले गत वर्षदेखि पोखरा २९ भण्डारढिकमा सञ्चालन… पुरा पढौ

प्रत्येक वर्ष दुई छात्रालाई निःशुल्क प्राविधिक शिक्षा

पोखरा । पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुईजना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्रामध्येबाट दुई जनालाई निःशुल्क पढाउने भएको हो । महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत दुईजना छात्रालाई निःशुल्क पढाइने व्यवस्था मिलाइएको बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार अध्ययनका लागि आवेदन दिएपछि एसइई र कक्षा ८ को नतिजाको आधारमा छात्रा छनोट गरिने व्यवस्था छ ।… पुरा पढौ

पर्वतको जलजला गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको पूर्जी

पर्वत । पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गरेको छ । गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट प्रहरीलाई लेखिएको पत्रमा अध्यक्ष मल्ललाई पक्राउ गरी अदालतमा दाखिला गर्न अनुरोध गरिएको जनाइएको छ । अध्यक्ष मल्ललाई व्यवसायी ध्रुवबहादुर थापासँग लेनदेनको मुद्दामा विसं २०७७ चैत २७ मा पक्राउ गरी छ महिना कैदमा राख्न जिल्ला कारागार कास्कीमा पठाइदिनु भनी आदेश भएकाले पक्राउ गर्न भनिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिप्रका प्रमुख… पुरा पढौ

‘एक शिक्षक, एक ल्यापटप’

गलकोट । सूचना प्रविधिको अवसर र पहुँच बढाउने अभिप्रायले बागलुङ जिल्लाको दुर्गम गाउँपालिका निसीखोला गाउँपालिका–१ मा रहेको देवीस्थान माध्यमिक विद्यालयलले सूचना प्रविधिमैत्री बनाउने प्रयास थालेको छ । इन्टरनेट सेवाको पर्याप्त पहुँच नभएको गाउँपालिका शिक्षालाई प्रविधिमैत्री बनाउनका लागि विद्यालयले आफ्नै लगानीमा शिक्षकलाई ल्यापटप वितरण गरेको छ । विद्यालयले ल्यापटप वितरण गरे पनि अधिकांश शिक्षक प्रविधिको सीप कौशलका विषयमा अनभिज्ञ छन् । यसकारण शिक्षकलाई कम्प्युटरसम्बन्धी तालिमसमेत विद्यालयले दिएको छ । गत वर्ष आधारभूत कम्प्युटरसम्बन्धी ज्ञान दिए पनि त्यति मात्रै पर्याप्त नभएको शिक्षकहरुले… पुरा पढौ